ओलीको राजनिक चालः प्रचण्ड निकटका सांसदलाई फकाउदैँ

ओलीको राजनिक चालः प्रचण्ड निकटका सांसदलाई फकाउदैँ

१७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रतिनिधिसभामा १७४ सांसद संख्या छ । संसदीय दलमा कुनै एक नेता विशेषको स्पष्ट बहुमत छैन । सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसद रहेका छन् । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बढी संख्या छ । सांसद र स्थायी कमिटि सदस्य संख्याका हिसाबले माधवकुमार नेपाल तेस्रो नम्बरमा छन् । बामदेव गौतम चौंथो नम्बरमा छन् । त्यसपछि मात्र झलनाथ खनाल पक्षधर छन् ।

पार्टी वरियतामा तेस्रो नम्बरमा रहेपनि झलनाथ खनाल पद्धति र सिद्धान्तको राजनीति गर्ने नेताको परिचय बनाएकाले गुटगत राजनीतिमा उनी कमजोर मानिन्छन् । त्यसैले उनी वामदेव गौतमभन्दा पकडका हिसाबले पछाडि छन् ।

संसदीय दलमा १७४ कुल संख्यामध्ये केपी शर्मा ओलीको पक्षमा ८२ रहेको उनी पक्षधरको दाबी रहँदै आएको छ । तर, पछिल्लो समय ओलीलाई पूर्व माओवादीका केही नेताहरुको बलियो समर्थन देखिइसकेको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझीले ओलीलाई खुलेर समर्थन गरिसकेका छन् । प्रदेश २ मा माधव नेपालसँग कहिले राम्रो सम्बन्ध नभएका रौतहटका प्रभु शाहले पनि ओलीको विकल्प प्रचण्डबाहेक कोही नहुने भनिसकेका छन् । उनको पनि ओलीलाई समर्थन रहेको बुझिएको छ ।

अहिले रामबहादुर थापा बादल खुलेर ओलीको पक्षमा गइसकेका छन् । उनी ओली इतर समूहको बैठकमा गएनन् । सचिवालय बैठकमा ओलीको खुलेरै समर्थन गरे । यसरी पूर्व माओवादीको ठूलो समूह ओलीसँग नजिकिएको छ ।

ओलीबाट असन्तुष्ट भएकामा महासचिव विष्णु पौडेल देखिएका छन् । तर, उनले ओली गुट छाडिसकेको देखिएको छैन । ओलीविरोधी गुटहरुको बैठकमा भने सरिक हुँदै आएका छन् ।

अब नेकपाभित्र ओलीविरुद्ध संसदीय दलमा भोटिङ भएमा प्रचण्ड र माधवकुमार नेपाल दरिलोसँग एकसाथ उभिनुपर्छ । त्यस अवस्थामा भने यताउता हुनसक्छ । तैपनि, ओलीले ती गुटका कतिपय नेता र सांसदलाई समेत पकडमा पारिसकेको बुझिएको छ ।

सचिवालयमा भने प्रधानमन्त्री ओली अल्पमतमा छन् । उनको पक्षमा ईश्वर पोखरेल छँदैछन् । पछिल्लो समय बादल पनि देखिएका छन् । विष्णु पौडेल कता छन् स्पष्ट हुनसकेको छैन ।

स्थायी समितिको ४५ मध्ये ३२ जना प्रचण् ड र माधव नेपालको पक्षधर छन् । त्यहाँ पनि ओली अल् पमतमा छन् । पूर्व माओवादीबाट १९ र नेपाल पक्षका १३ छन् । ओली पक्षका पनि १३ नै छन् । नेकपा एकीकरणपछि स्थायी समितिमा पूर्व एमालेबाट २६ र पूर्व माओवादी पक्षबाट १९ जना मनोनित गरिएका थिए । एकीकरण भएको दुई वर्ष पूरा भइसक्दा धेरै उथलपुथल नभएपछि अहिलेको राजनीतिक तरंगले फेरबदल ल्याउने देखिएको छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट थायी समिति सदस्यहरु देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा छन्

माधव र वामदेव गौतमनिकट स्थायी समिति सदस्यहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल हुन् ।

ओली निकट स्थायी समिति सदस्यहरुमा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, केशव बडाल, पृथ्वी सुब्बा गुरुङलगायत छन् ।
केन्द्रीय समितिमा पूर्व माओवादीको ४३ प्रतिशत सदस्य छन् । पार्टी एकीकरणका बखत ४० प्रतिशत भएपनि पूर्व माओवादी छाडेर अन्य दलमा गएकाहरुलाई भित्राएर केन्द्रीय सदस्य बनाइएको थियो । यसरी कुनैपनि नेता स्पष्ट बहुमतमा नभएको अवस्था छ । अर्काे गुटको साथमा मात्र बहुमत पुग्ने अवस्था छ ।

यसै सन्दर्भमा नेकपाका सांसदहरुले बहुमत देखाएर अगाडि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा डाकेको आफू पक्षका सांसदहरुको भेलामा सांसदहरुले आवश्यक परे बहुमत देखाएर अगाडि बढ्न सुझाएका स्रोतले बताएको छ ।
ओलीको विश्वास पात्र मानिने सांसद् महेश बस्नेतका भन्छन्ः नेकपामा प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद छन् । पार्टीभित्र अनेक किसिमका गठबन्धन बनाएर छलफल भएकाले बहुमत प्रधानमन्त्रीले देखाइदिए त्यस्तो रोकिने बस्नेतले बताए ।

सांसद बस्नेतका अनुसार ६० जना सांसद बालुवाटारमा भेला भएका थिए ।

नेकपाका अर्का सांसद प्रेम आलेले प्रधानमन्त्री केपी ओलीको नाममा ५ वर्षका लागि चुनाव भएकाले त्यसको विकल्प खोज्नु अनुचित हुने तर्क अधिकाशंले राखेको बताए ।

सांसद आलेले राष्ट्रिय सभासहित प्रधानमन्त्री ओलीको पक्षमा १ सय २५ बढी सांसद रहेको बताए । उनले हस्ताक्षर संकलन सुरू नभएको उल्लेख गरे ।

भेलामा केही सांसदले भने अर्का अध्यक्ष प्रचण्डसँग कुरा क्लियर गरेर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाएका थिए ।

यसैबीच एक जना सांसदले भने गृहखबरसँग आफूहरूले हस्ताक्षर गरिसकेको बताए ।

अर्का एक सांसदले आज साँझ बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री हटाउने प्रस्ताव आए प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाऔं त्यहाँ भोट गराऔं भन्ने प्रस्ताव राख्ने जानकारी दिए ।

पूर्वमाओवादी पक्षका १७ जना सांसदले पनि प्रधानमन्त्री ओली संसदीय दलमा सहयोग गर्ने वचन दिएको उनले दाबी गरे ।

प्रतिक्रिया:

सम्बन्धित खवर