कोरोना संक्रमितलाई नीको पार्ने ‘रेमडिसिभिर’ औषधीको परीक्षण सफलः आशाको दियो जाग्यो

कोरोना संक्रमितलाई नीको पार्ने ‘रेमडिसिभिर’ औषधीको परीक्षण सफलः आशाको दियो जाग्यो


१८ वैशाख, काठमाण्डौँ । कोरोनाभाइरसको उपचारमा एउटा प्रयोगात्मक औषधी प्रभावी देखिएको छ । औषधीले कोरोना संक्रमितलाई नीको पारेको प्रमाणित भएको हो । यसले संक्रमित विरामीको मृत्युको सम्भावना पनि घटाइदिने प्रमाणित भएको उल्लेख छ ।

अमेरीकी टेलीभिजन सीएनएनका अनुसार यसबारे अध्ययन गरेकाहरुले परीक्षणका क्रममा रहेको औषधी ‘रेम्डेसिभिर’ले कोरोना भाइरसका संक्रमितलाई नीको पारेको खबर सार्वजनिक गरेका छन् । लक्षण देखिएको संक्रमितलाई १५ देखि ११ दिनभित्र ‘रेम्डेसिभिर’को प्रयोग गरिएमा नीको भएको परीक्षणबाट पत्ता लागेको हो । अब यो औषधी प्रयोगको अनुमोदन गरिने भएको छ ।

अमेरिकाको औषधी प्रशासनले अहिलेसम्म कुनैपनि औषधीलाई कोरोना भाइरसको संक्रमितमा प्रयोग गर्ने अनुमोदन गरेको थिएन । अब उसले ‘रेम्डेसिभिर’लाई अनुमोदन गर्ने भएको सीएनएनले जनाएको छ । ‘रेम्डेसिभिर’ले पनि एकजना वरिष्ठ औषधी प्रशासनका अधिकारीको भनाई उदृत गर्दै ‘रेम्डेसिभिर’लाई प्रयोगमा ल्याइने लेखेका छन् ।

यसअघि १८ अप्रिलमा ‘रेम्डेसिभिर’को परीक्षण सफल भएको जनाइएको थियो । यसको परीक्षण सफल एको खुलासा गरिएको थियो । जो जो विरामी परीक्षणमा सहभागी थिए उनीहरु ज्वरो र स्वासप्रश्वासको समस्यामा परेर कोरोना भाइरसको संक्रमित थिए । उनीहरु एक हप्ताभन्दा कम समयमै निको भई घर फर्किएको भनिएको छ ।

बुधबार अमेरिकी सरकारी तथा औषधी उत्पादक कम्पनीका अधिकारीहरुले ओषधीले औसतमा कोरोनाभाइरस संक्रमितलाई चार दिन अगाडि नै निको पार्ने देखिएको बताएका हुन् ।

चीनको वुहानमा पहिलो पटक देखिएको यस भाइरसले हालसम्म २ लाख २४ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । यो भाइरसबिरुद्ध कडा परीक्षण पास गर्ने जिलिड साइन्सेसको ‘रेम्डेसिभिर’ पहिलो औषधी हो । स्वास्थ्य अधिकारीहरुले कोरोनाभाइरसको खोप बन्न अझै एक वर्ष टाढा रहेको भनिरहँदा यस भाइरसको उपचारका लागि औषधी फेला पर्नुले वैश्विक महामारीमा ठूलो प्रभाव पार्ने आशा गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर