मुख्य समाचार
फाकफोक खोलामा आएको वाढीले जलाउदै गरेको शव सहित एक वालकलाई बगायो, वालकको मृत्यु
१५ वैशाख, इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै आएको बाढीले चिता’को शव सहित एक वालकलाई बगाएको छ । हिजो सुंगुरको चारो खोज्न जाने क्रममा चिप्लिएर लडेर मृत्युभएका फाकफोकथुम–३ सल्लेरीका रामबहादुर लकान्द्रीको दाहसंस्कार गर्दा गर्दे खोलामा वाढी आएको थियो । वाढीले चितामा राखिएको शव बगाएको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु) ले जानकारी दिनुभयो । चितामा राखेर जलाईदैँ गरेको शव जल्न नपाइ नै बाढीले बगाएपछि खोजतलास गरी पुन..
ओली र नेपाल पक्षधर नेताहरु विचको छलफल सम्पन्न, भोली सचिवालय बैठक बस्ने
१५ वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल पक्षधर नेताहरु छलफलमा जुटेका थिए । छलफल सकिएपछि संञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री ईश्वर पोख्रेरलले अनौपचारिक कुराकानी भएको तर कुनै निर्णय नभएको बताउनुभयो । पोखरेलले मंगलबार पार्टी सचिवालय बैठक बस्ने जानकारी दिनुभएको छ । नेपाल पक्षका नेता रघुजी पन्तले मन माझ्ने काम..
ओली र नेपालबीच करिव दुई घण्टा ‘वन टु वन’ भेटवार्ता
१५ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच झन्डै दुई घन्टा एक्लाएक्लै कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । दुई नेताबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन । तर दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मिलेर जान प्रस्ताव गरेका..
‘लकडाउन’ थप कडाई गर्न गृहमन्त्रालयको निर्देशन
१५ वैशाख, काठमाण्डौँ । लकडाउनलाई थप कडाइ साथ लागू गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । सोमबार(आज) मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो । फेरि आजदेखि सवारीसाधनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । बीच बाटोमा पुगेका र बिचल्लीमा..
झापाको बाह्रदशी गाउँपालिका पूर्ण रुपमा सिल गर्ने निर्णय
१५ वैशाख, झापा । झापाको बाह्रदशी गाउँपालिकाले गाउँपालिकालाई पुर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । बाह्रदशी गाउँपालिका–४ निसी एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले थप सर्तकता अपनाउँदै गाउँपालिका शिल गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा आज बसेको बैठकल अर्को निर्णय नगरीन्जेलसम्मका लागि गाउँपालिका शिल गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङ्देनको समेत सहभागीता रहेको..
वैशाख २५ सम्मका लागि लकडाउन थप्ने निर्णय
१४ वैशाख, काठमाण्डौँ । लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन मात्र बाँकी रहँदा लकडाउनको अवधि १० दिन लागी पुनः थपिएको छ । सरकारले गत चैत्र ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो । पछि उक्त अवधि बढाएर चैत्र २५..
झापामा थप एक जनामा भेटियो कोरोना, संक्रमित संख्या ५२ पुग्यो
१४ वैशाख, झापा । झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आज विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो..
जसपाको जाहेरी लिन महानगरीय प्रहरी परिसर काठमाडौंद्धारा अस्वीकार, महोत्तरीमै दर्ता गर्न सुझाव
१४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । आज जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर किटानी जाहेरी दर्ता गर्न पुगेपनि प्रहरीले अस्वीकार गरेको हो । जसपा नेता डा. बाबुराम भट्टराईका अलावा अपहरित भनिएका सांसद डा. सुरेन्द्र यादव पनि सँगै पुगेका थिए । मधेशबाट निर्वाचित नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह..
समाजवादी र राजपाको दल दर्ता रोक्न माग गर्दै युवा संघको निर्वाचन आयोगमा उजुरी
१४ वैशाख, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघले नव–गठित जनता समाजवादी पार्टी (जसपा)नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । तत्कालिन युवा संघ नेपालका कोषाध्यक्ष समेत रहेका हाल युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन् । उनको निवेदनमा भनिएको छः “दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको..
अपहरणको किटानी जाहेरी दिन जसपाका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौंमा (फोटो हेर्नुहोस्)
१४ वैशाख, काठमाण्डौँ । अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न नव गठित जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन् । उनीहरु कानुन व्यवसायीसँगका परामर्शपछि प्रहरी कहाँ पुगेका हुन् । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु प्रहरी परिसर पुगेका छन् । अपहरणमा परेका भनिएका तत्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवका अलावा नव गठित जनता समाजवादी..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७