मुख्य समाचार
प्रधानमन्त्री ओलीद्धरा नयाँ बर्षको शुभकामनाः “सामाजिक दुरीले नै कारोना भाइरसलाई परास्त गर्न सक्छौँ ।”
१ वैशाख, काठमाडौँँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्ष २०७७ सालको शुभकामना सन्देश दिनुभएको छ । एक भिडियो सन्देश जारी गर्दै पुरानो बर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो समय उल्लासमय हुनुपर्ने भए पनि अहिले नोवेल कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेको बताउनुभयो । प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देश(भिडियो) ः https://www.youtube.com/watch?v=OLcg46M8NFA&feature=emb_title प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देश (पूर्णपाठ) ः
संञ्चारमाध्यमले भोग्नुपरेका समस्याको बारेमा सरकार जानकार छः संञ्चारमन्त्री खतिवडा
३० चैत्र, काठमाडौं । विगत तिन साता देखी जारी लकडाउनका कारण संञ्चारमाध्यमले भोग्नु परेको समस्याको बारेमा सरकार जानकार रहेको अर्थ एंवम् संञ्चार तथा सुचना प्रविधीमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले हाल सञ्चारमाध्यमले भोग्नुपरेका समस्या हल गर्न सरकारले सहयोग गर्ने पनि बताउनुभयो । आज मिडिया सोसाइटीद्धारा हस्तान्तरीत ज्ञापनपत्र बुुझनुुहुदैं उहाँले जारी लकडाउनका कारण व्यवसायीले झेल्नुपरेका समस्यालाई ध्यानमा राखेर सरकारले व्यवसाय निरन्तरताका लागि सघाउने पनि..
कोरोना संक्रमित फेला परेपछि वीरगञ्जको छपकैया सिल गर्ने प्रदेश–२ सरकारको निर्णय
३० चैत्र, जनकपुरधाम । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को थप तिन जना नायँ संक्रमित वीरगञ्जको छपकैयामा भेटिएपछी प्रदेश नं. २ मा शुरक्षासतर्कता बढाईएको छ । प्रदेश नं. २ सरकारले वीरगञ्ज महानगरपालिका छपकैया क्षेत्रलाई पूर्ण रूपले सिल गर्ने निर्णय गरेको छ । भारतको उत्तर प्रदेशबाट एक साता अगाडीमात्र वीरगञ्ज आएका ति संक्रमितहरु छप्कैयाको एक मस्जिदमा बसेका थिए । सो क्षेत्रका थप व्यक्ति संक्रमित हुन सक्ने अवस्था आउन नदिन..
विरगंञ्जमा रहेका तिन भारतिय नागरीकमा कोरोना संक्रमणको पुष्टि
३० चैत्र, विरगञ्ज । प्रदेश नं. २ को बिरगञ्जमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण भएको पुष्टि भएको छ । उनीहरुको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । यसअघि हेटौंडास्थित प्रयोगशालामा परीक्षण..
सर्वसाधारणको विद्युत महशुलमा २५ प्रतिशत छुट, उद्योगलाई ३० देखि ५० प्रतिशतसम्मः उर्जामन्त्री पुन
२९ चैत्र, काठमाडौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा रोक्न सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १ सय ५० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यसैगरी सरकारले लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम अवस्थामा केही ठूला..
लकडाउनको १९ औँ दिन दमक बजार (फोटो फिचर)
२९ चैत, इलाम । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि नेपाल सरकारले लगाएको लकडाउनको आज १९औँ दिन । देशभरका शहरबजाहरु ठप्प छन् । अत्यावश्यकीय कामका लागि भन्दा अन्य कामका लागि घर बाहिर हिनडुल गर्न पुर्ण रुपमा प्रतिवन्ध छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर समेत रहेका झापाको दमक बजार पनि पुर्णतः ठप्प छ । हेर्नुहोस्, गृहखबर डट कमले खिचेका दमक बजारका तस्विरहरुः
ओली सरकाले गर्याे भिडियो कन्फ्रेन्समार्फत सातै मुख्यमन्त्रीसँग छलफल
२९ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (कोभिड-१९) विरुद्ध तीनै तहका सरकारले सबै शक्ति लगाएर काम गरिरहेका बेला काम गर्ने क्रममा आइपरेका समस्याहरुको समाधानका बारेमा छलफल गरिएकाे हाे । प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीहरुसँग कोभिड-१९ महामारीविरुद्धको लडाइँका बारेमा छलफल गरेका हुन् ।
काेराेनाका कारण अमेरिकामा एक दिनमा २ हजार ३५ जनाकाे मृत्यु
२९ चैत्र । पछिल्लाे २४ घण्टालाइ मात्र हेर्ने हाे भने अमेरिकामा मात्र २ हजार ३५ जनाकाे मृत्यु भएकाे छ । चीनमा भने पछिल्लाे २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे र ४२ जना नयाँ काेराेना संक्रमित भेटिएकाे छ । विश्वमा हालसम्म काेराेना भाइरस संक्रमित १७ लाख पुगेकाे छ । ३ लाख ७६ हजार ५ सय २१ जनाले पूर्ण स्वास्थ्यलाभ गरिसकेका छन् भने । १ लाख २ हजार ७ सय ५१ जनाकाे..
काेराेना संक्रमणका कारण विश्वमा १ लाख ३ सय ७१ जनाकाे मृत्यु
काठमाडौं : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । अहिलेसम्म १ लाख ३ सय ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमितको संख्या पनि बढेर १६ लाख ५२ हजार ६ सय ४३ पुगेको छ । आज सबैभन्दा धेरै अमेरिकामा १ हजार २ सय ३६ र युकेमा ९ सय ८० जनाको मृत्यु भएको छ । इटलीमा ५ सय ७० र स्पेनमा ५ सय २३ जनाले आज ज्यान गुमाएका..
इलामका सिमाक्षेत्रमा थप कडाई, जिल्लाका ७ स्थानमा प्रहरीको अस्थायी पोष्ट स्थापना
२८ चैत्र, इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमण छिमेकी मुलुक भारतमा बढदै गए पछि लुकीलुकी नेपाल प्रवेश गर्ने र सिमानामा बिभिन्न अवैध गतिविधि बढ्ने भएपछि इलामको नेपाल–भारत सिमा क्षेत्रमा थप कडाई गरिएको छ । जिल्लाका ७ स्थानमा शसस्त्र प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको छ । लकडाउनको समयमा भारतबाट आउने क्रम नरोकिएपछि सुरक्षा सतर्कताका लागि पोष्ट स्थापना गरिएको शशस्त्र प्रहरीले जनाएको छ । छिमेकी मुलुक..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७