मुख्य समाचार
थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२० पुग्यो
२९ वैशाख, काठमाण्डौँ । नेपालमा आज थप १० जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ । प्राप्त जानकारी अनुसार कपिलबस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । आज फेला परेका नयाँ संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या एक सय २० पुगेको छ । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । आज फेला परेको कोरोना संक्रमित सबै कपिलवस्तु यशोधरा गाँउपालिका–५ र बुद्वभुमि नगरपालिका–७, र १०..
नेपाल–भारतको सिमा क्षेत्रमा काडेतार लगाउन अनेरास्ववियू र युवा संघको माग
२८ वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघले सीमानामा काँडेतार लगाउन माग गरेको छ । आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू र युवा संघका नेताहरूले सीमानामा काँडेतार लगाई सुरक्षाफौज राख्न माग गरेका हुन् । भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनको मानसरोवरसम्म सडक बनाएकोमा आपत्ति जनाउँदै उनीहरुले संयुक्त रुपमा मन्त्री ज्ञवालीसमक्ष आज मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा युवा संघका..
“भारतसँगको सीमा विवाद धेरै गम्भीर र पुरानो बिषय हो, सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आउँदै छ”– प्रचण्ड
२८ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको बताउनुभएको छ । विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएको वर्तमान परिप्रेक्ष्यमा समस्याहरु थप जटिल बन्दै गएको अध्यक्ष दाहालको निष्कर्ष छ । सिंहदरबारमा आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा..
कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्छौः परराष्ट्रमन्त्री ज्ञवाली
२८ वैशाख, काठमाण्डौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नक्शा छिट्टै सार्वजनिक हुने बताउनुभएको छ । नक्शाको प्राविधिक कामहरु केही बाँकी रहेको भन्दै पूरा भएपछि सार्वजनिक हुने बताउनुभएको हो । नक्शा कस्तो हुन्छ भन्ने स्पष्ट नपारेपनि कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्पूर्ण भूभाग समेटिएको हुने संकेत गर्नुभएको छ । ‘हामी नक्शा सार्वजनिक गर्नेछौं,’ मन्त्री ज्ञवालीले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय महत्वको विषयमा बोल्नुहुँदै, ‘एक इन्च भु–भाग यताउता नपर्ने गरी नक्शा सार्वजनिक हुन्छ ।’..
नेपालमा कोरोना संक्रमित संख्या ११० पुग्यो, विश्वभर ७८ नेपालीको मृत्यु
२८ वैशाख, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ११० पुगेको छ । आज विहान थप एक जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएपछि संक्रमित संख्या ११० पुगेको हो । आज पत्ता लागेका संक्रमित उदयपुरको भुल्केकी ४३ वर्षीया महिला हुन् । उदयपुरको भुल्केस्थित मस्जिदमा यसअघि संक्रमितको सम्पर्कमा आएकी ती महिलाको कोशी अस्पताल विराटनगरमा परीक्षणका क्रममा संक्रमण पत्ता लागेको हो । उदयपुरको भुल्के नेपालमा कोरोना भाइरसको केन्द्रबिन्दु बनेको छ । हालसम्म..
नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको प्रती नेपाल सरकारको कडा आपत्ति( विज्ञप्ति सहित)
२७ वैशाख, काठमाण्डौँ । भारतले नेपाली भू–भाग दार्चुलाको लिपुलेक कालापानी हुँदै चीनको मानसरोवरसम्म जाने बाटो बनाएकोमा नेपाल सरकारले आपत्ती जनाएको छ । भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने बनाएको सडक उद्घाटन गरेको भोलिपल्ट अर्थात आज नेपाल सरकारले वक्तव्यमार्फत आपत्ति जनाएको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतले नेपाली भूमि लिपुलेकमा हिजो शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आपत्ति भनिएको छ । सुगौली सन्धि अनुसार..
ब्याक अफ ईण्डियाको नारा लगाउदैँ अनेरास्ववियू भारतीय दूतावास अगाडि
२७ वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियूले भारतीय दूतावास अगाडि लैनचौरमा प्रदर्शन गरेका छन् । नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा आज उनीहरूले शान्तपूर्वक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी अनेरास्ववियूका पूर्वकेन्द्रीय सचिव सुदेश पराजुलीलगायत विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, उत्तर खड्का, प्रेम प्रधान, न्युसन लामिछाने, विनोद खुवाललगायत २०..
मुलुककै उत्कृष्ट इलामका पर्यटकीय स्थलहरु सुनसान
२७ वैशाख, इलाम । मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य इलामको श्रीअन्तु र सन्दकपुरबाट सूर्याेदय अनि सूर्यास्तको दृश्य हेर्न आन्तरिक तथा वाह्य पर्यटक झुम्मिने मुख्य सिजन हो अहिले । तर श्रीअन्तु, सन्दकपुरलगायतका उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न कोही पर्यटक देखिन्छ, न त मानिसको भिडभाड छ । इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । प्राकृतिक सुन्दरता, हरियाली चियावगान र शान्त वातावरण इलामको विशेषता हो । जहाँ मुलुककै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने..
भारतले नेपाली भुमी कालापानी लिपुलेक हुँदै मानसरोवर जाने सडक खोल्दा सरकार किन बोल्दैन ?
२७ वैशाख, काठमाण्डौँ । विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहँदा भारतले नेपाली भुमि कालापानी, लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जाने सडकमार्ग खोलेको छ । नेपाललाई कुनै जानकारी नै नदिई हिजो यो सडक खोलिएपनि सरकारको कुनै धारणा सार्वजनिक भएको छैन । त्रिदेशीय सीमामा पर्ने लिपुलेकको विवादमा २०७२ सालमा नेपाललाई बेवास्ता गरेर भारत र चीनले सम्झौता गरेका थिए । त्यतिबेला नेपाल महाभूकम्पको मारमा परेको थियो । दुई देशले लिपुलेकको विषयमा..
संसदको आजको बैठक सम्पन्न, अर्को बैठक आईतबार विहान ११ बजे बस्ने
२६ वैशाख, काठमाण्डौँ । विशेष स्वास्थ्य शुरक्षाको व्यवस्था सहित सुरु भएको बजेट अधिवेशनको आजको बैठक सम्पन्न भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक केही बेर अघि सम्पन्न भएको हो । दुवै सदनको बैठक कक्षमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा अपनाइएको थिईयो । अर्को बैठक पर्सी आईतबार विहान ११ बजे बस्ने बताईको छ ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७