मुख्य समाचार
नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको प्रती नेपाल सरकारको कडा आपत्ति( विज्ञप्ति सहित)
२७ वैशाख, काठमाण्डौँ । भारतले नेपाली भू–भाग दार्चुलाको लिपुलेक कालापानी हुँदै चीनको मानसरोवरसम्म जाने बाटो बनाएकोमा नेपाल सरकारले आपत्ती जनाएको छ । भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने बनाएको सडक उद्घाटन गरेको भोलिपल्ट अर्थात आज नेपाल सरकारले वक्तव्यमार्फत आपत्ति जनाएको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतले नेपाली भूमि लिपुलेकमा हिजो शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आपत्ति भनिएको छ । सुगौली सन्धि अनुसार..
ब्याक अफ ईण्डियाको नारा लगाउदैँ अनेरास्ववियू भारतीय दूतावास अगाडि
२७ वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियूले भारतीय दूतावास अगाडि लैनचौरमा प्रदर्शन गरेका छन् । नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा आज उनीहरूले शान्तपूर्वक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी अनेरास्ववियूका पूर्वकेन्द्रीय सचिव सुदेश पराजुलीलगायत विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, उत्तर खड्का, प्रेम प्रधान, न्युसन लामिछाने, विनोद खुवाललगायत २०..
मुलुककै उत्कृष्ट इलामका पर्यटकीय स्थलहरु सुनसान
२७ वैशाख, इलाम । मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य इलामको श्रीअन्तु र सन्दकपुरबाट सूर्याेदय अनि सूर्यास्तको दृश्य हेर्न आन्तरिक तथा वाह्य पर्यटक झुम्मिने मुख्य सिजन हो अहिले । तर श्रीअन्तु, सन्दकपुरलगायतका उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न कोही पर्यटक देखिन्छ, न त मानिसको भिडभाड छ । इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । प्राकृतिक सुन्दरता, हरियाली चियावगान र शान्त वातावरण इलामको विशेषता हो । जहाँ मुलुककै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने..
भारतले नेपाली भुमी कालापानी लिपुलेक हुँदै मानसरोवर जाने सडक खोल्दा सरकार किन बोल्दैन ?
२७ वैशाख, काठमाण्डौँ । विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहँदा भारतले नेपाली भुमि कालापानी, लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जाने सडकमार्ग खोलेको छ । नेपाललाई कुनै जानकारी नै नदिई हिजो यो सडक खोलिएपनि सरकारको कुनै धारणा सार्वजनिक भएको छैन । त्रिदेशीय सीमामा पर्ने लिपुलेकको विवादमा २०७२ सालमा नेपाललाई बेवास्ता गरेर भारत र चीनले सम्झौता गरेका थिए । त्यतिबेला नेपाल महाभूकम्पको मारमा परेको थियो । दुई देशले लिपुलेकको विषयमा..
संसदको आजको बैठक सम्पन्न, अर्को बैठक आईतबार विहान ११ बजे बस्ने
२६ वैशाख, काठमाण्डौँ । विशेष स्वास्थ्य शुरक्षाको व्यवस्था सहित सुरु भएको बजेट अधिवेशनको आजको बैठक सम्पन्न भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक केही बेर अघि सम्पन्न भएको हो । दुवै सदनको बैठक कक्षमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा अपनाइएको थिईयो । अर्को बैठक पर्सी आईतबार विहान ११ बजे बस्ने बताईको छ ।
अवको समयमा पुस्ता हस्तान्तरण गर्दे जानु पर्छः पुर्वप्रधानमन्त्री भट्राई
२६ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका नेता डा. वावुराम भट्राईले अवको समयमा पुस्ता हस्तान्तरण गर्दे जानु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री भईसकेकाहरुले अव आफू प्रधानमन्त्रीको दावेदारीमा भन्दा पनि सल्लाहाकारको रुपमा रहेर नयाँ पुस्तालाई जिम्मेवारी सुम्पने तिर लाग्नुपर्ने बताउनु भएको हो । आजबाट सुरु भएको बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै उहाँले अबको समयमा पुस्तान्तरण गर्दे जानु पर्ने बताउनुभएको हो । अर्को प्रसङमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा..
नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०२ पुग्यो
२६ वैशाख, काठमाण्डौँ । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् । यता, कोशी अस्पतालबाट आज ८ जना डिस्चार्ज भएका छन् । जसमध्ये ५ जना..
संसदको आजको बैठक सम्पन्न, अर्को बैठक आईबार विहान ११ बजे बस्ने
२६ वैशाख, काठमाण्डौँ । विशेष स्वास्थ्य शुरक्षाको व्यवस्था सहित सुरु भएको बजेट अधिवेशनको आजको बैठक सम्पन्न भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक केही बेर अघि सम्पन्न भएको हो दुवै सदनको बैठक कक्षमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा अपनाइएको थिईयो । अर्को बैठक पर्सी आईबार विहान ११ बजे बस्ने बताईको छ भिडियो हेर्नुहोस्, https://www.youtube.com/watch?v=hitRXm82e3A
बजेट अधिवेशन आजदेखि शुरु हुँदै, विशेष स्वास्थ्य–सुरक्षा
२६ वैशाख, काठमाण्डौँ । सङ्घीय संसद्को छैटौँ बजेट अधिवेशन आजदेखि शुरु हुँदै छ । कोरोनाभाइरस संक्रमणपछि जारी लकडाउनकै बीच संघीय संसदको बजेट अधिवेशन अपरान्ह चार बजे शुरु हुने जनाईएको छ । अधिवेशनका लागि विशेष स्वास्थ्य–सुरक्षा व्यवस्था अपनाइएको छ । संसद सचिवालयका पदाधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पूरा गरेर अधिवेशन सुरु गर्न लागेको बताएका छन् । उनीहरुले कोरोनाको सम्भावित जोखिम र चुनौतिका कारण सांसद, कर्मचारी र मर्यादापालकको पीसीआर..
नेकपाको सचिवालय बैठक सम्पन्न, नेताहरुबीच चर्काचर्की, स्थायी कमिटी बैठक अनिश्चित
२४ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । भोलिबाट सुरु हुने स्थायी कमिटीको बैठकको एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की परेको थियो । सचिवालय बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका थिए । बीचमा उहाँ बैठक नै छोडेर बाहिरिनुभएके थियो । ओलीलाई निकै बेरसम्म नेताहरुले बैठक कक्षमा कुरेका थिए । स्रोतकाअनुसार अध्यक्ष..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७