मुख्य समाचार
आज थप ६ जना कोरोना संक्रतिम थपिए
३ जेष्ठ, काठमाण्डौँ । आज थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान १० बजे गरेको अपडेटमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । नयाँ संक्रमितहरु बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवन जिल्लाका हुन् । हाल उनीहरुको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बर्दियाको नार्खु–११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी..
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा
२ जेष्ठ, काठमाण्डौँ । नेपाल सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभएको हो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकोले त्यसलाई प्राप्त गर्न सरकारले ठोस पहल गर्ने पनि उहाँले बताउनुभएको छ । उहाँले सम्बोधनका क्रममा भन्नुभएको छः ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको..
कोरोनामुक्त देश बनाउने सरकारको पहिलो प्राथमिकता, केन्द्रमा र सातै प्रदेशमा सरुवा रोग अस्पताल बनाईने
२ जेष्ठ, काठमाण्डौँ । सरकारले कोरोनाभाइरसका कारण मित्रराष्ट्र तथा विकास साझेदारहरुको स्रोत साधन परिचालनको प्राथमिकता फरक हुन सक्ने भन्दै अधिकतम आन्तरिक स्रोत परिचालनको नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताउनुभएको हो । अधिकांश मुलु्कको आर्थिक वृद्धिदर ऋणात्मक हुन सक्ने देखिएको सन्दर्भमा जोखिम व्यवस्थापन गर्न सक्षम नेपाली अर्थतन्त्रलाई उत्पादनशील र सुदृद्ध बनाउने नीति सरकारले लिएको छ । यस्तै आर्थिक..
सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम घोषणा हुँदै (लाइभ)
२ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैहुनुहुन्छ । https://www.youtube.com/watch?v=-HLKo878Ftw
आज नीति तथा कार्यक्रम, संघीय संसद परिसरमा प्रवेश गर्ने सवैलाई ‘मास्क’ अनिवार्य
२ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैहुनुहुन्छ । राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे संयुक्त सदनमा मन्त्रालयहरुले तयार गरेको खाकाको आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नुभएको हो । नीति तथा कार्यक्रममा कोरोना प्रभावित क्षेत्रलाई उत्थान गर्ने कार्यक्रम समावेश रहेको बताईन्छ । कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमै ठूलो धक्का लागेको बेला वैदेशिक रोजगारीबाट..
नेकपाको सचिवालय बैठक सम्पन्न, सरकारको नीति तथा कार्यक्रम माथी सुझाव
२ जेष्ठ, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले आज अपरान्ह ४ बजे संसदको संयुक्त बैठकमा पेस गर्ने सरकारको नीति तथा कार्यक्रममा राख्नु पर्ने केही सुझाव भए दिन सचिवालय सदस्यसँग आग्रह गरेको र सदस्यहरुले आ–आफ्नो सुझाव दिएको बुझिएको छ । बैठकपछि संञचरकर्मीरूसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी..
पूर्वराजा ज्ञानेन्द्र शाहले पाए काठमाडौँ फर्कने सवारी पास
२ जेष्ठ, झापा । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी पास लिएर काठमाडौँ फिर्ता भएका छन् । कोभिड–१९ को रोकथामका लागि सरकारले गत चैत्र ११ गते देखी लकडाउन जारी गरेको थियो । तर उहाँ लकडाउन जारी हुनु अघि देखी नै झापाको दमकमा रहनुभएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाह लगाउत गरी पाँच जनाको सवारी पास..
शनिबारदेखि लागू हुनेगरी सवारीसाधन सञ्चालनका सबै पास रद्ध, उपत्यकाको लकडाउनमा कडाई
१ जेष्ठ, काठमाण्डौँ । सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ । आज बिहीबारदेखि एक जिल्लाबाट अर्काे जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले गृहखबरलाई जानकारी दिएको छ । कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप सो निर्णय गरेको छ..
झापामा अहिलेसम्म एक हजार छ सय १७ जनाको कोरोना परिक्षण
१ जेष्ठ, झापा । झापामा अहिलेसम्म एक हजार ६ सय १७ जनाको कोरोना परिक्षण गरिएको छ । र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पिसिआर) दुबै विधिबाट कोरोना संक्रमण भएनभएको थाहा पाउन स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका जीवन चौम्लागाईले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकाङ्स जसो विदेशबाट भर्खेरै घर आएकाहरुको कोरोना परिक्षण गरिएको छ । हालसम्म चार सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । त्यसमा..
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा त्रुटी, संक्रमित सख्या २४५ मात्र
१ जेष्ठ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा ७ जना कोरोना संक्रमित थपिएको भने पनि जम्मा दुई जनामात्र नयाँ संक्रमित थपिएको पाइएको जनाएको छ । मन्त्रालयले आज बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको बताएको थियो । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७