मुख्य समाचार
नेपालमा चिनको सक्रियता बढ्योः चिनियाँ राजदूत यान्छी प्रचण्डसंगको भेटलगत्तै माधव नेपालसंग
१९ वैशाख, काठमाण्डौँ । जब जब नेपालमा सत्ता ढाल्ने र बनाउने खेल हुन्थ्यो तब भारतीय राजदूत र उच्च अधिकारीहरुको सक्रियता बढ्ने गर्दथ्यो । नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा भारतीय भूमिका प्रत्यक्ष अप्रत्यक्ष देखिएकै हो । २०४६ सालको जनआन्दोलनताका भारतका नेता चन्द्रशेखरलगायत गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा पुगेको इतिहास साक्षी छ । २०६२÷६३ को जनआन्दोलनताका भारतीय नेताहरु डा. करण सिंह र सीताराम यचुरीलगायतको छुट्टाछुट्टै ओहोरदोहोर भएकै हो । १२ बुँदे समझदारी दिल्लीमा..
थप दुईजनामा कोरोना संक्रमण पुष्टिः संक्रमित संख्या ५९ पुग्यो
१९ वैशाख, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५९ पुगेको छ । आज थप दुई नयाँ संक्रमित रुपन्देही र बाँकेमा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज पत्ता लागेका संक्रमितहरु रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुष हुन् । उनीहरू दुबैको अवस्था सामान्य छ । दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल ५९ संक्रमितम ध्ये १६ जना नीको भई घर फर्किइसकेका..
राष्ट्रपति भण्डारीद्धारा श्रमिक दिवसको अवसरमा शुभकामना शन्देश जारी
१९ वैशाख, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना शन्देश जारी गर्नुभएको छ । उहाँले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना ब्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा अन्तराष्ट्रिय श्रमिक दिवस २०२० को यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना..
परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद्ः प्रधानमन्त्री ओली
१९ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका प्रयास भइरहेको बताउनुभएको छ । आज १ सय ३१ औं अन्तराष्ट्रिय ‘मे दिवस’का अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुप्रति आक्रोश ब्यत्त, गर्नुभयो । उहाँले केही सञ्चारममाध्यमहरुले स्थिरता, स्थायित्व र विकासकाविरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिकासमाचार सम्प्रेषण र चर्चा भइरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना..
सांसद सुरेन्द्र यादवद्वारा मानवअधिकार आयोगमा उजुरी
१८ वैशाख, काठमाडौँ । समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डाक्टर सुरेन्द्र यादवले नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुबिरुद्ध मानव अधिकार आयोगमा आज उजुरी दिएका छन् । आयोगमा उनको उजुरीको दर्ता नम्बर १७८० हो । आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले उजुरी दिएका हुन् । यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले..
कोरोना संक्रमितलाई नीको पार्ने ‘रेमडिसिभिर’ औषधीको परीक्षण सफलः आशाको दियो जाग्यो
१८ वैशाख, काठमाण्डौँ । कोरोनाभाइरसको उपचारमा एउटा प्रयोगात्मक औषधी प्रभावी देखिएको छ । औषधीले कोरोना संक्रमितलाई नीको पारेको प्रमाणित भएको हो । यसले संक्रमित विरामीको मृत्युको सम्भावना पनि घटाइदिने प्रमाणित भएको उल्लेख छ । अमेरीकी टेलीभिजन सीएनएनका अनुसार यसबारे अध्ययन गरेकाहरुले परीक्षणका क्रममा रहेको औषधी ‘रेम्डेसिभिर’ले कोरोना भाइरसका संक्रमितलाई नीको पारेको खबर सार्वजनिक गरेका छन् । लक्षण देखिएको संक्रमितलाई १५ देखि ११ दिनभित्र ‘रेम्डेसिभिर’को प्रयोग गरिएमा नीको भएको परीक्षणबाट पत्ता..
नेकपा सचिवालयको बैठक निष्कर्षबिहीन, अर्को बैठक आउदो २० गते बस्ने
१७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाललगायतको आ–आफ्नै अडान कायम रहँदा बैठक निष्कर्षबिहीन बनेको हो । बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए ।..
ओलीको राजनिक चालः प्रचण्ड निकटका सांसदलाई फकाउदैँ
१७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रतिनिधिसभामा १७४ सांसद संख्या छ । संसदीय दलमा कुनै एक नेता विशेषको स्पष्ट बहुमत छैन । सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसद रहेका छन् । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बढी संख्या छ । सांसद र स्थायी कमिटि सदस्य संख्याका हिसाबले माधवकुमार नेपाल तेस्रो नम्बरमा छन् । बामदेव गौतम चौंथो नम्बरमा छन् । त्यसपछि मात्र झलनाथ खनाल पक्षधर छन् ।..
‘लकडाउन’का कारण झापामा दुई करोड मुल्य बराबरको च्याउमा क्षति
१७ वैशाख, झापा । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोक्न जारी गरिएको लकडाउनका कारण गएको एक महिनाको अवधिमा झापामा करिव २ करोड मुल्य बराबरको च्याउ नोक्सानी भएको च्याउ उत्पादक किसान संघले जनाएको छ । विगत १ महतिना देखी जारी लकडाउनका कारण जिल्ला भित्र व्यवसायिक रुपमा सञ्चालन गरिआएका च्याउ उद्योगका किसानले वजारसम्म आप्mना उत्पादन पुर्याउन नसक्दा करिव २ करोड मुल्य बराबरको नोक्सानी व्यहोर्नु परेको संघका जिल्ला संयोजक ज्ञानेन्द्र प्रसाद गौतमले वताउनुभयो..
आफु निकट सांसदहरुलाई ओलीको निर्देशनः जस्तोसुकै परिस्थिति सामनाका लागि तयार रहनू
१६ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामना लागि तयार रहन आफूनिकट सांसदहरूलाई निर्देशन दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका आफूनिकटका दुई दर्जन बढी सांसदसँग प्रधानमन्त्री ओलीले आफूलाई सरकार र पार्टीबाट हटाउने षड्यन्त्रसमेत भइरहेको बताएका थिए । ‘साथीहरू वार कि पारको अवस्थामा लाग्नुभएको छ । मलाई बर्खास्त गर्ने तयारीमा हुनुहुन्छ’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद विजय सुब्बाले भने, ‘साथीहरू तोडफोड विध्वंस जे पनि गर्ने..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७