दमकमा उच्च शुरक्षा सतर्कता, संक्रमितको ‘ट्राभल्स हिस्ट्री’ खोजिदै

१३ वैशाख, झापा । झापा दमकका एक ६३ बर्षिय बृद्धमा कोरोना भइरस संक्रमणको पुष्टि भए संगै शुरक्षा सतर्कता बढाईएको छ । संक्रमित वृद्धको ‘ट्राभल्स हिस्ट्री’ खोज्ने कार्यलाई समेत तिव्र पारिएको छ । ‘ट्राभल्स हिस्ट्री’ खोज्ने कार्यमा प्रहरीसँगै आफुहरु पनि लागि परेको दमकका जनप्रतिनिधीले बताएका छन् । दमक वडा नं. ३ मा बसोबास गर्ने वृद्धको परिवार, आफन्त, छिमेकीसँग संक्रमितका बारेमा सोधपुछ गर्ने काम भइरहेको उपप्रमुख गिता अधिकारीले जानकारी दिनुभयो । ‘हामीले..

झापा दमकका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१२ वैशाख, झापा । झापा दमकका एक जना बृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमकका ६२ वर्षीय बृद्धमा कोरोना भाइरसको संक्रमण देखिएको हो । प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । हाल संक्रमित व्यक्तिलाई आईसोलेसनमा राखेर उपचार..

सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपतिबाट खारेज

१२ वैशाख, काठमाण्डौँ । केही दिन अघिमात्र सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश खारेज गर्नुभएको हो । सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्काे प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने अध्यादेश ल्याइएको थियो । राष्ट्रपतिले..

दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

१२ वैशाख, काठमाण्डौँ । आज बसेको मन्त्रिपरिषद बैठकले यसअघि ल्याईएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार पार्टीभित्रबाटै दबाब आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिने निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।सरका रले..

इस्तियाक र डा. सुरेन्द्रबीच मन्त्री पदको बिवाद नमिल्दा तुहियो समाजवादी फोर्ने योजना

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको सम्भावित जोखिम न्यूनिकरणका लागि जारी गरिएको बन्दाबन्दीका बीच दुई अध्यादेश ल्याउनुभएको थियो । दुई मध्ये एक पार्टी विभाजन सम्वन्धी खुकुलो अध्यादेश जारी भए संगै नेपाली राजनितीमा नयाँ तरङ्ग उत्पन्न भयो । अध्यादेश जारी भएपछि मधेश केन्द्रित दलका केही अशन्तुष्ट पक्षहरुले पार्टी फुटाउन प्रयत्न गरे । मुख्य त समाजवादी पार्टीका केही अशन्तुष्ट पक्षलाई यो अध्यादेशले निकै सजिलो बनाईएको दिएको थियो ।..

प्रदेश–१ मन्त्रिपरिषद्को बैठक सम्पन्न, समपुरक अनुदानका लागि प्रस्ताव पेश गर्ने म्याद संशोधन

११ वैशाख, विराटनगर । प्रदेश नं. १ सरकारको मन्त्रिपरिषद्को बैठक आज बसेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । मन्त्री कार्कीका अनुसार बैठकले सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन नियमावली २०७६ को मस्यौदालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसैगरि, मुख्यमन्त्री युवा उद्यमशिलता विकास कोष सञ्चालन नियमावली २०७६ को मस्यौदालाई पनि..

आधारहिन कुरोले चरित्रमाथि प्रहार गरियोः सांसद महेश बस्नेत

११ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्ने आरोपको खण्डन गर्नुभएको छ । संञ्चारमाध्यम संग कुरा गर्दे उहाँले यादवसँग महोत्तरीमा भेट भएको र सँगै काठमाडौं आएको बताउनुभएको छ । उहाँले भन्नुभएको छः “हामी उहाँको घरमा गएर खाना खाएर सँगै आएका हौं । उहाँको श्रीमतीले अपहरण भन्नु भएको छैन ।” उहाँ अझै थप्नुहुन्छः “भिनाजु र पिएसओसँगै आएका छन् ।..

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सकारात्मक

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडीमात्र सरकारले जारी गरेको अध्यादेश फिर्ता लिने संकेत गर्नुभएको छ । आज बिहान नेताहरुसँग भेटवार्ता गर्नुहुदैँ उहाँले आफू अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बताउनुभएको हो । ‘अध्यादेशकै कारण समस्या हो भने फिर्ता लिन्छु । त्यसमा ढुक्क हुनुहोस्,’ ओलीले नेताहरुसँगको भेटमा भनेको उच्च स्रोतले जानकारी दिएको छ । आज बिहान अध्यक्ष ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता..

दल दर्ताका लागि जनता समाजवादी पार्टीको निवेदन, निर्वाचन कार्यलयमै ओलीको आलोचना

११ वैशाख, काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएर बनेको नयाँ पार्टी जनता समाजवादी पार्टी, नेपाल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिर्ता भएको छ । दुवै पार्टीका शीर्ष नेताहरु आयोगको कार्यालयमा पुगेर दल दर्ताको निवेदन दिएका हुन् । उनीहरुले दुई पार्टीबीचको एकता सहमतिपत्र समेत आयोगमा बुझाएको जनाईएको छ । दल दर्ताको निवेदन दिन शीर्ष नेताहरु शरदसिंह भण्डारी, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र नेताहरु डा...

जनता समाजवादी पार्टी नेपाल दर्ताका लागि नेताहरु निर्वाचन आयोगमा

११ वैशाख, काठमाण्डौँ । मध्यराति एकता भएको जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ताका लागि नेताहरु पुगेका छन् । आज विहानै नेताहरु कार्यालयमा कार्यलय समय अगावै पुगेका हुन् । गएराति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच हतारमा एकताको निर्णय भएको थियो । एकतामा दुवै दलका नेताहरुले हस्ताक्षर गरेपनि केही असन्तुष्ट पक्षको भने हस्ताक्षर छैन । यसले अझै ती दलमा विवाद र फुटको आशंका कायमै छ । समाजवादी पार्टी फुटको अन्तिमचरणमा पुगेपछि..