नेकपाको सचिवालय बैठक सम्पन्न, सरकारको नीति तथा कार्यक्रम माथी सुझाव

नेकपाको सचिवालय बैठक सम्पन्न, सरकारको नीति तथा कार्यक्रम माथी सुझाव

२ जेष्ठ, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले आज अपरान्ह ४ बजे संसदको संयुक्त बैठकमा पेस गर्ने सरकारको नीति तथा कार्यक्रममा राख्नु पर्ने केही सुझाव भए दिन सचिवालय सदस्यसँग आग्रह गरेको र सदस्यहरुले आ–आफ्नो सुझाव दिएको बुझिएको छ ।

बैठकपछि संञचरकर्मीरूसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले सुझाव मागेको बताउनुभयो । ‘प्रधानमन्त्रीले सरकारको नीति तथा नीति कार्यक्रमका सन्दर्भमा महत्त्वपूर्ण सुझाव छन् भने अझै पनि दिन हुन सचिवालय बैठकलाई अनुरोध गर्नुभयो’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘केही विषयमा महत्त्वपूर्ण सुझावहरु दिने काम भयो ।’

उहाँका अनुसार आजको बैठकमा पार्टीको स्थायी कमिटी बैठक बोलाउनेबारे कुनै छलफल भएन । ‘नीति तथा कार्यक्रमपछि सचिवालय बैठकमा छलफल होला,’ उहाँको भनाई छ ।

यसअघि सचिवालय बैठकले वैशाख २५ गते र ३१ गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर