२ जेष्ठ, झापा । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी पास लिएर काठमाडौँ फिर्ता भएका छन् ।
कोभिड–१९ को रोकथामका लागि सरकारले गत चैत्र ११ गते देखी लकडाउन जारी गरेको थियो । तर उहाँ लकडाउन जारी हुनु अघि देखी नै झापाको दमकमा रहनुभएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाह लगाउत गरी पाँच जनाको सवारी पास जारी गरिएको बताभएको छ ।
पूर्वराजा शाहका तर्फबाट उहाँको सचिवालयले काठमाडौंँ जानका लागि बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो ।
अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रमुख जिल्ला अधिकारी मगरले जानकारी दिनुभयो ।.