मुख्य समाचार
संसदमा प्रधानमन्त्रीको सम्बोधन सुरु (लाईभ भिडियो)
२८ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा सम्बोधन सुरु भएको छ । सांसदहरुले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयमाथी उठाएका प्रश्नकहरुको उहाँले जवाफ दिनुहुने छ । लाईभ हेर्नुहोस्ः https://www.youtube.com/watch?v=_WOmtbu_KG8
सरिता गिरीलाई संसद पदबाट हटाउन युवा संघको एक हप्ताको अल्टिमेटम
२८ जेष्ठ, काठमाण्डौँ । संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत विपरित अभिव्यक्ति दिएको भन्दै नेकपा सम्वद्ध राष्ट्रिय युवा संघ नेपालले आपत्ती जनाएको छ । गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई संघलेसमेत गरेको छ । त्यसै गरी यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।..
संविधान संशोधनमा सबै दलको समर्थन, सरकारलाई भूमि फिर्ता ल्याउने तयारी थाल्न आग्रह
२७ जेष्ठ, काठमाण्डौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्नका लागि संसदमा पुगेको नेपालको संविधान संशोधन प्रस्तावमा संघीय संसदमा सबै दलले समर्थन जनाएका छन् । उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा बोल्दै सत्तारुढ नेकपाका साथै..
संविधान संशोधन विद्येयकमाथी छलफल जारी, संशोधनको पक्षमा सांसदहरु (लाईभ भिडियो सहित)
२७ जेष्ठ, काठमाण्डौँ । संविधान संशोधन विधेयकमाथि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा छलफल सुरू भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । संशोधन प्रस्ताव पेस भएलगत्तै सभामुख अग्नि सापकोटाले आजको बैठकमा छलफल अघि बढाउनुभएको हो । अहिले सांसद्हरुले विधेयकमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । यसमा सम्पुर्ण दलका नेताहरुले एक भएर संविधान..
आज थप ३२३ जना कोरोना संक्रमित थपिए, निको हुँनेको संख्या ५८४ पुग्यो
२७ जेष्ठ, काठमाण्डौँ । थप तीन सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गरेको अपेडट अनुसार थप तीन सय २३ जना नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् । आज थपिएका नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले..
जसपाका असन्तुष्ट नेताहरु विच बैठक जारी, सरिता गिरीको बिषयमा नेताहरु दुई धारमा
२७ जेष्ठ, काठमाण्डौँ । नवगठित जनता समाजवादी पार्टी नेपालमा दर्ता नहुँदै विवाद उत्पन्न भएको छ । ५१ सदस्यीय कार्यसमिति सहित जेठ २५ गते निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएपछि थुप्रै नेताहरु असन्तुष्ट बनेका हुन् । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्यहरु अनिलकुमार झा र राजकिशोर यादव निर्वाचन आयोग नै पुग्नु भएन । ५१ सदस्यीय कार्यसमितिमा आफ्नो मान्छे नपरेको कुरामा..
सरकारको विरोध गर्दे बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहोरा, १० जना नियन्त्रणमा
२७ जेष्ठ, काठमाण्डौँ । सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन भएको छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकार गम्भिर नभएको र प्रयास फितलो भएकोमा विवेकशली नेपाली दल र डा. गोविन्द केसी समर्थकहरु आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोराले हानेको थियो । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको थियो । प्रदर्शनकारीहरुले कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट मात्रै गर्नुपर्ने, क्वारेन्टिन सेन्टरहरु पूर्ण सुरक्षित बनाउनु..
रेलमार्गका लागि झापा, मोरङ र सुनसरीमा जग्गा अधिग्रहणको प्रक्रिया सुरु
२७ जेष्ठ, झापा । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत झापाको काँकडभिट्टा–इनरुवा खण्डको १ सय ६ किलोमिटर लामो रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । रेलमार्ग निर्माणका लागि झापा, मोरङ र सुनसरी जिल्ला भित्रका लगभग ४ हजार कित्ता अर्थात करिब ६ सय ७३ बिघा १८ कठ्ठा जमिन अधिग्रहणको कार्य अघि बढाईएको हो । जसमा सबैभन्दा बढी झापामा ३ सय ३ बिगाह, मोरङमा २ सय ३० बिगाह र सुनसरीमा १ सय..
रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या, हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिजापती पक्राउ
२७ जेष्ठ, रुपन्देही । रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिजापती पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत बस्ने वर्ष ३१ को झसेन्द्र सिजापती रहेको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिनुभयो । धानुकले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको बताउनुभयो । उहाँले हत्या किन र कसरी भएको..
आज थप ३१४ जना कोरोना संक्रमि थपिए, कुल संक्रमित संख्या ३७६२ पुग्यो
२६ जेष्ठ, काठमाण्डौँ । नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संक्रमित संख्या थपिएको दैनिक प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । आज थपएिका संक्रमित मध्ये २९४ पुरुष र २० जना महिला छन् । यसैगरी, आज थप एकजना संक्रमितको मृत्यु पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७