मुख्य समाचार
कोरोनाको प्रकोपबाट बच्न सतर्कता अपनाउँदै इद उल फित्र मनाउन प्रधानमन्त्रीको आग्रह
१२ जेष्ठ, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहनु भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताउनुभयो । बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा..
थप ७२ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६७५ पुग्यो
१२ जेष्ठ, काठमाण्डौँ । आज मात्र थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज फेला परेका नयाँ संक्रमितहरु काठमाडौं, रौतहट, बारा, कपिलवस्तु, दैलेखलगायतका जिल्लाका रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ ।
थप १९ जनामा कोरोनाको संक्रमण देखियो, कुल संक्रमितको संख्या ६०३ पुग्यो
११ जेष्ठ, झापा । थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार मोरङ बारादशी–३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२..
संघीय संसद र राष्ट्रियसभा सदस्यले प्रयोग गर्दै आएको लोगोलाई अध्यावधिक गर्ने
११ जेष्ठ, झापा । राष्ट्रिय सभाले राष्ट्रिय सभा सदस्यले प्रयोग गर्दै आएको लोगोलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ । आज विहान सिंहदरबारमा बसेको कार्य व्यवस्थाले नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रिय सभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा बसेको राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले गरेका निर्णयहरु यस्ता छन्- १. मिति..
मनिषाको बहानामा नेपालको सम्प्रभुतामाथी औँला ठड्याउने शासक वर्गका पिट्ठू पत्रुकार
११ जेष्ठ, काठमाण्डौँ । टिभीको स्क्रिनमा मोटो अक्षरमा आउँछ– ‘भारतका खाओगी, चीनका गाना गाओगी ?’ यसपछि सुरु हुन्छ बलिउड अभिनेत्री मनिषा कोइरालामाथि तीन समाचार प्रस्तोताको हमला, जसले हरेक दिन बिहानै एबीपी न्युजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन् । सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई आफ्नो भूभाग दाबी गर्दै नेपालले जारी गरेको नयाँ नक्साको सन्दर्भमा नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटमा मनिषा कोइरालाको ट्वीट जसमा उनले लेखेकी थिइन्– ‘हाम्रो सानो राष्ट्रको गरिमा..
कोरोना संक्रमितको संख्या ५८४ पुग्यो, आजै ६८ संक्रमित थपिए
१० जेष्ठ, काठमाण्डौँ । शनिबार(आज) फेरि थप ३६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । यसअघि आज बिहान पनि ३२ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएसँगै एकैदिन आज ६८ जनामा कोरोना संक्रमित थपिएका छन् । उता भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया..
वसन्त ऋतुको यो मध्यअवधीमा हाँसी रहेकी प्रकृती (फोटो फिचर)
१० जेष्ठ, इलाम । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा करिव दुई महिना देखी लकडाउन जारी छ । लकडाउनमा प्रायतः मानिसहरु घर भित्रै छन् । घर वाहिर निस्कन शख्त मनाही छ । वसन्त ऋतुको यो मध्यअवधीमा प्रकृती भने हाँसी रहेकी छिन् । लकडाउनका कारण मानिसहरुले प्रकृतीको यो अनुपम दृष्यलाई नियालेर रसपान गर्न सायदै पाएका छैनन् । खोला–बगर–डाँडा–काँडा हरियाली भएको छ । रुखहरुमा नयाँ पालुवा पलाएको छ । खुख्खा बगहरु..
नेकपा अध्यक्ष प्रचण्डलाई सरकारका तर्फबाट नेपाल नयाँ नक्सा
१० जेष्ठ, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज अध्यक्ष दाहाललाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नक्सा हस्तान्तरण गर्नुभयो । मन्त्री अर्यालले दाहाल निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गर्नुभएको हो । सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार..
मोदीसँग वार्ता गर्न प्रधानमन्त्री ओली मध्य विन्दु खोज्दै
१० जेष्ठ, झापा । प्रधानमन्त्री केपी शर्मा ओली भारतप्रति संसदमा बोल्ने क्रममा कडा रुपमा प्रस्तुत भएलगत्तै वार्ताका लागि पहल शुरु भएको छ । उहाँले शुरुमा भारतलाई चेतावनी दिएपनि पछिल्लो समय नरम बन्दै द्विपक्षीय वार्ताका लागि कुटनीतिक पहलको निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कुटनीतिक माध्यमले द्विपक्षीय कुराकानीको पहल भइरहेको छ । सिमा विवादका बारेमा दुई देशबीच सम्बन्ध चिसिइरहँदा वार्ताको पहल भइरहेको बुझिएको छ । नेपालले सिमा विवादपछि भारतसँग..
थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७ पुग्यो
९ जेष्ठ, झापा । एकाविहानै ३० जनामा कोरोना भेटिएको छ । आज विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु नवलपरासी, चितवन, कपिल वस्तु र सर्लाहीका रहेका छन् । नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७