मुख्य समाचार
दुई छिमेकी मुलुक संग नेपालको सम्वन्धः सिमा विवादबारे भारत संग वार्ता कहिले होला ?
८ जेष्ठ, काठमाण्डौँ । ‘सरकार जानै लागेको थियो फलानो देशको राजदुतले अड्याइदियो भन्ने सुनेको छु,’ प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा बोल्दा यसो भन्नुभयो । उहाँले यस्तो बचनहरुलाई निम्सराको संङ्घा दिनुभयो । उहाँले थप्नुभयो, ‘यो सरकार जनताले बनाएको हो ।’ नेपाल कम्युनिस्ट पार्टी भित्र सरकार ढाल्ने खेलहरु भइरहँदा १८ र १९ जेठमा चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक दौडले ओली सरकार जोगाउन सक्रियता देखाएको चर्चा चलेको थियो । पहिलोपटक चिनियाँ राजदुतको..
प्रदेश–१ मा मात्र थप १७ जना कोरोना संक्रमित, झापामा संक्रमित संख्या २५ पुग्यो
८ जेष्ठ, झापा । पूर्वि जिल्लाहरु झापा, धनकुटा र सुनसरीका थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गएराति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ । झापाको कचनाकवल गाँउपालिकाका १५ र धनकुटा तथा सुनसरीका एक–एक जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६,..
लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नयाँ नक्सा सार्वजनिक
७ जेष्ठ, काठमाण्डौँ । मन्त्रिपरिषद्बाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा नापी विभागका पूर्वमहानिर्देशकहरुसँग छलफल गरिसकेपछि आज मन्त्रालयमा लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नेपालको नयाँ नक्सा सार्वजनीक गर्नुभएको हो । उहाँले नक्सा सार्वजनिक गर्दे नेपालको ईतिहासमै यो एक उल्लेखित कार्य भएको बताउनुभयो..
रुपन्देही र कपिलवस्तुमा थप १३ जना कोरोना संक्रमित, गुल्मीमा एकको मृत्यु
७ जेष्ठ, भैरहवा । आज रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्ति हुन् । रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर..
नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको हो, कसैको देवत्वकरण नगरौंः वामदेव गौतम
७ जेष्ठ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयाँ नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको टिप्पणी गर्नुभएको छ । आज बिहान विज्ञप्ति जारी गरी उनले नक्सा सार्वजनिक हुनु पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार भएको बताउनुभएको छ । ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन..
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
६ जेष्ठ, काठमाण्डौँ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । नीति तथा कार्यक्रममाथि कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल,..
नेपालको मिचिएको भूमि फिर्ता ल्याएरै छाडिन्छः प्रधामन्त्री ओली
६ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने बताउनुभएको छ ।संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको अतिक्रमित भूमि फिर्ताको बिषय त्यतिकै सेलाएर नजाने बताउनुभएको हो । उहाँले संयुक्त बैठकलाई सम्वोधन गर्नुहुँदै भन्नुभयोः, ‘वि.स.२०१८ सालसम्म हामीले त्यहाँ जनगणना गरिरहेका थियौँ । हामी संग त्यको पर्याप्त प्रमाण छ । त्यसको केही समय पछि भारतले कालापानीम प्रहरी..
झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश–१ मा मात्र ११ संक्रमित फेला
६ जेष्ठ, झापा । आजमात्र प्रदेश–१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गर्नुभयो । संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन् । सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ । झापामा थपिएका संक्रमितहरू भारतबाट केही साता अगाडी मात्र नेपाल आएका हुन् । सोमबार(हिजो) पनि..
भिम रावललाई लेखराज भट्टको कटाक्षः ‘कुण्ठा पोखेर राष्ट्रवादी भइदैन’
६ जेष्ठ, काठमाण्डौँ । उद्योग तथा आपुर्तिमन्त्री लेखराज भट्टले एमसीसी र इन्डोपेसिफीकलाई जोड्नु बुझाइमा कामजोरी भएको टिप्पणी गर्नुभएको छ । उहाँले एमसीसी प्रस्ताव आफुलाई ठिक लागेको र राम्रोसँग नबुझेकाले मात्रै त्यसको विरोध गर्ने गरेको बताउनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उहाँले सरकारको नीति तथा कार्यक्रममा एमसीसीको बारेमा उल्लेख नभएको समेत दावी गर्नुभएको छ । बाटो बनाउने, विद्युत सेवा विस्तार गर्ने योजनामा एमसीसीको गन्ध आयो भन्नु भ्रमण मात्रै..
प्रदेश सरकारको बजेटमा निजी क्षेत्रलाई समेट्न माग
६ जेष्ठ, विराटनगर । आगामी बजेटले उद्योग व्यवसाय क्षेत्रको प्रोत्साहन तथा विकास गर्न उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई सुझाव दिएका छन् । कोरोना भाइरसको महामारीको वर्तमान अवस्था रहेकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेश सरकारले ल्याउने बजेटमा उद्योगरव्यवसाय क्षेत्रको प्रोत्साहन एवं विकासका साथै प्रदेशको समग्र आर्थिक विकासका सन्दर्भलाई समेट्नुपर्ने विषयमा दुवै संस्थाका अध्यक्षद्वय भीम घिमिरे र प्रकाश मुन्दडाले मुख्यमन्त्री राईलाई सुझाव दिनुभएको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७