मुख्य समाचार
संविधान संसोधनप्रति काँग्रेस र मधेसवादी दलको आ–आफ्नै स्वार्थः राष्ट्रिय सहमतिका लागि धोका !
२१ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेस र समाजवादी पार्टी–राष्ट्रिय जनता पार्टी नेपाल (जनता समाजवादी पार्टी नेपाल–जसपा) ले संविधान संशोधन सम्बन्धी छुट्टाछुट्टै दर्ता गराएको गैरसरकारी विधेयकप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असन्तुष्टि जनाएको छ । नेकपा नेतृत्वको सरकारले नयाँ नक्सा अनुसार निशान छाप सच्याउन संविधान संशोधन विधेयक संसदमा पेस गरिसकेको छ । यसअतिरिक्त नेपाली काँग्रेसले एउटा र जसपाले अर्काे गरी दुई वटा संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता भएका छन्..
थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २३०० पुग्यो, थप एकजनाको मृत्यु
२१ जेष्ठ, झापा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । संक्रमण पुष्टि भएपछि उनलाई टिचिङ अस्पाल महाराजगञ्ज लगिएको थियो । मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र..
छुवाछुतसम्बन्धी जघन्य घट्नाका अपराधीहरुलाई कडा सजाय दिने कुरामा सम्झौता हुँदैन्ः प्रधानमन्त्री
२१ जेष्ठ, झापा । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुभकामना सन्देश जारी गर्नुभएको छ । उहाँले सन्देशमार्फत छुवाछुतसम्बन्धी जघन्य घटनाका दोषीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले सम्झौता नगर्ने पनि विश्वास दिलाउनुभएको छ । छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने पनि उहाँको शुभकामनामा उल्लेख गरिएको छ । उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ–‘मानव सभ्यताको कलंक र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मावन अधिकारको पालनामा देखिएका बाधाहरुलाई..
प्रदेश सांसद झोवा विकको संघर्षका कथा
२० जेष्ठ, काठमाण्डौँ । ‘सभामुख महोदय ! मेरो हातमा किताब छैन, पढ्न पनि सक्दिनँ, नपढेर आएँ । केही भन्न सक्छु या सक्दिनँ। सिद्धान्त र प्राथमिकतामा त दलित, महिला, पछाडि परेका, दूरदराजका कुरा समेटिएको छ । यो किताबमा मात्र समेटिने हो कि काम पनि गर्ने हो ? २०७७ मा के हुन्छ थाहा छैन, २०७६ कोमा त केही भएको थिएन ।’ प्रदेश सभाको छैठौं अधिवेशनमा कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको प्रदेश विनियोजन..
थप २८८ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या २०९९ पुग्यो
२० जेष्ठ, काठमाण्डौँ । थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गराएको अपडेटअनुसार थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको हो । उनीहरुमध्ये २७० जना पुरुष र १८ जना महिला छन् । यो सँगै कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । अहिलेसम्म ६१ जिल्लामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । डा. देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८,..
लकडाउन खुकुलो बनाइँदैः निजी सवारी चल्न दिने मोडालिटी बनाउदै सरकार
१९ जेष्ठ, काठमाण्डौँ । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेष्ठसम्म लकडाउन जारी राख्ने निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ, जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ । सरकारी उच्च स्रोतका अनुसार अब निजी सवारी साधन चल्न दिइने छ । त्यसका लागि निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत गर्न पाउने जनाईएको छ । दुई..
अधिराजकुमारी श्रुतीसँग सम्झनाका चार पलः ‘चितामा जल्न रुझ्दै कुर्नुपरेको मरण’
१९ जेष्ठ, काठमाण्डौँ । हामी जेष्ठ १५ लाई गणतन्त्र दिवसका रूपमा मनाउँछौं । वैधानिक रूपमा २०६५ जेष्ठ १५ गते नेपालमा गणतन्त्र स्थापनाको घोषणा गरिएको थियो । तर, भावनात्मक रूपमा मेरो लागि २०५८ जेठ १९ को रात नै राजतन्त्र सक्किएको थियो । त्यो कालरात्रि हामी नेपालीहरूका लागि सधैं दुर्भाग्यपूर्ण र दुःखद स्मरण भएर रहेको छ, रहने छ । त्यस बेला दिवंगत हुनेमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार..
असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान
१८ जेष्ठ, काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पठनपाठन सुचारु गर्न आव्हान गर्नुभएको हो । शिक्षा मन्त्रालयबाट हालै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरिएको उल्लेख गर्दै सो बमोजिम कार्यान्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सम्वद्ध सबै निकाय तथा सरोकारवालाहरुलाई आव्हान गर्नुभएको छ..
कोरोना संक्रमित दुई वर्षिया बालिकाको मृत्यु, संक्रमितको संख्या १५६७ पुग्यो
१८ जेष्ठ, काठमाण्डौँ । कोरोना भाइरसको संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ । बाजुराकी दुई वर्षिया बालिकाको आज बिहान २ः३० बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित बिफ्रिङमार्फत जानकारी दिनुभएको छ । बालिकाको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । संक्रमित बालिकालाई ज्वरो, श्वासप्रस्वासको समस्या र पखला देखिएपछि बाजुरा अस्पतालमा १५ गते भर्ना गरिएको थियो । उनको बाजुरा जल्ला अस्पतालको..
नेपालमा संविधान संशोधन विधेयक पेस भएपछि भारतीय मिडियामा हल्लीखल्ली
१८ जेष्ठ, काठमाण्डौँ । सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरेलगत्तै भारतीय मिडियामा हल्लीखल्ली सुरु छ । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेर हालै जारी भएको नेपालको संशोधित नक्सालाई संविधानमा समेट्नका लागि सरकारले संविधान संशोधन विधेयक आज प्रतिनिधिसभामा पेस गरेको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) समावेश गर्न सो विधेयक पेश भएको हो । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन)..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७