३२ जेष्ठ, सुनसरी । सुनसरीको इनरुवामा विहान ५ बजे देखी सुरुभएको आगलागी करिब ६ घण्टाको पछि नियन्त्रणमा आएको छ ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापाका अनुसार आगलागी अहिले नियन्त्रणमा आएको छ । तर, भवनभित्र अझै धुँवा आइरहेकोले दमकलसहित सुरक्षाकर्मीहरु आगलागीस्थलमा नै रहेको पनि उहाँले बताउनुभयो ।
उनका अनुसार २ वटा घर आगलागीबाट क्षति पुगेको छ । तर, क्षतिको पुर्ण विवरण आउन भने समय लाग्ने एसपी थापाले बताए । हनुमान बस्त्रालयको तल्लो तलामा रहेको सामानहरु क्षति पुगेको छ भने माथिल्लो तलाको कपडाहरु सुरक्षित सारिएको एसपी थापाले बताए । अर्काे घरको रंगको पसलका सामानहरु पनि ५० प्रतिशत जति क्षति पुगेको एसपी थापाले बताउनुभयो ।
एसपी थापाका अनुसार आगलागी भएको दुवै घर हनुमान अटल परिवारको हो ।
आगलागीको कारण पनि अझै खुल्न बाँकी छ । ‘अहिलेसम्म आगो नियन्त्रणमा केन्द्रीत भयौं, अब के कारणले भएको हो, कति क्षति भएको छ भनेर त्यता ध्यान दिन्छौं ।’ उहाँले भन्नुभयो ।