३१ जेष्ठ, काठमाण्डौँ । आज एमसिसीबारे छलफल नेकपा सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज अपरान्ह ४ बजे बैठक बस्ने तय भएको नेकपाका एक नेताले बताए । आजको बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ ।
नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहनुभएको छ ।
कार्यदलले एमसिसी परिमार्जन गरेर मात्रै पारित गर्न सुझाव दिएको थियो।
परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राख्नुभएको थियो ।
स्रोतका अनुसार आजको सचिवालय बैठकमा अर्थमन्त्री युवराज खतिवडालाई पनि बोलाइएको छ ।