मुख्य समाचार
चौतर्फी आलोचना भएपछि आरडिटी परीक्षण रोक्ने तयारीमा सरकार
३० जेष्ठ, काठमाण्डौँ । चौतर्फी आलोचना भएपछि सरकारले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र आरडिटी माध्यमबाट परिक्षण गरिने तयारी रहेको छ । प्रवक्ता गौतमले भन्नुभयो,–‘दुई हप्ता बढी समय क्वारेन्टिनमा बस्नुभएकाहरूको पिसिआर गर्नुपर्दैन । त्यो बेलासम्म शरीरमा एन्टिबडी बनिसकेको हुन्छ र त्यसपछि उहाँहरू संक्रमण अरूमा सर्ने संम्भावना पनि हुँदैन ।’ क्वारेन्टिनमा १४ दिन..
लकडाउन खुकुलो बनाउने सरकारको निर्णयः कार्यालय दुई सिफ्टमा सञ्चालन हुने
२९ जेष्ठ, काठमाण्डौँ । सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आजको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अर्थ तथा सञ्चारमन्त्री समेत रहनुभएका मन्त्री खतिवडाले पत्रकार सम्मेलनमा स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिनुभयो । जसअनुसार निजी क्लिनिक समेत सञ्चालन हुनेछन् । यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री..
आज थप २५० जना कोरोना संक्रमित थपिए, कुल संख्या ४६१४ पुग्यो
२९ जेष्ठ, काठमाण्डौँ । आज कोरोना भाइरसका थप २ सय ५० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमित ४ हजार ६ सय १४ पुगेको बताउनुभएको छ । जसमध्ये ३२९ महिला र ४२८५ पुरुष छन् । यस्तै बितेको २४ घण्टामा १८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १७९ पुरुष रहेका..
लकडाउन खुलेको एक महिनासम्म कर बुझाउने व्यवस्था मिलाउन सर्वाेच्चको अन्तरिम आदेश
२९ जेष्ठ, काठमाण्डौँ । सरकारले कर तिर्न भन्दै जारी गरेको मितिलाई कार्यंन्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । नेपाल सरकारले करदातालाई दिएको असार १५ गतेसम्मको म्याद सूचना कार्यान्वयन नगर्न र यो म्याद लकडाउन खुलेपछिसम्मलाई सार्न अन्तरिम आदेश दिएको हो । अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार सर्वाेच्च अदालतका न्यायाधीश अनिल सिन्हा र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वाेच्चको आदेशमा भनिएको..
सरकारको विरुद्धमा राजधानीमा प्रदर्शन, प्रहरीद्धारा पानीको फोहोरा, अश्रुग्यास र लाठी चार्ज
२९ जेष्ठ, काठमाण्डौँ । सरकारको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठी चार्ज गरेको छ । विरोधमा उत्रिएकाहरुलाई प्रहरीले धरपकड गरेको थियो । उनीहरुमाथि पानीको फोहोरा प्रहार गरिएको थियो । प्रदर्शनकारीहरुले सरकारले दश अर्ब पैसा के मा खर्च गर्यो ? कर केका लागि ? जस्ता प्रश्न गरेका थिए । उनीहरुले बोकेका प्लेकार्डमा हरेक चीजमा भ्रष्टाचार, हाम्रो नेपाल हाम्रो शान, हरेक चीजमा अनुदान, शक्तिमा भएका मानिहरुभन्दा मानिसको शक्ति बलियो,..
पसल खोल्न दिने र निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय
२९ जेष्ठ, काठमाण्डौँ । सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । एक मन्त्रीकाका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ ।..
यसवर्ष एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनको आधारमा प्रमाणपत्र दिईने
२९ जेष्ठ, काठमाण्डौँ । सरकारले कोरोनाभाइरस कारण सिर्जित परिस्थितिका कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नगर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्नेसहितको प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थियो । सो प्रस्ताव स्वीकृत भएको ती मन्त्रीको भनाइ छ ।..
आज थप २७९ जनामा कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४३६४ पुग्यो
२८ जेष्ठ, काठमाण्डौँ । आज थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गराएको अपडेटअनुसार थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको हो । थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिनुभयो । मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएको..
सरकार शक्ति केन्द्रित गर्ने मनसायमा छैनः प्रधानमन्त्री ओली
२८ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकारलाई शक्ति केन्द्रित गर्ने कुनै ख्वाब नभएको स्पष्ट पार्नुभएको छ । आज संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले भने,‘अहिलेको सरकारलाई शक्तिकेन्द्रित गर्ने कुनै ख्वाब छैन् । शक्ति कायम राख्ने यसको उद्देश्य होईन् । यसको उद्देश्य त बरु विभिन्न निकायको, अंगहरुको प्रभावकारिताको अभिवृद्धि हो । ती निकायहरुको प्रभावकारि परिचालनको विषय हो । त्यसबाट देशमा सुशासन..
४० यात्रु बोकेको ट्रिपर कर्णालीमा खस्यो, २ जनाको शव फेला, ६ जनाको उद्धार अन्य बेपत्ता
२८ जेष्ठ, काठमाण्डौँ । कालीकोटका करिब ४० यात्रु बोकेको ट्रिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो । कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको ट्रिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । प्रजिअ गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । ‘घटनामा २ जनाको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७