मुख्य समाचार
अर्थमन्त्री खतिवडाद्धारा आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत हुदैँ (लाईभ हेर्नुहोस्)
१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा सदनमा आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत भईरहेको छ । लाईभ हेर्नुहोस्ः https://www.youtube.com/watch?v=2VOLcuBE34c
एक हजार नाघे कोरोना संक्रमित, थप १५६ जनामा संक्रमण पुष्टि
१५ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । संक्रमितको ९ सय ४० जना पुरुष र एक सय २ जना महिला छन् । डा. देवकोटाअनुसार अहिलेसम्म कोरोना संक्रमितहरु..
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देशः इतिहासको गतिलाई पछाडि फर्काउन कसैले सक्दैन (पूर्णपाठ)
१५ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको इतिहासको गतिलाई पछाडि फर्काउन अव कसैले पनि नसक्ने बताएउनुभएको छ । १२ औं गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने प्रणाली विकासका क्रममा सानातिना कमीहरु देखा पर्नुलाई स्वभाविक भन्नुभएको छ । गणतन्त्र घोषणापछि अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेको भन्दै उहाँले गणतन्त्र..
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त, दुई सय ३३ कैदीको सजाय मिनाहा
१५ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम..
संविधान संशोधनमा विलम्बः समय माग्ने सरकार कि कांग्रेस ?
१४ जेष्ठ, झापा । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटे सँगै संविधान संशोधनमा केही विलम्ब हुने भएको छ । गत शुक्रबार सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । त्यसपछि नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ संसद बैठकमा पेस गर्ने सम्भावित कार्यसूची जारी गरिएको थियो । बुधबारको बैठकका सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेस गर्न कानुन,..
आजमात्रै थपिए एक सय १४ जना कोरोना संक्रमित, एक सय ८३ जनाले कोरोना जिते
१४ जेष्ठ, झापा । नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । आजमात्रै थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार(आज) रौतहटमा ३५, बाग्लुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रूकुमपूर्वमा ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन् ।..
सरकारले वितरण गर्यो दुई खर्ब ४३ अर्ब कृषि कर्जा, बजेटमा कस्ता कार्यक्रम आउलान् ?
१४ जेष्ठ, काठमाडौँ । अर्थ मन्त्रालयले मंगलबार जारी गरेको आर्थिक सर्वेक्षणमा कृषि कर्जा लिने किसानको संख्यामा वृद्धि भएको जनाइएको छ । किसानले पाउने कृषि कर्जामा वृद्धि भएका कारण उत्पादनमा वृद्धि आएको मन्त्रालयको दावी छ । किसानले कर्जा लिनुलाई सरकारले प्रगतिको रुपमा हेरेको छ । किसानले कर्जा लिएका कारण उत्पादनमा वृद्धि भएको भनिए पनि किसानलाई त्यसले कति आर्थिक भार पारेको छ र किसानले आफ्नो उत्पादनबाट त्यो ऋण चुक्ता गर्न सकेका छन्..
सवै दलका नेताहरुको एक मतः सिमा विवाद अल्झाइरहनु दुवै देशका लागि हितकर हुँदैन
१३ जेष्ठ, काठमाण्डौँ । नेपाल र भारतबीचको सम्बन्ध सीमा विवादका कारण यतिबेला चिसिएको छ । गत नोभेम्बर २ मा भारतले नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समेटेपछि चर्किएको विवाद हालै उक्त भूभाग हुँदै निर्माण भएको सडक उद्घाटन भएपछि थप उत्कर्षमा पुगेको हो । नेपालले सन् २०१७ मा भारत र चीनबीच उक्त भूभाग हुँदै आपसमा जोडिने व्यापारिक मार्ग निर्माणमा सहमति भएलगत्तै आपत्ति जनाएको थियो । नेपालले भारत र..
प्रधानमन्त्री ओलीद्धारा राष्ट्रका नाममा सम्बोधन, हेर्नुहोस सम्बोधनको पूर्णपाठ
१२ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताउनुभएको छ । सोमबार(आज) अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताउनुभएको हो । ‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्छ,’ उहाँले भन्नुभयो, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ । निश्चिन्त रहन म आग्रह गर्छु ।’ भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट कोरोना महामारी फैलन मद्दत पुगेको पनि उहाँले बताउनुभयो..
फेरी थपिए ६ जना कोरोना संक्रमित, चौंथो कोरोना संक्रमितको मृत्यु पुष्टि
१२ जेष्ठ, काठमाण्डौँ । आज थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया–१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरूष, काठमाडौं– १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ । यसअघि आज बिहानै काठमाडौंका तीनसहित..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७