पर्वतको कुस्मामा पहिरोः आठ जनाको शव फेला, एक जना अझै वेपत्ता

पर्वतको कुस्मामा पहिरोः आठ जनाको शव फेला, एक जना अझै वेपत्ता

३२ जेष्ठ, पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालवारीमा गएको पहिरोमा परेर पुरिएका ८ जनाको शव फेला परेको छ । एक जना भने अझै बेपत्ता छन् ।

हिजो साँझ ८ बजे भीषण वर्षासँगै आएको पहिरोले ढकालवारी गाउँका दुई घरका ९ जना पुरिएका थिए ।

अहिलेसम्म ५८ वर्षिय तुलवहादुर थापा, ५७ वर्षिय मीनाकुमारी थापा, ३४ वर्षिय दिर्पा थापा, १४ वर्षिय विवेक थापा, ४ वर्षिय विविसा थापा र ११ वर्षिय सम्राट थापाको शव फेला परेको छ । त्यस्तै ३० वर्षिय कमला विक र कमलाका छोरी ८ वर्षिय जेनिसा विकको पनि शव भेटिएको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएका कमला विकका १२ वर्षिय छोरा जेनिस विकको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

पहिरोमा बेपत्ता भएका तीन जनाको हिजो बेलुका नै शव फेला परेको थियो भने विहानबाट खोजी गर्दै जाँदा अहिलेसम्म थप पाँच जनाको शव फेला पारिएको रेग्मीले बताउनुभयो ।

वेपत्ताको खोजीमा जिल्ला प्रहरी कार्यालय, ससस्त्र प्रहरी गण, नेपाली सेना सहित स्थानीय जुटिरहेको छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270