राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आईपुगेका छौंः प्रचण्ड

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आईपुगेका छौंः प्रचण्ड


३१ जेष्ठ, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आईपुगेको भन्दै गर्व महशुस गर्नुभएको छ ।

प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई धन्यवादसमेत दिनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं, गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं । राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ । ऐतिहासिक गौरव सदनलाई प्राप्त हुँदैछ ।’

कालापानी, सुस्ता क्षेत्र विवादमा छ भन्ने कुरा भारत सरकारले बारम्बार स्वीकार गरेको उहाँले स्मरण गराृनुभयो । गत नोभेम्बरमा भारतले आफ्नो नयाँ नक्सा प्रकाशित गरेको सन्दर्भ कोट्याउँदै उहाँले भन्नुभयो, ‘कश्मीर मुद्दामा लामो समयदेखि रहेको आफ्नो आन्तरिक समस्या समाधान गर्ने उपायका रुपमा नयाँ नक्सा प्रकाशित गरेको थियो, भारतको चाहना नेपाललाई जिस्क्याउनु थिएन होला ।’

भारतले आफ्नो ढंगले नयाँ नक्सा प्रकाशित गर्नु र विवाद छ भनेको भूमिलाई आफ्नो नक्सामा प्रकाशित गर्नु प्रकारान्तरले हामी सबैलाई झक्झक्याएको उहाँको भनाइ थियो ।

वार्ताका लागि नेपालले भारतलाई प्रस्ताव गरेको तर त्यसका निम्ति तत्परता देखाउनुभन्दा भारत सरकारकै एक मन्त्रीले त्यही भूभाग हुँदै बनाइएको बाटो लकडाउनकै उद्घाटन गर्नुले हामी सबैलाई उद्वेलित बनाएको उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर