मुख्य समाचार

संसदको आजको बैठक सम्पन्न, अर्को बैठक आईबार विहान ११ बजे बस्ने
२६ वैशाख, काठमाण्डौँ । विशेष स्वास्थ्य शुरक्षाको व्यवस्था सहित सुरु भएको बजेट अधिवेशनको आजको बैठक सम्पन्न भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक केही बेर अघि सम्पन्न भएको हो दुवै सदनको बैठक कक्षमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा अपनाइएको थिईयो । अर्को बैठक पर्सी आईबार विहान ११ बजे बस्ने बताईको छ भिडियो हेर्नुहोस्, https://www.youtube.com/watch?v=hitRXm82e3A

बजेट अधिवेशन आजदेखि शुरु हुँदै, विशेष स्वास्थ्य–सुरक्षा
२६ वैशाख, काठमाण्डौँ । सङ्घीय संसद्को छैटौँ बजेट अधिवेशन आजदेखि शुरु हुँदै छ । कोरोनाभाइरस संक्रमणपछि जारी लकडाउनकै बीच संघीय संसदको बजेट अधिवेशन अपरान्ह चार बजे शुरु हुने जनाईएको छ । अधिवेशनका लागि विशेष स्वास्थ्य–सुरक्षा व्यवस्था अपनाइएको छ । संसद सचिवालयका पदाधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पूरा गरेर अधिवेशन सुरु गर्न लागेको बताएका छन् । उनीहरुले कोरोनाको सम्भावित जोखिम र चुनौतिका कारण सांसद, कर्मचारी र मर्यादापालकको पीसीआर..

नेकपाको सचिवालय बैठक सम्पन्न, नेताहरुबीच चर्काचर्की, स्थायी कमिटी बैठक अनिश्चित
२४ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । भोलिबाट सुरु हुने स्थायी कमिटीको बैठकको एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की परेको थियो । सचिवालय बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका थिए । बीचमा उहाँ बैठक नै छोडेर बाहिरिनुभएके थियो । ओलीलाई निकै बेरसम्म नेताहरुले बैठक कक्षमा कुरेका थिए । स्रोतकाअनुसार अध्यक्ष..

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९९ पुग्यो
२४ वैशाख, काठमाण्डौँ । नेपालमा आज एकैदिनमा १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमितहरु सबै बीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । १७ जनामध्ये १० पुरुष र ७ जना महिला रहेका छन् ।..

लकडाउन जेष्ठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय
२४ वैशाख, काठमाडौँ । सरकारले लकडाउनलाई जेष्ठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाख मध्यराती १२ बजे सकिदैछ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैज्ञ ११ गतेदेखि लकडाउन गरेको थियो । लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ । लकडाउनकै बीच..

नेकपा सचिवालयको बैठक बस्दै, नेताहरु आ–आफ्नै गृह कार्यमा
२४ वैशाख, काठमाडौँ । बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज तीन बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको उक्त बैठकले स्थायी समितिका एजेण्डामाथी छलफल गर्ने जनाइएको छ । त्यसो त स्थाई समितीको बैठक बस्नु तिन दिन अधि (आईतबार) देखि नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतालाई छुट्टा छुट्टै भेट गर्नुभएको छ ।..

लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका अविस्मरणीयः प्रधानमन्त्री ओली
२४ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्दै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले लकडाउनको कठिन परिस्थितिमा पत्रकार एवं सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति सम्मान..

एक व्यक्ति, एक पद मानेर जान प्रधानमन्त्री ओलीलाई नेता खनालको सुझाव
२३ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थायी कमिटीको बैठकमा उत्पन्न हुने विरोधका स्वरलाई निस्तेज पार्ने कसरत तीव्र पार्नुभएको छ । पार्टीका बहुमत स्थायी कमिटी सदस्यको दबाबमा बस्न थालेको बैठकमा आफ्नो तीव्र आलोचना हुने र राजीनामाका लागि समेत दबाब आउन सक्ने आँकलन गर्दै ओलीले विरोधलाई मथ्थर पार्ने प्रयास गरिरहनुभएको हो । स्थायी कमिटीमा राजीनामा मागेर अप्ठेरो पार्नुअघि नै शीर्ष तहमा समझदारी..

कसैले भन्दैमा मुख्यमन्त्री पद साटासाटा हुँदैनः मुख्यमन्त्री शेरधन राई
२३ वैशाख, काठमाण्डौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको स्पष्ट पर्नुभएको छ । त्यस्तै, तत्काल पार्टीमा एक व्यक्ति, एक पद पनि लागु नहुने जिकिर गर्नुभएको छ । प्रधानमन्त्री ओलीको हकमा त झनै त्यो कुरा लागु नहुने उहाँले दावि गर्नुभयो । पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो । ‘प्रधानमन्त्री ओलीको हकमा एक व्यक्ति एक पद लागु हुँदैन । कसैले पनि केही..

बालुवाटारमा प्रचण्ड र नेपालपछि खनालसँग प्रधानमन्त्री ओलीको छलफल
२३ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग पालैपालो भेटवार्ता र छलफल गर्नुभएको छ । स्थायी समिति बैठकको पूर्व सन्ध्यामा ओलीले आजमात्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता र छलफल गर्नुभएको हो । आज बिहान प्रचण्ड र नेपालसँग भेटवार्ता गर्नुभएका ओलीले लगत्तै अर्का नेता खनालसँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।..