मुख्य समाचार
बाबुरामको प्रस्ताव– विश्वकर्मा लेखौं, कामी लेखौं, हामी सबैले थर बदलौं
१८ जेष्ठ, काठमाण्डौँ । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गर्नुभएको छ । प्रतिनिधि सभामा आज भएको बजेटमाथिको छलफलका क्रममा उहाँले वर्णाश्रम व्यवस्था परिवर्तन गरेर श्रमको संस्कार निर्माण गर्नुपर्ने बताउनुभयो । ‘अनि जो श्रम गर्ने हो सीप भएको हो । त्यसलाई दलित भनेर हेपेपछि विकास हुन्छ ?’ भट्टराईले भन्नुभयो, ‘दलित शब्द प्रयोग नगरौं अरू शब्द प्रयोग गरौं भन्नुहुन्थ्यो साथीहरूले मेरो त एउटा प्रस्ताव छ – तपाईं..
प्रतिनिधिसभाको बैठक सुरु, संविधान संशोधन प्रस्ताव पेश (भिडिओ सहित)
१८ जेष्ठ, काठमाण्डौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधन प्रस्ताव बैठकमा पेस गर्नुभएको छ । https://www.youtube.com/watch?v=lFmNRTLwmAo
सिमा विवादबारे वार्ता गर्न भारत तयार, नेपालको विरोध नगर्न भारतीय मिडियालाई मोदीको आग्रह
१८ जेष्ठ, काठमाण्डौँ । भारत नेपालसँगको सिमा विवाद समाधान गर्नको लागि वार्ता गर्न तत्पर भएको छ । नेपालले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउनेगरि आजै संविधान संशोधन प्रस्ताव दर्ता गरिसकेको छ । आजको बैठकमा नै उक्त प्रस्ताव कार्यसुचिको रुपमा प्रस्तुत हुँदैछ । उता, भारतले भने नेपालसँगको सिमा विवाद आपसी छलफल, वार्ता र कुटनीतिक पहलमार्फत समाधान गर्ने तयारीलाई तिव्रता दिएको स्रोतले जनाएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र..
संविधान संशोधन विधेयक आज संसद्मा पेस हुने
१८ जेष्ठ, काठमाण्डौँ । संविधानमा नेपालको नयाँ नक्सासहितको निशान छाप समावेश गर्ने गरि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव आज संसद्मा पेस हुने भएको छ । संसद सचिवालयले आइतबारको सम्भावित कार्यसूचीमा संशोधन विधेयक पनि राखेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गर्ने कार्यसूची छ । यसअघि गत बुधबारको कार्यसूचीमा परे पनि सो प्रस्ताव हटेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिजो केन्द्रीय समिति बैठकबाट..
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न, संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने
१७ जेष्ठ, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँले उक्त निर्णय सामाजिक..
थप १८९ जनामा कोरोनाको संक्रमण, कुल संक्रमित संख्या १४ सय १ पुग्यो
१७ जेष्ठ, इलाम । आज थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी गराउनुभएको हो । यो सँगै कुल संक्रमितको संख्या १४ सय १ पुगेको छ । एक हजार दुई सय ८८ जना पुरुष र एक सय १३ जना महिला छन् । देवकोटाअनुसार हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २१९ पुगेको छ । जसमध्ये १७२ जना पुरुष..
बजेटमा एमसीसी समावेश गरिएपछि नेकपामा विवाद सुरु
१७ जेष्ठ, काठमाण्डौँ । सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) घुसाइएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बढेको छ । ९ सदस्सीय नेकपाभित्र बहुमत सदस्य एमसीसीको विपक्षमा रहेका छन् । पार्टीभित्रै विवादित बनेको एमसीसीबारे कुनै छलफल नगरी बजेटमा समावेश गरेको भन्दै एमसीसीको विपक्षमा रहेका सचिवालय सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । एमसीसी मुलुकको हितमा नरहेको र कुनैपनि बाहनामा त्यसलाई..
बजेट पुर्णत श्रमिक केन्द्रित रहेको अर्थमन्त्रीको भनाई, १६६ नम्बर बुँदामा बहस सुरु
१६ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पुर्णत श्रमिक केन्द्रित रहेको प्रष्ट पार्नुभएको छ । आर्थिक बर्ष २०७७/७८ को बजेटबारे जानकारी दिन आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो जानकारी दिनुभएको हो । ‘यो बजेट पूर्णत श्रमिक केन्द्रित छ, यतिधेरै श्रमिक लक्षित यो इतिहासकै पहिलो बजेट हो,’ पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले रोजगारी सिर्जना गरी श्रमिकको हितमा काम गर्नमै बजेट केन्द्रित रहेको बताउनुभयो ।..
संसद सचिवालयमा दर्ता भएन महन्थ ठाकुरको संविधान संशोधन विधेयक
१६ जेष्ठ, काठमाण्डौँ । संघीय संसद सचिवालयले जनता समाजवादी पार्टी, नेपालको संविधान संशोधनसम्बन्धी छुट्टै प्रस्ताव दर्ता गर्न अस्विकार गरेको छ । संसद महासचिव डा. भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेर मात्रै प्रस्ताव दर्ता गर्ने वा नगर्ने भन्नेबारे निश्कर्षमा पुग्ने भएकोले आज दर्ता गर्न असमर्र्थ रहको जनाएका थिए । महासचिव गौतमले आफूहरुलाई आउने आईतबार बोलाएका जसपाका नेता केशब झाले जानकारी दिनुभयो । संविधान संशोधनसम्बन्धी छुट्टै प्रस्ताव लिएर जसपाका नेताहरु आज..
झापामा फेरी थपिए २८ जना कोरोना संक्रमित, रौतहटमा पनि ५६ संक्रमित फेला
१६ जेष्ठ, काठमाण्डौँ । शुक्रबार(आज) झापाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोा संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोशीमा परीक्षण गर्दा २७ जनाको पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएकाहरु झापाको दक्षिण कचनकवल गाउँपालिकाका हुन । विपी कोइराला..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७