पसल खोल्न दिने र निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय

२९ जेष्ठ, काठमाण्डौँ । सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । एक मन्त्रीकाका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ ।..

यसवर्ष एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनको आधारमा प्रमाणपत्र दिईने

२९ जेष्ठ, काठमाण्डौँ । सरकारले कोरोनाभाइरस कारण सिर्जित परिस्थितिका कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नगर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्नेसहितको प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थियो । सो प्रस्ताव स्वीकृत भएको ती मन्त्रीको भनाइ छ ।..

आज थप २७९ जनामा कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४३६४ पुग्यो

२८ जेष्ठ, काठमाण्डौँ । आज थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गराएको अपडेटअनुसार थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको हो । थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिनुभयो । मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएको..

सरकार शक्ति केन्द्रित गर्ने मनसायमा छैनः प्रधानमन्त्री ओली

२८ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकारलाई शक्ति केन्द्रित गर्ने कुनै ख्वाब नभएको स्पष्ट पार्नुभएको छ । आज संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले भने,‘अहिलेको सरकारलाई शक्तिकेन्द्रित गर्ने कुनै ख्वाब छैन् । शक्ति कायम राख्ने यसको उद्देश्य होईन् । यसको उद्देश्य त बरु विभिन्न निकायको, अंगहरुको प्रभावकारिताको अभिवृद्धि हो । ती निकायहरुको प्रभावकारि परिचालनको विषय हो । त्यसबाट देशमा सुशासन..

४० यात्रु बोकेको ट्रिपर कर्णालीमा खस्यो, २ जनाको शव फेला, ६ जनाको उद्धार अन्य बेपत्ता

२८ जेष्ठ, काठमाण्डौँ । कालीकोटका करिब ४० यात्रु बोकेको ट्रिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो । कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको ट्रिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । प्रजिअ गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । ‘घटनामा २ जनाको..

संसदमा प्रधानमन्त्रीको सम्बोधन सुरु (लाईभ भिडियो)

२८ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा सम्बोधन सुरु भएको छ । सांसदहरुले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयमाथी उठाएका प्रश्नकहरुको उहाँले जवाफ दिनुहुने छ । लाईभ हेर्नुहोस्ः https://www.youtube.com/watch?v=_WOmtbu_KG8

सरिता गिरीलाई संसद पदबाट हटाउन युवा संघको एक हप्ताको अल्टिमेटम

२८ जेष्ठ, काठमाण्डौँ । संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत विपरित अभिव्यक्ति दिएको भन्दै नेकपा सम्वद्ध राष्ट्रिय युवा संघ नेपालले आपत्ती जनाएको छ । गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई संघलेसमेत गरेको छ । त्यसै गरी यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।..

संविधान संशोधनमा सबै दलको समर्थन, सरकारलाई भूमि फिर्ता ल्याउने तयारी थाल्न आग्रह

२७ जेष्ठ, काठमाण्डौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्नका लागि संसदमा पुगेको नेपालको संविधान संशोधन प्रस्तावमा संघीय संसदमा सबै दलले समर्थन जनाएका छन् । उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा बोल्दै सत्तारुढ नेकपाका साथै..

संविधान संशोधन विद्येयकमाथी छलफल जारी, संशोधनको पक्षमा सांसदहरु (लाईभ भिडियो सहित)

२७ जेष्ठ, काठमाण्डौँ । संविधान संशोधन विधेयकमाथि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा छलफल सुरू भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । संशोधन प्रस्ताव पेस भएलगत्तै सभामुख अग्नि सापकोटाले आजको बैठकमा छलफल अघि बढाउनुभएको हो । अहिले सांसद्हरुले विधेयकमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । यसमा सम्पुर्ण दलका नेताहरुले एक भएर संविधान..

आज थप ३२३ जना कोरोना संक्रमित थपिए, निको हुँनेको संख्या ५८४ पुग्यो

२७ जेष्ठ, काठमाण्डौँ । थप तीन सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गरेको अपेडट अनुसार थप तीन सय २३ जना नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् । आज थपिएका नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले..