कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो, मृत्यु हुनेको संख्या १८

कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो, मृत्यु हुनेको संख्या १८

३१ जेष्ठ, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै पर्सा र बर्दियामा ६/६ जना, झापा र रुपन्देहीमा ५/५ जना, मोरङ र पर्वतमा ४/४ जना, दाङ र गुल्मीमा २/२ जना, महोत्तरी, बारा, नवलपरासी १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा ३६ जना संक्रमित निको भएको र योसँगै कुल निको हुनेको संख्या ९१३ पुगेको पुगेको छ ।

यस्तै कोरोनासंक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।

पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर