संविधान संशोधन विधेयक आज पारित हुँदै, सांसद गिरीले प्रस्ताव फिर्ता लिन्छिन् त !

संविधान संशोधन विधेयक आज पारित हुँदै, सांसद गिरीले प्रस्ताव फिर्ता लिन्छिन् त !


३१ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।

संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ । विधेयकमा सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।

तर जसपाकी सांसद् सांसद सरिता गिरीले संविधान संसोधन विधेयकको खारेजीको माग गर्दे संसद्मा विधेयक खारेजीको प्रस्ताव गर्नुभएको छ । तर जसपाले भने संविधान संसोधनको पक्षमा मदतान गर्ने निर्णय नै गरिसकेको छ । सांसद गिरीको विषयमा निर्णय लिन जसपा संसदीय दलको बैठकले केही समय पछि बस्ने जनाईएको छ ।

समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि गिरीले मानेकी छैनन् । यसअघि समाजवादी जनता पार्टीले संशोधन फिर्ता नलिए गिरीलाई कारवाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेको थियो ।

जसपाका प्रभावशाली नेता महेन्द्रराय यादवले भने सांसद गिरीलाई आफ्नो प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिइसको र फिर्ता नलिए वा पार्टीको कुरा नमाने संसदीयलको कानून अनुसार कारवाही गरिने बताउनुभएको छ ।

गिरीको संशोधन सभामुखले अस्वीकृत गर्न सक्नेः

सांसद गिरीको प्रस्तावलाई भौगोलिक अखण्डता विपरीत र विधेयकको मूल मर्मविपरीत दर्ता भएको भन्दै सभामुखले अस्वीकृत गर्न सक्ने छन् । यो विषयमा छलफल भएको, तर निर्णय भइनसकेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को दफा ११२ कम कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने’ र ‘अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ । यहि दफा बमोजिम संविधान संशोधनलाई नै खारेज गर्नुपर्ने गिरीको प्रस्ताव अस्विकृत गर्न सक्नेछन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर