एक सय ५७ बर्ष पछि नेपाली चियाको आफ्नै ‘लोगो’

एक सय ५७ बर्ष पछि नेपाली चियाको आफ्नै ‘लोगो’


७ असोज, इलाम । कृषि तथा पशुपंक्षी बिकास मन्त्री घनश्याम भुसालले चियाको आफ्नो लोगो (टेड्रमार्क) कार्यान्वयसंगै नेपालको कृषि क्षेत्रमा समृद्धिको ढोका खुलेको बताउनुभएको छ ।

नेपाल सरकारले जारी गरेको चियाको लोगो बितरण गर्दै मन्त्री भूषालले बिभिन्न समस्याका बीच नेपालमै पहिलो पटक नेपाली चियाको लोगो कार्यान्यवयमा आए पछि कृषि क्षेत्रमा समृद्धिको ढोका खुलेको बताउनुभएको हो ।

नेपाली चिया रोपणको एक सय ५७ बर्ष पछि राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको आयोजनामा इलामको सूर्याेदय नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा बिभिन्न उद्योगहरुलाई लोगो बितरण गरिएको हो ।

नेपाली अर्थाेडक्स चिया टेडमार्क कार्यान्वयन अन्र्तगत पूर्वका १२ वटा अर्थाेडक्स चिया उद्योग तथा सहकारीलाई टेडमार्क बितरण गरिएको हो । हिजो इलामको फिक्कलमा आयोजित एक कार्यक्रममा सो लागो बितरण गरिएको हो । यसरी लोगो पाउनेहरुमा सन्दकपुर टि प्रोसेसर प्रा.लि इलाम, हिमालयन सांग्रिला टि प्रोडुसर्स प्रा.लि इलाम, जस्विरे टि प्रशोधन उद्योग इलाम र गोर्खा टि स्टेट प्रा.लि. इलाम रहेका छन् ।

त्यसैगरी नेपाल ग्रीन टि एण्ड स्पेसियालिटि कारखाना, ओएसीस टि एण्ड इन्डस्ट्रिज , तारा गाउँ टि स्टेट, साखेजुङ हिल रेज चिया प्रसोधन उद्योग, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, सगरमाथा टि स्टेट प्रा.लि., बोक्रेडाडा अर्गानिक अर्थाेडक्स चिया उद्योग र हिंहदेबी चिया उत्पादक सहकारी संथाले सञ्चालन गरेको चिया कारखानाले पनि लोगो पाएका छन् ।

लोगो हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले चियाको लोगो कार्यान्वयनमा आए संगै चिया सहित अन्य कृषिजन्य बस्तुको अन्तराष्ट्रिय बजारीकरणमा ढोका खुलेको बताउनुभयो । चियाको लोगो पाउनु चिया किसान उद्योगी मात्र नभएर देशकै समृद्धि हुने पनि उहााले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश–१ का भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरले जैविक कृषि उत्पादनमा लाग्न जोड दिनुभयो । उहाँले लोगो पाउदाको खुसी सधै कार्यान्वयन गर्न किसान, उद्योगी र सरकार समेत सचेत बन्नु पर्ने बताउनुभयो ।

सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले लोगो कार्यान्वयनमा आए पनि केहि असमतिका बुदा कार्यान्वयन गरेर जानु पर्ने बताउनुभयो । कार्यक्रममा इलामका चिया उद्योगी उदय चापागाईँले लोगो कार्यान्वयनको लागि निकै मिहेनत गरेको बताउदै नेपालको चियालाई अन्तरराष्ट्रिय बजारमा पुर्याउन सहज भएको बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर