मुख्य समाचार
संविधान दिवसको अवसरमा डा. सन्दुक रुइत सहित ५९४ जनालाई विभूषण
३ असोज, काठमाण्डौँ । पाँचौ संविधान दिवसका अवसरमा सरकारले पाँच सय ९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई तक्मा दिने निर्णय गर्नुभएको हो । गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै राष्ट्रपतिबाट संविधान दिवसका दिन मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनेहरुको नाम सार्वजनिक गरेको हो । गृहका अनुसार सबैभन्दा पहिलो नम्बरमा सुप्रसिद्ध प्रबल जनसेवा..
संविधान दिवसको अवसरमा राष्ट्रप्रमुखहरुद्वारा शुभकामना
३ असोज, काठमाण्डौँ । आज असोज ३ गते संविधान दिवस । राजनीतिक परिवर्तपछि दोस्रो संविधानसभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा आज विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिको आयोजानमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिहरु र विभिन्न राजनीतिक दलका नेता र..
आजको नेकपा सचिवालय बैठक स्थगित
२ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । आजका लागि तय भएको बैठक आइतबार बस्ने गरी स्थगित भएको हो । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि पहिलोपटक पेरिसडाँडामा बैठक बस्ने तय भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यकारी अधिकारसहित सञ्चालनको जिम्मेवारी पाएपछि पेरिसडाँडामा बैठक स्थल तय गर्नु अर्थपूर्ण मानिएको थियो ।
नेपालको आफ्नै रेल जनकपुर प्रस्थान गर्दै (फोटो हेर्नुहोस्)
२ असोज, जनकपुरधाम । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ । भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभएको छ । दुई वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । एक इन्जिन र चार वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताईएको..
संवैधानिक अङ्गको रिक्त पदमा कांग्रेस आसामुखी बन्दै !
१ असोज, काठमाण्डौँ । संवैधानिक अङ्गको रिक्त पदमा नियुक्तिको विषयलाई लिएर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच लामै छलफल भएको छ । छलफलमा नेकपा महासचिव विष्णु पौडेल र काँग्रेस नेता रमेश लेखकको समेत सहभागिता रहेको थियो । महत्वपूर्ण संवैधानिक अङ्ग सबै ठाउँमा काँग्रेसको भागमा दुई जना र तीन वटा निकायमा प्रमुखसहित दुई जना हुनुपर्ने बटम लाइन देउवाको छ ।..
वामदेव गौतमद्धारा राष्ट्रियसभा सदस्यको सपथ ग्रहण
१ असोज, काठमाण्डौँ । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले सपथ लिनुभएको छ । आज अपरान्ह साँढे चार बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई सिंहदरबारस्थित राष्ट्रियसभाको कार्यकक्षमा पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेलगत्तै गौतमले सपथ लिनुभए हो । राष्ट्रपति भण्डारीले गौतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गर्नुभएको हो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई..
बामदेव राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित, आजै सपथ खुवाईने
१ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिनुहुदैँछ । आज संसद भवन बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट गौतमले सपथ लिनुहुने तय भएको छ । गौतमलाई सोमबार सरकारले राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिश गर्ने निर्णय गरेको थियो । चार दिनपछि उहाँ मनोनित भएको पत्र राष्ट्रियसभामा पुगेपछि आज नै सपथ राखिएको छ ।
वामदेवको सिफारिस शीतलनिवास पुगेकै छैन
१ असोज, काठमाण्डौँ । राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनयनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने भनेपनि आज बिहानसम्म सरकारको सिफारिस राष्ट्रपति कार्यालय शीतलनिवास पुगिसकेको छैन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गर्ने निर्णय नै गरेको थियो । तर, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री प्रदीप ज्ञवालीले पनि सोबारे निर्णय सुनाउनुभएन । सोमबारको मन्त्रिपरिषद्ले निर्णय..
मन्त्रिपरिषद बैठकः मुख्यसचिव, राजदुत र कुलमान नियुक्तिको सम्भावना
१ असोज, काठमाण्डौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो १२ बजेका लागि बोलाइएको छ । आजको बैठकमा केही नियुक्ति हुने भएकाले महत्वपूर्ण हुने छ । आजको बैठकमा बेलायतलगायत केही देशका राजदुत नियुक्त गर्ने सम्भावना रहेको स्रातेको भनाई छ । बेलायतका लागि राजदुतमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई लगेर परराष्ट्रसचिव शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने तयारी छ । रेग्मी मुख्यसचिव कायमै रहेमा उहाँभन्दा अघि वैरागी सेवानिवृत्त हुनुहुने छ । त्यसैले रेग्मीले राजीनामा दिई उहाँको स्थानमा..
आजदेखी मध्यम तथा लामो दूरीको यातायात सञ्चालन सुरु
१ असोज, काठमाण्डौँ । आज बिहीबार देखि मध्यम र लामो दूरीको यातायात सञ्चालन भएका छन् । कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँगै चैत्र १० गतेदेखि अर्थात १ सय ७८ दिनको प्रतिबन्धपछि आजबाट प्रतिबन्ध फुकुवा भएसँगै सवारीसाधनको सञ्चालन सुरु भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएपछि मंगलबारदेखि नै यातायात व्यवसायी र मजदूरहरु सवारीसाधन सञ्चालनको तयारी सुरु गरेका थिए । यातायात सञ्चालन सुरु भएपछि बाहिर यात्रुहरुको चहलपहल बढेको छ । सार्वजनिक..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७