‘जसपा’ले प्रधानमन्त्रीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै खेद प्रकट

२७ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खेद प्रकट गरेको छ । प्रधानमन्त्रीको सचिवालयले त्यसलाई कुण्ठाग्रस्त अशिष्टभाषा र दिवालियापन भन्दै निन्दा गरेको छ । जसपाका केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि यही श्रावण २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको उल्लेख थियो । त्यसको दुई दिनपछि..

नेकपाको दुर्घटना रोक्न ६१ सांसद्ले गरे पत्रकार सम्मेलन

२५ श्रावण, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुर्घटना रोक्न सांसद्हरुले अपिल गरेका छन् । पार्टी नफुटोस् भन्दै नेकपाबाट विर्वाचित ६१ जना सांसद्हरुले आज सिंहदरबारमा पत्रकार सम्मेलन नै गरेका छन् । सम्मेलनमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट पाँच दर्जनभन्दा बढी सांसदको सहभागिता रहेको थियो । स्रोतका अनुसार यज्ञराज सुनुवार, विशाल भट्टराई, रामकुमारी झाँक्री, सुरेश राई, गणेश पहाडी,..

राष्ट्रियसभा मातहतका चार समितिका सभापतिद्धारा शपथ ग्रहण

२५ श्रावण, काठमाण्डौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही श्रावण २३ गतेको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेका थिए । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार..

‘इनफ इज इनफ’ अभियानका अभियन्ताले अनसन तोडे

२५ श्रावण, काठमाण्डौँ । ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले अनसन तोडेका छन् । अभियन्ताले २३ औं दिनमा आज विहान अनसन तोडेका हुन् । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आज आमरण अनसन तोडेका हुन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले अभियन्तालाई पानी पिलाएर अनसन तोडाउनुभएयो । आन्दोलनरत अभियान्ता र स्वास्थ्य मन्त्रालयबीच १२ बुँदामा सहमति भएको छ ।

कोरोनाको ओखती फेला पर्ला तर नेकपाको ओखती नपाइने भो !–गोकुल बाँस्कोटा

२४ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीभित्रको झगडाको ओखती काठमाडौंमा नपाईने टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले यस्तो बताउनुभएको हो । उहाँले ट्विटरमा लेख्नुभएको छः–‘२०५४को झझल्को पो आउन थाल्यो त नेकपामा ! बरु कोरोनाको ओखती फेला पर्ला ! नेकपाको झगडाको ओखती कमसेकम काठमाडौंमा चै नपाइने भो जस्तो छ । बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ..

नवप्रवेशीको आडमा शक्ति संञ्चय गर्दे देउवा

२४ श्रावण, काठमाण्डौँ । नेपाली काँग्रेसमा १४औं महाधिवेशनको मिति तय भएसँगै सुरु भएको आन्तरिक रस्साकस्सी जारी छ । श्रावण १० गते यता स्थानीय तहको पार्टी संगठन क्रियाशील सदस्यता वितरण र नवीकरणमा कांग्रेस लागिपरेको छ । महाधिवेशनका लागि शक्ति संञ्चयको होडबाजी चल्दैगर्दा शीर्ष नेताहरुको कार्यकर्ता फकाउने आ–आफ्नै रणनीति छ । सभापति शेरबहादुर देउवाले पद बाँड्ने नीति अख्तियार गरेको पाइन्छ भने संस्थापन इतर पक्ष देउवालाई असफल सिद्ध गरेर महाधिवेशनमा आफूलाई विकल्पको रुपमा..

नारायणकाजीलाई वामदेवको सुझावः पार्टी फुटको पीडा मलाई थाहा छ, फुट्नु हुन्न !

२४ श्रावण, काठमाण्डौँ । हिजो (शुक्रबार) साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई उहाँकै निवास भैंसेपार्टीमा भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ पुग्नुभयो । श्रेष्ठले नेकपा विवाद समाधानका विषयमा कुराकानी गर्नुभयो । उहाँले ओलीको राजीनामाको दबाब बलियो बन्दै जाँदा यताउता नहुने गौतमलाई आग्रह गर्नुभयो । गौतमको असन्तुष्टिबारे पनि बुझ्न खोज्नुभयो । स्रोतका अनुसार श्रेष्ठ अध्यक्ष प्रचण्डसँग कुरा गरेर गौतम निवास पुग्नुभएको थियो । तर, गौतमले आफू ६ बुँदे प्रस्तावबाटै सहमति निकाल्नुपर्ने..

नेम्वाङलाई प्रचण्डको प्रश्नः तपाईहरु पार्टी एकता चाहनुहुन्छ कि विग्रह ?

२४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार बिहान फोन गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सुवासजीलाई पठाउनोस्, तपाईंसँग कुरा गरेर पार लागेन’ भने लगत्तै नेम्वाङ्ग खुमलटार पुगे । सामान्य औपचारिकतापछि अध्यक्ष दाहालले भने ‘तपाईंहरूको एकोहोरो कुरो मात्रै कति सुन्ने ? अलि सम्झाउनुस् । तपाईंहरूले पनि अलिकति बुझ्नुहोस्, के भएको छ ? कसो भएको छ भनेर’ स्रोतका अनुसार प्रचण्डले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको दावी गरेका..

ठोरीको अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा लाग्न प्रधानमन्त्रीको निर्देशन

२४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले हिजो माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गर्नुभयोे । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भन्नुभयो, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै..

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाध्यो, ७० जनाको मृत्यु

२३ श्रावण, काठमाण्डौँ । कोरोना भाइरसको संक्रमण देशभरका थप ४६४ जनामा पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । त्यस्तै आज ४ सय २५ जना उपचारपछि डिस्चार्ज भएका छन्..