अविरल वर्षाका कारण स्याङ्जामा पहिरो खस्दा एकै परिवारका नौ जनाको मृत्यु

अविरल वर्षाका कारण स्याङ्जामा पहिरो खस्दा एकै परिवारका नौ जनाको मृत्यु


८ असोज, झापा । लगातार परेको अविरल वर्षाका कारण स्याङ्जामा पहिरो खस्दा एकै परिवारका नौ जनाको मृत्यु भएको छ । घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा वालिङ नगरपालिका–१४ तमादीमा नौ जना र कालीगण्डकी गाउँपालिका–४ मा एक गरी १० जनाको मृत्यु भएको छ ।

पहिरोमा परी तमादीका एकै परिवारका चार जना महिला, चार जना पुरुष र एक जना बालकको ज्यान गएको हो ।

पहिरोमा परि ४८ बर्षकी माया नेपाली, ६० बर्षकी सानु नेपाली, जेठो छोरा बर्ष ३० का दीपक नेपाली, साईलो छोरा कुलदीप नेपाली, कान्छो छोरा ९ बर्षीय बिवस नेपाली, कुलदीपकी श्रीमती बिनिता नेपाली, कुलदीपको एक बर्षको छोरा शिशिर नेपाली, र पाहुना आएकी उमाकला नेपाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा पुरिएकी १७ वर्षीया मनिषा नेपालीलाई जिवितै उद्धार गरी गह्रौ अस्पताल वालिङमा सामान्य गण्डकी मेडिकल कलेज पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पाहुना बस्न मायाको घरमा आएकी उमाको पनि पहिरोमा मृत्यु भयो । उमा र माया दिदीबहिनी हुन् । त्यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका(४ गौतमडाडामा पहिरोका कारण एक किशोरको मृत्यु भएको छ ।

स्थानीय बाबुराम दमाई र जगत बहादुर दमाईको घर माथिबाट पहिरो झरी दुवै घर पुर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

बाबुरामको छोरा बर्ष १६ को बिष्णु दमाइको पुरिएर मृत्यु भएको हो । पहिरोबाट विष्णुलाई प्रहरीले मृत अवस्थामा फेला पारेको थियो ।

अझै भारी बर्षाको सम्भावनाः

देशभर दुई दिनयता लगातार वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ ५ बजेसम्म पनि लगातार वर्षाको सम्भावना रहेकोले कतिपय स्थानमा नदी सतह जोखिमपूर्ण अवस्थामा पुग्नसक्ने जनाएको छ ।

अर्काे ६ घन्टा लगातार वर्षा हुने भन्दै बाढी सूचना केन्द्रले कतिपय क्षेत्रमा शतर्क रहन सूचना जारी गरेको छ ।

यसअधि आज विहान ९ देखि दिउँसो ३ बजेसम्म वर्षाको पूर्वानुमान गरिएको थियो । आकस्मिक बहाव हुन सक्ने स्थानबारे उल्लेख समेत गरिएको थियो ।

अबको ६ घन्टा गण्डकी प्रदेश र प्रदेश ५ मा शतर्क रहन भनिएको छ । बाढी पूर्वानुमान बुलेटिनमा आज र भोल देशभरका नदीमा बहाब उच्च हुने उल्लेख छ । नारायणजी, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाब खतरा आसपास वा माथि हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी र सहायक नदीमा बहाव उल्लेख्य बढ्ने र खतराभन्दा माथि हुने पूर्वानुमान छ । तिनाऊ बाणगंगा, पश्चिम राप्ती, बबई नदीका अलावा, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा आकस्मिक बहान हुने सम्भावना उल्लेख गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर