७ असोज, झापा । आज मात्र नेपालमा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार ४ सय ५९ जनाको नमूना परीक्षण गर्दा ११७२ जनामा संक्रमण पुष्टि भएको हो । आजै १८९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
नेपालको पछिल्लो संक्रमण मुक्त दर ७३.७ प्रतिशत रहेको समेत गौतमले जानकारी दिनुभयो ।
यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजमात्र संक्रमणबाट मृत्यु हुनेहरुमा एक महिला र ६ पुरुष छन् ।
आज मृत्यु हुनेहरुका काठमाडौं उपत्यकाका तीन जना छन् । चारजना वृद्धवृद्धको संक्रमणबाट मृत्यु भएको छ ।
अहिलेसम्म संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६४ रहेको छ ।