नारायणकाजीलाई रिमालको कटाक्षः विधिको नक्कली गीत गाउँदै गुटबन्दीको उत्तोलक नबन्नुहोस्

२३ श्रावण, काठमाण्डौँ । प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठबारे तितो टिप्पणी गरेका छन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गर्नुभएको छ । ‘कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्’ रिमालले ट्वीटमा लेख्नुभएको छ–‘विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’ मुलुक संवेदनशील मोडमा रहेको..

प्रचण्ड र सुवास नेम्वाङबीच भेटवार्ता, पार्टी विभाजनको ‘डिल’मा

२२ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र अब वार कि पारको लडाईं शुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी फुटबाट जोगाउन अन्तिम प्रयास हुने भएपनि त्यसले सकारात्मक परिणाम निकाल्ने सम्भावना क्षीण भएको छ । ओलीलाई सत्ताबाट हटाइछाड्ने अडानमा प्रचण्ड देखिएका छन् भने ओली कुनै हालतमा सत्ताबाट नहट्ने अडानमा छ । यसरी दुई नेताहरुको टकरावले फुटको संघारमा नेकपा पुगेको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी..

देशव्यापी रुपमा एउटै खालको लकडाउन हुँदैन, आजबाट जोरबिजोर प्रणाली लागु

२२ श्रावण, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको दर यही अवस्थामा रहेमा भदौदेखि शैक्षिक संस्था, हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने कार्यसूची परिमार्जन हुन सक्ने बताउनुभएको छ । काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले ‘परीक्षण धेरै गरेको भए संक्रमित धेरै देखिन्थे, सरकारले परीक्षण नगरेको कारण संक्रमित भेटिएन’ भन्ने आरोपमा दम नरहेको समेत बताउनुभयो । उहाँले स्वास्थ्य सामग्री खरिद गर्दा ‘भ्रष्टाचारको बात लागेको’ गुनासोसमेत गर्नुभयो । अनियमितता भए..

प्रचण्ड–माधव समुहले पार्टी विभाजनको खुलमखुल्ला हाँक दियोः सुर्य थापा

२२ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको विवाद चुलिंदै जाँदा हिजो मात्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले आफु निटकका पत्रकारहरु संग भेटघाट गरे । यसमा धेरैका खालका टिप्पणीहरु सुरु भएको छ । नेकपाभित्र नयाँ तरंग ल्याएको छ । हिजो प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पत्रकारहरु संग भेटेर अहिले पार्टीभित्र भईरहेको द्धन्द पदका लागि नभई पार्टी सुदृढीकरणका लागि भएको जिकिर गरेको समाचार बाहिर आएको थियो । त्यसको..

प्रचण्ड–माधव समुहका चार नेताको प्रष्टिकरण ‘पार्टीमा भईरहेको बहस पदका लागि होईन’

२१ श्रावण, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण दिएका छन् । आज पार्टीसम्वद्ध सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले अध्यक्ष केपी ओलीको ‘म नै पार्टी हुँ’ भन्ने शैलीले पार्टी सञ्चालन गर्दा समस्या भएको बताए । त्यस्तै उनीहरुले विभिन्न प्रतिक्रियावादी शक्तिहरुले नेकपा फुटाउन नै लागिपरेकाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुपर्ने अवस्था पनि आउनसक्ने भन्दै सतर्क, सजग र तयार रहन पार्टी पंक्तिलाई आह्वान..

आज थपिए ३८१ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या १५ हजार नाध्यो

  २१ श्रावण, काठमाण्डौँ । बितेको २४ घण्टामा नेपालमा थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको..

प्रचण्डलाई वामदेवको जवाफ ‘म अव कुनै गुटमा लाग्दिन् ।’

२१ श्रावण, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभएको स्पष्ट पार्नुभएको छ । गौतमले आफ्नो सचिवालयमार्फत यस्तो स्पष्ट पार्नुभएको हो । अध्यक्ष पुष्पकमल दाहालले हिजोमात्रै नेता गौतमसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा अध्यक्ष दाहालले ‘अब तपाई के गर्नुहुन्छ ?’ भनि प्रश्न सोधेको बुझिएको छ । त्यसको जवाफमा गौतमले ‘म ठूलो–सानो कुनैपनि गुटमा लाग्दिन्’ भन्नुभएको कुरो..

नेकपाको शक्तिसंघर्ष कहाँ पुगेर साम्य होला ?

२१ श्रावण, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यद्वयबीच सहमति जुट्न नसक्दा न त स्थायी समिति बैठकले निरन्तरता पाएको छ न त केन्द्रीय समिति बैठक बोलाइने संकेत नै देखिएको छ । तर, सहमतिलाई आफ्नो पक्षमा पार्न नेताहरु दौडधुपमा छन् । श्रावण १३ गतेबाट अनिश्चित बनेको नेकपा स्थायी समितिको बैठकपछि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनतालाई चिर्दै गतिरोध अन्त्यका लागि ६ दिनपछि श्रावण..

सुनको मूल्यले नयाँ कीर्तिमान बनायो, तोलाको १ लाख १ हजार ४०० पुग्यो

२१ श्रावण, काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्काे कीर्तिमान बनाइरहेको बेला आज छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने..

आजको बैठकमा कुरा नमिल्दा नेकपा अध्यक्षद्धयबीच चर्काचर्की

२० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्रको असन्तुष्टि फेरि चुलिएको छ । आज बालुवाटारमा साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुरा नमिल्दा चर्काचर्की नै भएको छ । डेढ महिनायताको विवाद समाधानका लागि बसेको बैठकमा अध्यक्ष प्रचण्डले ओलीले एकपक्षीय ढंगले नियुक्तिहरु गरिरहेको भन्दै आपत्ती जनाएको बुझिएको छ । उनले लगानी बोर्डको अध्यक्षमा सुशील भट्टलाई नियुक्ति दिएकोमा प्रश्न उठाएका थिए । ओलीले योग्यताका आधारमा नियुक्ति गरेको जवाफ दिएका थिए ।..