९ असोज, काठमाण्डौँ । देशभर चार दिनयता लगातार परिरहेको वर्षा भोलिसम्म हुने भएको छ । गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ असोज देखिको निरन्तरको वर्षा भोलि देखी रोकिन्ने सम्भावना रहेको जानकारी दिएको हो ।
प्राधिकरणले धेरै ठाउँका खोला, नदीहरुमा बाढी आएकोले जोखिम अझै कायमै रहेको बताएको छ । सतर्कता अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा आज साँझ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती प्रदेश, गण्डाकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरु, प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा कर्णाली प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।