ओली–दाहालबीच भेटवार्ताः मन्त्रिमण्डल पूनर्गठन बारे छलफल

ओली–दाहालबीच भेटवार्ताः मन्त्रिमण्डल पूनर्गठन बारे छलफल

५ असोज, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सचिवालय बैठक स्थगित गरेर अध्यक्षद्धय मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे केन्द्रित रहेर छलफलमा जुटेको नेकपाले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताको भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टीको सचिवालय बैठकमा उठेका विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे सहमति खोज्न सचिवालयले अध्यक्षद्धयलाई नै जिम्मेवारी दिएको छ । कार्यसम्पादन राम्रो भएकाहरुलाई निरन्तरता दिनेबारे दुवै अध्यक्ष सकारात्मक हुनुहुन्छ । अधिकांश नयाँ अनुहार ल्याउने अध्यक्ष द्धयको तयारी छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर