संसद विघटन गर्नु लोकतान्त्रिक मान्यता विपरीतः नेपाली कांग्रेस

५ पौष, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ । आज बसेको पदाधिकारी बैठकले सरकारको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको पनि निश्कर्ष निकालेको छ । संसद विघटन गर्ने निर्णयलाई कांग्रेसले घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना..

राष्ट्रपतिद्धारा संसद विघटनः ओलीलाई कारबाही गर्ने नेकपाको निर्णय

५ पौष, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।..

प्रधानमन्त्री शीतल निवासमा, प्रचण्डलाई भेटेनन्

५ पौष, काठमाण्डौँ । प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएको छ । मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो । ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिनुभएन । त्यसपछि प्रचण्ड खुमलटार फर्किनुभएको छ । विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुनेछ । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच..

प्रधानमन्त्री ओलीद्धारा संसद विघटन गर्न सिफारिस

५ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आज विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले यो सिफारिस गर्नुभएको हो । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पनि संसद विघटनको सिफारिस गर्नुभएको स्रोतले जनाएको छ । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । यसअघि हिजो पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको थियो । यता नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको सिफारिस..

ओली भेट्न बालुवाटारमा प्रचण्ड

५ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको छ । पाटीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आज बस्न लागेको स्थायी कमिटि बैठकअघि प्रचण्ड ओली भेट्न बालुवाटार पुग्नुभएको हो । स्रोतका अनुसार अहिले ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । यसअघि हिजो भएको ओली प्रचण्ड वार्तामा ओलीले अध्यादेश फिर्ता लिनुपरे आफुमाथि आरोप लगाउँदै ल्याएको प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने अडान राख्नुभएको थियो ।..

प्रधानमन्त्री ओलीको सक्रियता बढ्योः खुमलटार देखी पुल्चोक हुदै शीतलनिवास सम्म !

४ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप र सक्रियता बढेको छ । आज मात्रै ओलीले तीन वटा महत्वपुर्ण राजनीतिक भेटघाट गर्नुभएको छ । यसअघि त्यस्ता भेटघाट गर्दा बालुवाटारमै गर्ने ओेलीले आज भने आफै बाहिर निस्कनुभयो । त्यसका लागि उहाँ आज बिहान ११ बजे पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुग्नुभयो भने साँझ राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुग्नुभयो । करिव ६ बजे शीतलनिवास पुग्नुभएका ओली र..

कोरोना विरुद्धको खोप आयातमा स्रोतको अभाव हुदैनः अर्थमन्त्री पौडेल

३ पौष, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरस विरुद्धको खोप आयात गरी नागरीकलाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनुभएको छ । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताउनुभयो । नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोरोनाको लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक..

ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने प्रचण्ड–माधव समूहको निष्कर्ष

३ पौष, काठमाण्डौँ । प्रचण्ड–माधव समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालिने निष्कर्ष निकालेको छ । आज पेरिसडाँडामा प्रदेश–१ का आफु निकट नेकपा नेताहरुसँग भएको छलफल पछि सो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले पार्टीको सहमति विपरित हरेक काम गरेको र पटक पटक सहमति तोड्ने गरेको निष्कर्ष निकाल्दै सो अध्यादेश फिर्ता नलिए पार्टीले कडा कदम चालिने निष्कर्ष निकालिएको..

आगामी तीन दिनको मौसम पूर्वानुमानः चिसो बढ्न सक्ने

३ पौष, काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । यसैगरी, महाशाखाले आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै नेपालको पश्चिमी तराई भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भूभागका एक दुई स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागिरहेको बताएको छ । दिउँसोः प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी..

लक्ष्मण थारु–रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

३ पौष, काठमाण्डौँ । टीकापुर घटनामा ३ वर्ष जेल सजाय भोगेर रिहा भईसकेका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ । उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै ३ वर्ष कैद सजाय भुक्तान गरेका थारुलाई जन्मकैदको फैसला सुनाएको हो । उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।..