मुख्य समाचार

गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती मनाईदैँ
२४ कार्तिक, काठमाडौं । सर्वाेच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वाेच्च कमाण्डर सिंहलाई नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा लिईन्छ । कमाण्डर सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुहुन्छ । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि..

अमेरिकी राष्ट्रपति मनोनयनको प्रारम्भिक मत परिणामः ट्रम्प भन्दा बाईडेन अघि
१९ कार्तिक, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति मनोनयनका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत परिणाममा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् । अहिलेसम्म अमेरिकाका ५० मध्ये ३१ राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले १९२ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले ११४ मात्र इक्लेक्टोरल भोट प्राप्त गरेका छन् । १८ राज्यको मतगणनामा बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्माेन्टलगायतका..

भारतीय सेनाध्यक्ष नरभाने आज मध्यान्न नेपाल आईपुग्ने, शुरक्षा व्यवस्था कडा
१९ कार्तिक, काठमाण्डौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले चकजाँच बढाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नरभानेको भ्रमणको तयारी स्वरुप चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको हो । रानीपोखरीका एक प्रहरी अधिकृतका अनुसार नेपाली सेना र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरुको समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले तिहारका लागि सुरक्षा योजना पनि कार्यान्वयनमै रहेका वेला हुन लागेको नरभानेको भ्रमणलाई लक्षित..

भारतीय सेना प्रमुख नरवणे बुधवार नेपाल आउँदै, स्वागतको तयारी
१८ कार्तिक, काठमाण्डौँ । नेपाल भ्रमणमा बुधवार नेपाल आउन लागेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई स्वागतको तयारी सुरु भएको छ । सेनाअध्यक्ष नरवणेको नेपाल भ्रमण जनवरी २०२० मा नै हुने तय भएको थियो तर कोरोना महामारीका कारण ढिलाइ भएको भएको हो । नेपाली सेनाको मनार्थ सेनापतिको उपाधि लिनका लागि उनी नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सेनाको मनार्थ सेनापति लिइसकेपछि उनले विभिन्न उच्च स्तरीय भेटघाट गर्ने..

ओली–दाहालबीच वार्ताको पहल, दोस्रो तहका नेता सक्रिय
१८ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज साँझसम्म वार्ता हुने तयारी सुरु भएको छ । पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद चर्केकेको समयमा दुई अध्यक्षबीच वार्ता गराएर पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । अध्यक्षद्धय ओली र दाहालबीच संवादहिनता तोड्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सक्रिय हुनुभएको छ । उहाँले संञ्चारकर्मी संग कुरा गर्दै उहाँले दुई अध्यक्षजीबीच आजै..

अब देशमा नयाँ शहरहरुको स्थापना गरिने छः शहरी विकासमन्त्री श्रेष्ठ
१८ कार्तिक, काठमाण्डौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अव देशमा नयाँ शहरहरुको स्थापना हुने बताउनुभएको छ । राजधानीलाई मात्र विकसित ठान्ने सोच अन्त्य गर्न अब देशमा नयाँ नयाँ शहरको पनि विकास गरिने उहाँले बताउनुभएको हो । नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग कुराकानी गर्नुहुँदै मन्त्री श्रेष्ठले सङ्घीयताको मर्मअनुसार नयाँ शहर र सबै क्षेत्रको पूर्वाधार विकासमा सरकारले प्राथमिता दिएको बताउनुभयो । मन्त्री श्रेष्ठले शहरी क्षेत्रका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई जोगाउँदै शहरीकरणलाई अगाडि..

‘रअ’ प्रमुख र प्रधानमन्त्रीबीचको भेटलाई तिलको पहाड बनाईयोः उपप्रधानमन्त्री पोखरेल
१८ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘रअ’का प्रमुख सामन्तकुमार नेपाललाई आफ्नो दूतको रुपमा पठाएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेट गर्नुभएको स्पष्ट पार्नुभएको छ । हिजो राति जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘प्रधानमन्त्रीको आफ्नो समकक्षीले विशेष दूत बनाएर पठाएपछि प्रधानमन्त्रीले ‘रेस्बोन्सिबल’ भएर औपचारिक ढंगले नोट परराष्ट्र मन्त्रालयमा पठाईसकिएको छ । भारतीय..

आज थपिए २ हजार २२५ कोरोना संक्रमित
८ कार्तिक, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमध्ये १४ सय ४६ जना पुरुष र सात सय ७९ जना महिला रहेका छन् । थपिएका मध्ये काठमाण्डौ उपत्यकाका ११ सय १० जना रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । यसै गरी पछिल्लो..

‘रअ’ प्रमुखको नेपाल यात्राः क–कस्लाई भेटे ?
८ कार्तिक, काठमाण्डौँ । भारतीय खुफिया गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयल नेपालमा दुई दिनसम्म बसे । त्यस अवधीमा उनी नेपाली राजनितीक दलका नेताहरुसंगको भेटमा पुरै व्यस्त रहे । ‘रअ’का प्रमुख गोयलले सेनाको विशेष विमानबाट बुधबार दिउँसो एक्कासी काठमाडौँ आएर खुल्लमखुल्ला सरकार प्रमुख र प्रमुख प्रतिपक्षी दलका नेतासङ्ग भेट्वार्ता गरे । ‘लन्च’ यतै, ‘डिनर’ यतै अनि भोलिपल्ट बिहानको ‘ब्रेकफाष्ट’ पनि यतै लिएर उनको टोली अस्ति बिहान नयाँ दिल्लीतर्फ फर्के पनि..

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी
८ कार्तिक, रुपन्देही । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्ने तयारी शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक संञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ । राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित..