मुख्य समाचार
प्रचण्ड भेट्न शंकर पोखरेल खुमलटारमा
१ पौष, काठमाण्डौँ । ‘अध्यादेश प्रकरण’पछि नेकपाभित्रको आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका बेला ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुग्नुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीले हिजो पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्काे विरोध भइरहेको छ । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्काे..
पशुपतिनाथको मन्दिर आजदेखि खुल्यो
१ पौष, काठमाण्डौँ । पशुपतिनाथको मन्दिर आजदेखि खुलेको छ । कोरोना संक्रमणका कारण भक्तजनका लागि मन्दिर ९ महिना देखी बन्द थियो । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि मन्दिर गत चैतदेखि बन्द रहदै आएको थियो । संक्रमणसंग बढ्दो दुरीसहित दर्शनार्थीलाई मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ । मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था..
अब प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न सक्ने
३० मंसिर, काठमाण्डौँ । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो । राष्ट्रपतिबाट आज जारी अध्यादेशमा भनिएको छः ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ..
खुमलटार भेलामा सुवास नेम्वाङ पनि सहभागी
३० मंसिर, काठमाण्डौँ । सरकारले विनाछलफल संवैधानिक परिषद् सम्बन्धि संशोधन अध्यादेश ल्याएपछि सत्तारुढ दलका शीर्ष नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा भेला भएका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा भेला भएका शीर्ष नेताले अध्यादेशबारे ठोस धारणा तय गर्ने एक नेताले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आज जारी गरेपछि नेकपाका बहुमत नेताहरुले त्यसको विरोध गर्दै खारेज गर्न माग गरेका छन् । अध्यादेशबारे प्रमुख प्रतिपक्ष नेपाली..
खुमलटारमा आकस्मिक भेला डाकियो
३० मंसिर, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गर्नुभएको छ । बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गर्नुभएको छ । तर सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै विरोध गर्नुभएको छ । सरकारले ल्याएको अध्यादेश तुरून्त खारेज गर्न माग गर्दै प्रचण्डले भन्नुभयो,..
संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारद्धारा अध्यादेश जारी
३० मंसिर, काठमाण्डौँ । नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो । पार्टीमा विवाद कायमै रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी..
विप्लव समूह हिंसात्मक गतिविधितर्फ उन्मुख भएको गृह मन्त्रालयको निष्कर्ष
२५ मंसिर, काठमाण्डौँ । गृह मन्त्रालयले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक गतिविधितर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ । विप्लव समूहले मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको भोलिपल्ट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाउनुभएको हो । गृह मन्त्रालयमा बसेको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । उहाँहरुले विप्लव समूहको पछिल्लो..
सरकारले बंगलादेशसँग ‘जी टु जी’ माध्यमबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने
२५ मंसिर, काठमाण्डौँ । सरकारले बंगलादेशसँग ‘जी टु जी’ माध्यमबाट ५० हजार मेट्रिक टन युरीया मल खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले बंगलादेशबाट मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि २०७७ पौष १० गतेबाट एक वर्षका..
अव प्रेस पास र अनलाइन नविकरण जिल्ला हुलाक कार्यालयमार्फत पनि वितरण हुने
२४ मंसिर, काठमाण्डौँ । सूचना तथा प्रसारण बिभागबाट मात्र बितरण गरिदै आएको प्रेस प्रतिनिधी प्रमाणपत्र र अनलाइन नविकरण अव जिल्ला हुलाक कार्यालयमार्फत पनि वितरण गर्न सकिने भएको छ । २०७७ मङ्सिर २२ गते मन्त्रिस्तरीय निर्णय अनुसार सबै जिल्ला हुलाक कार्यालयहरुलाई अधिकार प्रत्यायोजन गरिएको संञ्चार तथा सूचना प्रविधी मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । यो सगैँ अव मोफसलमा बसेर पत्रकारीता गरिरहेकाहरुका लागि प्रेस पास नविकरण गर्न र अनलाईन नविकरण गर्न काठमाडौँसम्म..
एआईजी बढुवा सिफारिसको निर्णय कार्यान्यवन नगर्न सरकारलाई निर्देशन
२४ मंसिर, काठमाण्डौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसको निर्णय कार्यान्यवन नगर्न सरकारलाई निर्देशन दिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न गत १५ मंसिरमा सिफारिस गरेको थियो । पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी २७ कार्तिकमा प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो । तत्कालिन उपप्रधानमन्त्री ईश्वर..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७