मुख्य समाचार
संखुवासभामा विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान
१२ पौष, काठमाण्डौँ । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर गोली चलाएका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको स्रोतले बताएको छ । प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला..
अविश्वास प्रस्तावको सामना गर्न तयार छुः मुख्यमन्त्री राई
१२ पौष, काठमाण्डौँ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आफुविरुद्धको अविश्वास प्रस्ताव सुनियोजित ढंगले आएको प्रतिक्रिया दिनुभएको छ । मुख्यमन्त्री राईविरुद्ध आजमात्रै अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसलगत्तै राईको यस्तो प्रतिक्रिया आएको हो । ‘प्रदेश सरकार असक्षम भएर होइन, काम गर्न नसकेर होइन । मुख्यमन्त्रीले नाजायज काम गरेपनि होइन । यो प्रस्ताव सुनियोजित बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशमा अस्थिरता, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत गर्न नदिन आएको..
प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव नेपालले दाबी गर्न मिल्दैनः प्रधानमन्त्री ओली
९ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमा नेकपा विभाजन भएको स्वीकार गर्नुभएको छ । उहाँले एकीकरण सफल नभएको स्वीकार्दै भन्नुभयो, ‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, दुई वटा पार्टी मिलाएर लैजाने भनेका थियौँ, प्रचण्डजी र म मिलेनौँ ।’ केन्द्रमा प्रचण्ड–माधव समूहको सङ्ख्या केही धेरै जस्तो देखिए पनि ग्राउण्डमा केही नभएको ओलीले बताउनुभएको छ । उहाँले आफ्नो पक्षसँग ग्राउण्डमा विशाल जनाधार रहेको दाबी गर्नुभयो । ‘उहाँले ९९ मा पुगेको..
कांग्रेस बैठकमा देउवा र पौडेलबीच चर्काचर्की
८ पौष, काठमाण्डौँ । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कसरी लिने भन्नेमा अलमलिएको प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक लम्बिने देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संसद विघटन असंवैधानिक भएकाले सडकमा उत्रिनुपर्ने बताएका छन् । तर सभापति शेरबहादुर देउवा पक्ष सर्वाेच्च अदालत र निर्वाचन आयोगको निर्णय पर्खिने मुडमा देखिएका छन् । त्यसैले देउवाले मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकसमेत लम्ब्याउन लाग्नुभएको छ । मंगलबारको बैठकमा केन्द्रीय..
प्रधानन्यायधीश राणा इतिहासकै शक्तिशाली प्रधानन्यायाधीश बन्न सक्ने
८ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि नेकपा र सुर्य चिन्ह कस्को भन्ने प्रश्न सुरु भएको छ । यसको टुंगो निर्वाचन आयोगले लगाउनुपर्ने भएको छ । नेकपा र सुर्य चिन्ह जसको हुँदैन नेकपाको त्यस समुहले अर्काे दल खोल्नुपर्ने हुन्छ । तर, यी सबै विषय सर्वाेच्च अदालतमा मुद्दाका रुपमा जाने निश्चितप्रायः छ । संसद बिघटनविरुद्ध दर्जन रिट अदालतमा पुगिसकेको छ । आज सर्वाेच्च अदालतले रिटमाथि सुनुवाई गरी..
प्रचण्ड–माधव समुहको नेकपा अध्यक्षमा माधव नेपाल मनोनित
७ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड पक्षीय केन्द्रीय कमिटि बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ । आज राजधानीमा बसेको प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । कार्की बैंकेटमा बसेको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो । ओलीलाई हटाउने प्रस्ताव उपस्थित ३ सय १५ जना केन्द्रीय समितिमध्ये..
नेकपाको एकता महाधिवेशन आउदो मंसिर २ गते गर्ने निर्णय
७ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले सो निर्णय गरेको आजै ओली समूहबाट प्रवक्ता चयन हुनुभएका प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्री ओलीले ५ सय ५६ जना केन्द्रीय कमिटी सदस्य थप गर्नुभएको छ । आज उहाँहरुलाई सपथ ग्रहण समेत..
नेकपा आजबाट औपचारिक विभाजनतर्फ, दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
७ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आजबाट औपचारिक विभाजनतर्फ जाने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले एकले अर्काेलाई कारबाही गर्ने उद्देश्यसहित समानान्तर केन्द्रीय कमिटी बोलाएपछि नेकपा औपचारिक विभाजनमा जाने पक्का भएको हो । आज बस्ने दुवै पक्षको केन्द्रीय कमिटी बैठकपछि पार्टी विभाजनले औपचारिकता पाउने सो पार्टीकै नेताहरुले बताएका छन् ।..
नेकपा विवाद झनै जटिलः वामदेव नयाँ पार्टी बनाउने तयारीमा
६ पौष, काठमाण्डौँ । नेकपा विवादको बिषय झनै जटिल बनेको अवस्थामा नेताहरुको आ–आफ्नो तयारी थालेका छन् । नेकपाको हालको सचिवालय सदस्यहरुले कित्ता काट गरिसकेका छन् । जस अनुसार ओली पक्षमा कुल चार सचिवालय सदस्य र प्रचण्ड पक्षमा पनि चारजनानै सचिवालय सदस्य छन् । यसमा वामदेव गौतमले भने कुनै गुटमा नरहेको सन्देश दिन सुरु गर्नुभएको छ । अब नेकपा फुटको घोषणा हुनमात्र बाँकी अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो..
माधव नेपाल समूहको राजनीतिक अस्तित्व संकटमा
६ पौष, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको बेला संसद विघटनको यो निर्णयले माधव नेपाल समुह संकटमा परेको छ । यदी पार्टी विभाजित भईहालेको खण्डमा कुन कित्तामा जाने भन्ने बिषयले नेपाल समुहको राजनीतिक अस्तित्व धरापमा परेको हो । नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन एमालेमा माधवकुमार नेपाल पक्षलाई आफ्नो स्वार्थका दृष्टिले ठुलो बाधक ठान्दै आएका थिए । पछिल्लो घटनाक्रमसँगै ओलीले उक्त समूहलाई..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७