मन्त्रिपरिषद् बैठक एक घण्टापछि सर्यो

३ कार्तिक, काठमाण्डौँ । आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टाका लागि सरिएको छ । नेकपाको सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । गत शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको थियो ।..

आजदेखी छैठपर्व शुरु

३ कार्तिक, काठमाण्डौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरेसँगै यो पर्वको विधि शुरु हुन्छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यस दिनदेखि छठपर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन,..

आज थपिए ५ सय २ जना कोरोना संक्रमित

२ कार्तिक, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय २ जना मात्र संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ११ हजार ०४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमीत प्रेस व्रिफिङमा जनाईएको छ । यस्तै वितेको २४ घण्टामा २८ सय ७८ जना संक्रमणमुक्त भएका छन् । यससंगै आजसम्म संक्रमण मुक्त हुँनेको संख्या एक लाख ७९ हजार २ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको..

नेकपा सचिवालय बैठकः ओली रोक्ने पक्षमा, प्रचण्ड नरोक्ने पक्षमा

२ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गर्नुभएको छ । बैठक सार्ने ओलीको प्रस्ताव बोकेर आज बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका महासचिव पौडेललाई प्रचण्डले बैठकमै छलफल गर्ने भन्दै अस्वीकार गर्नुभएको हो । कार्तिक २८ गते सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो..

आज यमपंञ्चकको चौथो दिनः गाई, गोरु र हलीको पूजा गरी मनाइँदै

३० कार्तिक, काठमाण्डौँ । यमपंञ्चक अर्थात तिहारको आज चौथो दिन । गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वास रहेको छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक..

राष्ट्रको समृद्धि प्राप्तिका लागि एकतावद्ध हुनप्रधामन्त्रीको आह्वान

३० कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले एकता मार्फत नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने विश्वास व्यक्त गर्नुभयो । शुभकामना सन्देशमा उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ..

आज यमपञ्चकको तेस्रो दिन, धनकी देवी लक्ष्मीको पूजाआराधना गरिदैं

२९ कार्तिक, काठमाण्डौँ । आज यमपञ्चकको तेस्रो दिन । कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफा–सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर गरी गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी..

प्रधानमन्त्री ओली शीतल निवासमा

२९ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यलय शीतल निवास पुग्नुभएको छ । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न आज साँझ शीतल निवास गुग्नुभएको हो । राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन । तर नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ । शुक्रबार शुरु भएको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर आरोप–प्रत्यारोपका पत्र पेश भएको छ । प्रचण्डले पेश गरेको पत्रप्रति..

नेकपा सचिवालय बैठक आज मध्यान्न बस्दै, ओली–दाहालको आ–आफ्नै तयारी

२८ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा आज ४ बजेलाई बालुवाटारमा बैठक बोलाउनुभएको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले फरक फरक प्रस्ताव ल्याउने बुझिएको छ । पार्टी विवादको समिक्षा र समाधानको उपाँयबारे दुवै पक्षले फरक प्रस्ताव ल्याउन लागेको हो । यसैबीच..

आज काग तिहार, यमदूतका रुपमा कागको पुजा गरिंदैँ

२८ कार्तिक, काठमाण्डौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्याेदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष..