वार्ताको माध्यमबाट दुई देशबीचको सीमा समस्या समाधान गर्न भारत सकारात्मक छः परराष्ट्रमन्त्री ज्ञवाली

वार्ताको माध्यमबाट दुई देशबीचको सीमा समस्या समाधान गर्न भारत सकारात्मक छः परराष्ट्रमन्त्री ज्ञवाली

३ माघ, काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ता र छलफलको माध्यमबाट नेपाल र भारत बीचको सीमा समस्या समाधान गर्न भारत सकारात्मक रहेको बताउनुभएको छ ।

नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा सहभागी भई स्वदेश फर्केपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै मन्त्री ज्ञवालीले भ्रमणका क्रममा भएका विभिन्न छलफलमा सीमा समस्यालाई छिटो समाधान गर्न दुवै पक्षले प्रतिबद्धता जनाएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा र सुरक्षाका साथसाथै आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलश्रोत लगायतका विभिन्न पाँच वटा समूह अन्तर्गत द्विपक्षीय सहयोग प्रवर्धन गर्ने सहमति भएको जानकारी दिनुभयो ।

यसै गरी बैठकमा भारतले कोरोना भाइरस विरुद्धको खोप सहयोगमा नेपाल प्राथमिकतामा रहने स्पष्ट पारेको मन्त्री ज्ञवालीले उल्लेख गर्नुभयो । बैठकमा नेपाल र भारतबीच संञ्चालित विकास निर्माणका आयोजनाहरू शीघ्र र प्रभावकारी रूपमा सम्पन्न गर्ने विषयमा समेत छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

यसैगरी बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न दुवै देश सहमत भएको र महाकाली सन्धि अनुसार नेपालले पाउनुपर्ने पानीको लागि टनकपुर बाँधमा हेड रेगुलेटर र लिङ्क क्यानल निर्माणका अगाडि बढाउन बैठकले निर्देशन दिएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270