प्रदेश सरकार आफ्नो हैसियत देखाउन समक्ष भयोः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

प्रदेश सरकार आफ्नो हैसियत देखाउन समक्ष भयोः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

४ माघ, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आफ्नो हैसियत देखाउन समक्ष भएको बताउनुभएको छ । विभिन्न समस्याका बाबजुद पनि पहिलो ३ वर्षमा जति काम भएको छ, त्यो अभूतपूर्व भएको उहाँको दाबी छ ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमा मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘अपर्याप्त होला, कतिपय स्थानीय तह र प्रदेशलाई मन नपर्ने कानुन पनि बने होलान, तर ३ वर्षमा त धेरै कानुन बन्यो । उबडखाबडबीच पनि संरचना तयार गरेका छौं ।’

संघीयतालाई अझै बलियो बनाउन प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध समधुर बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेशले सहकार्यबाट बजेट ल्याएको, तर स्थानीय तहले फरक ढंगले बुझेको उनको गुनासो थियो । ‘प्रदेश सरकारले हामीलाई लाद्न मिल्छ भनेर बुझिइयो, यो सहकार्यको खुड्किलो थियो भनेर बुझिएन,’ मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘हामीले पनि जनताको माग हिसाबले योजना छनोट र्गयौं, स्थानीय तहसँग माग नगर्नु हाम्रो पनि गल्ती भएछ ।’

पोखरामा भएको मुख्यमन्त्रीहरुको भेलाको धेरै राजनीतिक समस्या समाधान गरेको, तर संघीय मन्त्रालयहरुबाट भने स्थानीय र प्रदेश सरकारबीच विवाद गराउने काम भएको उहाँले बताउनुभयो ।

संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयलाई कर्मचारी मन्त्रालय बनाइएको भन्दै उहाँले अघि भन्नुभयो, ‘संघीयताबारे जति छलफल हुनुपथ्र्याे, हुनै पाएन । त्यसैकारण नेताहरुले अध्ययन नै गर्न पाएनन, जसका कारण केही समस्या देखिएको हो ।’

प्रतिक्रिया:

सम्बन्धित खवर