नेकपा सुसासन र समृद्धिको अभिभारा पूरा गर्न बनेको पार्टी होः मुख्यमन्त्री राई

६ मंसिर, सोलुखुम्बु । प्रदेश–१ का मुख्य मन्त्री शेरधन राईले नेकपा फुट्नका लागि नभई विकास, सुसासन र समृद्धिको अभिभारा पूरा गर्नका लागि बनेको पार्टी भएको बताउनुभएको छ । सोलुखुम्बुको माप्य–खुम्बु मितेरी ट्रष्ट ब्रिजको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले नेकपाको अन्तरविरोधमा विकास र संघीयता विरोधीहरु खुशी भएपनि साना साना फुटेका कम्यूनिष्ट पार्टीहरुलाई जोडेर देशको नेतृत्वका लागि नेकपा बनेकाले फुट्ने कल्पना समेत गर्न नसकिने स्पष्ट पार्नुभयो । त्यस अवसरमा छिमेकी मुलुकहरुबाट दैनिक..

उदाउँदो सूर्यलाई अघ्र्य दिएर छैठ पर्व सम्पन्न

६ मंसिर, काठमाण्डौँ । आस्थाको महापर्व छैठ पर्व आज उदाउँदो सूर्यलाई अघ्र्य दिइएसँगै सम्पन्न भएको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । मिथिलाञ्चलको महत्त्वपूर्ण पर्व अहिले नेपालको पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ । आज बिहान राजधानीको गुहेश्वरीस्थित छैठघाटमा ब्रतालुहरु उदाउँदो सूर्यलाई अघ्र्य दिन तथा पूजाआजाका लागि पुगेका..

विश्व बैंकको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

५ मंसिर, काठमाण्डौँ । सरकारले सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंक समूहको अन्तिर्राष्ट्रिय विकास संस्थाबाट प्रस्तावित १५ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । गत कार्तिक २७ गते र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विश्व बैंकबाट प्रस्तावित १५ करोड अमेरिकी डलर (कविर १८..

आज थपिए १९ सय ४५ जना कोरोना संक्रमित, ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त

५ मंसिर, काठमाण्डौँ । आज नेपालमा १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज पाँच हजार तीन सय ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म एक लाख ९१ हजार दुई जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । हाल सक्रिय संक्रमितको संख्या २४ हजार..

छैठ पर्वको मुख्य दिन आज साँझ, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

५ मंसिर, काठमाण्डौँ । छैठ पर्वको मुख्य दिन आज साँझ, अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छैठ पर्व सम्पन्न हुनेगरेको छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छैठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।..

छैठ पर्वको अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्धारा शुभकामना व्यक्त

५ मंसिर, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छैठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । छैठ पर्व २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुहुँदैँ उहाँले विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपाँयको..

कोरोना कहरबीच रगतको अभाव

४ कार्तिक, काठमाण्डौँ । कोरोना महामारीमा रगतको अभाव सुरु भएको छ । महामारीकालमा स्वेच्छाले रक्तदान गर्ने व्यक्तिहरु पनि पछि हट्दा आजभोलि अस्पतालहरुमा सहज रुपमा रगत पाउन छाडिएको छ । कोरोनाभाइरस संक्रमणको त्रासले स्वःस्फूर्त रुपमा रक्तदान गर्नेहरु ज्यादै न्यून संख्या सहभागी हुन्छन् । कोरोना संक्रमण दर तीब्र गतिमा बढ्दै गएपनि एक महिनाअघिसम्म रक्तदान कार्यक्रमको आयोजना गरेर अस्पतालमा रगतको अभाव हुन नदिएको अभियान्ताहरु बताउछन् । तर एक महिना यता रक्तदान कार्यक्रमहरुमा दाताहरु..

झूठा अभियोग र लाञ्छनाको उचित जवाफ दिन्छुः प्रधानमन्त्री ओली

४ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दश दिनको समय माग्नुभएको थियो । सोहीअनुसार अर्काे बैठक मंसिर १३ गते बस्ने भएको छ । यसअघि कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा सम्बोधन गर्नुभएको सम्पादित अंशः कमरेडहरु ! आजको सचिवालय बैठकको कारबाही..

प्रचण्डको प्रस्ताव कुनै हालतमा फिर्ता गरिनुहुँदैनः उपाध्यक्ष गौतम

३ कार्तिक, काठमाण्डौँ । नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको प्रस्ताव फिर्ता हुनुपर्ने भनेर बैठकमा आफूले प्रस्ताव राखेको भन्ने समाचार गलत भएको उपाध्यक्ष वामदेव गौतमले बताउँनुभएको छ । केही न्युज पोर्टलहरुमा यस्ता समाचार आएकोमा सो खबर झुठो भएको गौतमको सचिवालयले स्पष्ट पारेको छ । आजको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा समेत नभएको भन्दै गौतम लगायतका नेताहरुले सौहाद्र्धतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति..

नेकपा स्थायी कमिटी बैठक १८ र केन्द्रीय कमिटी बैठक २५ गते बोलाउने निर्णय

३ कार्तिक, काठमाण्डौँ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) सचिवालयको बैठकले मङ्सिर १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मंङ्सिर १३ गते पुनः सचिवालय बैठक बोलाउने, मंसिर १३ गतेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक स्थितिबारे प्रस्ताव प्रस्तुत गर्ने र सचिवालयले उक्त प्रस्तावमाथि छलफल गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीलाई राजनीतिक..