मुख्य समाचार
सबै जिल्लामा नेकपाको कित्ताकाट (सबै जिल्लाको विवरण सहित)
२२ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय तहबाट सुरु भएको विभाजन तल्लो तहसम्म पुगेको छ । विभाजनले औपचारिकता नपाएपनि अहिले पार्टीका जिल्ला नेतृत्व तहले समेत कित्ताकाट गरिसकेका छन् । धेरैजसो जिल्ला कमिटीका पदाधिकारी प्रचण्ड–नेपाल समूहमा देखिएका छन् । प्रचण्ड–नेपालतर्फ ४४ जना जिल्ला अध्यक्ष छन् भने ओलीतर्फ ३१ जना खुलेका छन्। । जिल्ला कमिटीका अध्यक्षमध्ये धनकुटाका राजेन्द्र राई भने कतै खुलेका छैनन् । एक जिल्ला अध्यक्षले भने पार्टी विभाजनबाट..
काठमाण्डौँको वायु प्रदूषण सुधार हुदै
२२ पौष, काठमाण्डौँ । काठमाण्डौँमा वायु प्रदूषणको स्तरमा सुधार आएको छ । मौसममा सुधार आएसँगै राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तर घटेको छ । केही दिन देखी वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घर बाहिर ननिस्कन आग्रहसमेत गरेको थियो । माथि बादल र तल धुलोका कण जम्मा हुँदा धेरै तुवालो..
संवैधानिक इजलासमा सहभागी नहुने न्यायाधीश हरिकृष्ण कार्कीको घोषणा
२२ पौष, काठमाण्डौँ । प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलासमा एकजना न्यायाधीशले नबस्ने घोषणा गरेका छन् । न्यायाधीश हरिकृष्ण कार्कीले इजसालमा नबस्ने घोषणा गर्नुभएको हो । कार्कीलाई इजलासमा राखिएपछि कानुन व्यवसायीहरुले प्रश्न गर्दै आएका थिए । उहाँ विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरिसक्नुभएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लगायतले न्यायाधीश कार्कीलाई इजलासमा राखिएकोमा प्रश्न उठाउँदै आएका थिए । आज पनि उहाँले यसबारे प्रश्न उठाउनुभएको थियो..
नेपाली सेनामा नयाँ भार्न खुल्यो
२१ पौष, काठमाण्डौँ । नेपाली सेनामा नयाँ भर्ना खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा जागिर खुलाएको जनकारी गराएको हो । लेखा जमदार, पूजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको गरेको हो । लेखा जमदारमा ५० जनाको माग भएको छ । जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ । पूजारी हुद्दा पदमा चार जनाको माग भएकोमा खुल्लातर्फ..
बाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रमा हवाई सेवा अवरुद्ध
२१ पौष, काठमाण्डौँ । बाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रमा हवाई सेवा अवरुद्ध भएको छ । सोमबार विहान पनि तराईका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । आज विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका कारण उडान अवतरण ठप्प छ । अन्य विमानस्थलमा भने उडान–अवतरण भइरहेको छ..
ओली पक्षमा गए सांसद र मन्त्रीबाट हटाउने धम्की आयोः लेखराज भट्ट
२० पौष, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थाई कमिटी सदस्य समेत रहनुभएका उद्योगमन्त्री लेखराज भट्टले सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको दाबी गर्नुभएको छ । धनगढीमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टले आफ्नो पक्षमा धेरै सांसद देखाउन प्रचण्ड–माधव समूहले ब्ल्याकमेलिङ गर्न थालेको दाबी गर्नुभयो । केही दिनअघि संसदीय दलको बैठकमा प्रचण्ड–माधव समूहका ३० सांसद सहभागी भएको तर्फ संकेत गर्दै उहाँले भन्नुभयो ‘ब्ल्याकमेलिङ गरेर बनाएको ३० जनालाई मान्दिन..
प्रचण्ड–माधव समूहद्धारा थप नेताहरुलाई जिम्मेवारी
२० पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड समूहले आफ्ना नेताहरुलाई जिम्मेवारी बाँडफाँडको निर्णय गर्न थालेका छन् । आज बसेको बैठकले एकीकरणको बाँकी कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा १२ सदस्यीय गृहकार्य टोली गठन गरेको छ । टोलीमा भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, वर्षमान पुन, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, जर्नादन शर्मा, पम्फा भुसाल, घनश्याम भुसाल, लिलामणि पोखरेल, मातृका यादव र डा. वेदुराम भुसाल रहेका बताईएको छ ।..
राष्ट्रपतिको चरित्र हत्या हुने अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छः गृहमन्त्री थापा
१९ पौष, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले राष्ट्रपतिको चरित्र हत्या हुने गरी सामाजिक संञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताउनुभयो । मन्त्री थापाले भन्नुभयो–‘राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।’ संघले प्रधानमन्त्री र..
वैशाखमा निर्वाचन हुने कुरामा शङ्का नगर्न प्रधानमन्त्रीद्धारा आग्रह
१९ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा निर्वाचन हुने कुरामा शङ्का नगर्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आज काठमाडौँमा आयोजित नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको भेलामा संसद् पुनस्थापना हुने वा निर्वाचन पर सर्ने कुनै सम्भावना नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानु नेपाली जनताको चाहाना र मुलुकको आवश्यकता भएको हुनाले कसैले रोकेर नरोकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले लिम्पियाधुरा र..
फोहोरी राजनीतिविरुद्ध आफू नलाग्ने प्रधानमन्त्रीको उद्घोष
१८ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैलाउने काम नगर्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन प्रवासी नेपाली एकता मंञ्चको कार्यक्रममा सञ्चार एप्लीकेसन जुम मार्फत आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले दलहरूको अल्पमत र बहुमतको विबाद आगामी निर्वाचनको परिणमले समाधान गर्न हुनाले अहिले जनतामा निराशा आउने काम नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले निराश जनता देशको विकास र अग्रगमनका..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७