मुख्य समाचार
बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यलयमा
७ जेष्ठ, काठमाण्डौँ । संविधानको धारा ७६(५) अनुसार बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास पुगेका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस..
सहमतिका साथ सरकार बनाउन दलहरूलाई प्रधानमन्त्री ओलीको आग्रह
७ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका साथ राष्ट्रिय सरकार बनाउन दलहरूलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्थामा आफ्नै नेतृत्वमा सहमतिका साथ राष्ट्रिय सरकार बनाउन दलहरूलाई आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार बनाउन आफूले मार्ग प्रशस्त गरिदिएको उल्लेख गर्नुहुँदै आफूले छलेर सरकार कब्जा गर्न नखोजेको प्रष्ट..
नयाँ सरकार गठनका लागि विपक्षी दलहरु आपत्कालिन छलफलमा
७ जेष्ठ, काठमाण्डौँ । नयाँ सरकार गठनका लागि विपक्षी दलहरु आपत्कालिन छलफलमा जुटेका छन् । काँग्रेसले सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पुर्व पदाधिकारीहरूको बैठक बोलाएको छ भने माओवादीले पनि बैठक बोलाउने तयारी गरेको छ । काँग्रेसको बैठक सकिएलगत्तै पार्टीको छुट्टै र काँग्रेससँग संयुक्त छलफल गर्ने तयारी माओवादीले गरेको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा अर्को सरकार गठनका लागि २१ घण्टाको समय दिनुभएको छ । प्रधानमन्त्रीको..
नयाँ सरकार गठनका लागि राष्ट्रपतीद्वारा दलहरुलाई २१ घण्टाको समय
६ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । यसका लागि उहाँले दलहरुलाई जम्मा २१ घण्टा समय दिनुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जेष्ठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न..
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने
६ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत नलिने र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माणको मार्ग खोल्ने बताउनुभएको हो । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बन्नुभएको उहाँले उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ३० वैशाखमा प्रधानमन्त्री नियुक्त भएका ओलीले संविधान अनुसार ३० दिनभित्र अर्थात २८..
सर्वाेच्च अदालतको आदेशले ७ मन्त्री पदमुक्त
६ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्च अदालतले सांसद नभएका ७ जना मन्त्रीलाई दोस्रोपटक पुनः मन्त्री बनाउनुलाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीहरुको दोस्रोपटक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो । अदालतको अन्तरिम आदेशपछि ७ पूर्वमाओवादी मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । पदमुक्त हुनेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री..
राष्ट्रियसभा सदस्यको उप–निर्वाचन आज
६ जेष्ठ, काठमाण्डौँ । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडा–४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ । बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा नेकपा एमाले तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्नुभएको छ । यस्तै विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी..
प्रधानमन्त्री ओलीको आव्हान ‘बादललाई अत्यधिक बहुमतले विजयी गराऔँ’
५ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको भोलि हुन गैरहेको बाग्मती प्रदेशको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्धवार रामबहादुर थापा (बादल)लाई अत्यधिक बहुमतले जिताउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज एक वक्तव्य निकाल्दै निर्वाचनमा एकतावद्ध, संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाईमा पुर्याउने उल्लेख गर्नुभएको छ । त्यसैले यस निर्वाचनमा पार्टीका उम्मेद्धवार थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन उहाँले आह्वान गर्नुभएको..
एमालेको कार्यदल अलमलमा, बैठक अझै अनिश्चित
४ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदल अलमलमा परेको छ । औपचारिक बैठक नै बस्न नसक्दा कार्यदल अलमलमा परेको हो । यद्यपि नेताहरुले औपचारिक बैठक नबसे पनि आन्तरिक परामर्श र गृहकार्य भइरहेका बताएका छन् । गत आइतबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलबाट दुवैतर्फका पाँच/पाँचजना गरी १० सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले तीन दिनभित्र प्रतिवेदन तयार पार्ने भनिए पनि दुई दिनसम्म..
जसरी पनि यो सरकारलाई विस्थापित गर्नुपर्छः कांग्रेस सभापति देउवा
२५ वैशाख, काठमाण्डौँ । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आज संसदीय दलको बैठकमा निकै प्रष्ट देखिनुभएको छ । कांग्रेस नेताहरुका अनुसार देउवाले प्रष्ट भननुभएको छ–‘जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष अधिवेशन शुरु हुनु दुई दिनअघि शनिबार बिहान पदाधिकारी बैठक बसेको थियो भने दिउँसो संसदीय दलको बैठक..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७