ओली सरकारलाई माओवादीको समर्थन नहेको पत्र संसद सचिवालयलाई बुझाईदैँ

२२ वैशाख, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको हो । हिजो बसेको स्थायी कमिटी बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र आज बुझाउन लागिएको माओवादी..

विश्वासको मतमा प्रधानमन्त्री ओलीलाई फेल गराउने कांग्रेसको निर्णय

२१ वैशाख, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वासको मतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेल गराउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस पदाधिकारीहरुको आज बसेको बैठकले त्यसका लागि दलहरुसँग पहिला छलफल गर्ने निर्णय गरेको छ । बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने बताएको छ । ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई..

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकामा देउवाको आपत्ति

२१ वैशाख, काठमाण्डौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको काँग्रेसले विरोध गरेको छ । काँग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको आज बसेको बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश समेत जारी गरिएको भन्दै कडा विरोध गरेको हो । बैठकपछि सहमहामन्त्री डा.प्रकाश शरण महतले राष्ट्रपतिले संविधान र लोकतन्त्रको खिलाफमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाउनुभयो । बैठकले सो अध्यादेश जारी गर्ने निर्णयको भत्सर्ना गरेको महतले बताउनुभयो । राष्ट्रपति..

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुने

१९ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनुहुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिनुभएको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

नेपालमा आज थपिए ७ हजार २ सय ११ कोरोना संक्रमित, ३०–३९ उमेर समुहका धेरै

१९ वैशाख, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । युवा उमेर समुहकामा संक्रमण बढी देखिएको छ । आज सात हजार दुई सय ११ जना कोरोना संक्रमित थपिएको मध्ये ३० देखी ३९ वर्ष उमेर समुहका संक्रमितको संख्या बढी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २०–२९ वर्ष उमेर समुहको संक्रमितको सख्या १७ सय ६७ रहेको छ । यसैगरी, ४०–४९ वर्ष उमेर समुहको संक्रमितको संख्या १२ सय २०..

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

१९ वैशाख, काठमाण्डौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एकल बहुमतको आधारमा उहाँलाई मुख्यमन्त्री नियुक्त गरिएको पत्र दिइएको छ । पत्रमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ । उक्त धारमा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुने व्यवस्था..

खानेपानी मन्त्री थापालाई कोरोना सङ्क्रमण

१७ वैशाख, काठमाण्डौँ । खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिनुभयो । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उहाँको हिजो स्वाब सङ्कलन गरिएको थियो । उहाँकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो । मन्त्रीसहित उहाँको सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन । सङ्क्रमण पुष्टि..

जसपाका प्रदेशसभा सदस्यमाथी कारवाही हुनसाथ महन्थले पत्र पठाए सभामुखलाई

१६ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्य पदमुक्तसंगै अध्यक्ष महन्त ठाकुरले प्रदेश प्रमुखलाई पत्र पठाउनुभएको छ । प्रदेशसभा सचिवालयले आज सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी, कल्पना पाण्डे र विजयकुमार यादव पदमुक्त भएको सूचना प्रकाशित गरेको थियो । यी चार सांसदमध्ये पाण्डेय र यादव प्रत्यक्ष निर्वाचित सांसद ्हुन भने रायमाझी र कल्पना पाण्डे समानूपातिक सांसद हुन् । पार्टीको निर्देशनविपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा..

नेपाल समुहका एक्लो प्रदेश सांसदको स्पष्टोक्तिः म फ्लोर क्रस गर्दिन !

१६ वैशाख, कास्की । नेकपा एमाले नेपाल–खनाल समुहमा रहेका एक्लो गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफूलाई बदनाम गर्ने गरी विभिन्न कोणबाट अनावश्यक हल्ला चलाइएको भन्दै अशन्तुष्टी व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव पेश भइसकेको अवस्थामा आफू मन्त्री नबन्ने बताउनुभएको हो । हिजो सहज परिस्थितिमा आफूलाई वास्ता नगरिएको तर अहिले अविश्वास प्रस्ताव आइसकेपछि फ्लोर क्रस गर्ने त्रासले सरकारमा सामेल गर्न खोजिएको उहाँको भनाइ छ । तर..

दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीमा नियुक्त

१६ वैशाख, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले आज नै पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराउनुभएको हो । मन्त्रीमा नवनियुक्त मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित हुनुभएको थियो । मनाङ्गेलाई मन्त्री बनाएसँगै..