२९ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भाद्र महिनाको १६ गते देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । आज सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशन केही दिन पछि सार्ने निर्णय गरेको हो ।
यसअघि काँग्रेस महाधिवेशन भाद्र ७ गते देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो । काँग्रेसको क्रियाशील सदस्यता वितरणको काम केही बाँकी रहेकाले सार्ने निर्णय भएको जनाइएको छ ।
सभापति देउवाले केही दिनअघि विज्ञप्ति जारी गरी महाधिवेशन भाद्र महिनामा नै गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
देउवामाथि महाधिवेशन नगर्न बहानावाजी गरिरहेको आरोप लाग्दै आएको छ ।