२९ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेसले वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । हिजो बेलुका प्रदेश संसदीय दलको नेतृत्वमार्फत प्रदेश सभा सदस्य वैद्यलाई अभिव्यक्तिमा संयम र सजगता राख्न निर्देशन दिएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको बताउनुभएको छ ।
काँग्रेसले शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयम भएर अभिव्यक्ति दिन जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने समेत उल्लेख गरेको छ ।
बागमती प्रदेशसभाको नीति तथा कार्यक्रमबारे छलफलमा नेपाली काांग्रेसका प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री ओली प्रति विवादास्पत अभिव्यक्ती दिनुभएको थियो ।