मास्क कसरी प्रयोग गर्ने ? धुन मिल्छ कि मिल्दैन ?

२५ वैशाख, काठमाण्डौँ । हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने चलन पनि छ । के यस्तो गर्नु राम्रो हो  ? विज्ञहरु के भन्छन्  ? यति मात्र होइन, कपडाको मास्क लगाउनु ठीक हो कि होइन ? आफूलाई संक्रमण नभए पनि मास्क लगाएर हिँड्न किन जरुरी छ भन्ने अन्यौल हामीकहाँ अहिले पनि उत्तिकै छ । यिनै प्रश्न र जिज्ञासाबारे सरुवारोग विशेषज्ञ डाक्टर अनूप..

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

२५ वैशाख, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । वैशाख २७ गतेको प्रतिनिधिसभामा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दलको बैठक बोलाईएको हो । सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको वैशाख..

संवैधानिक परिषद्को बैठक आईतवार बस्दै, सभामुख सहभागी नहुने

२४ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आइतबारका लागि बैठक बोलाउनुभएको हो । तर सभामुख अग्निप्रसाद सापकोटा भने बैठकमा नजाने उहाँको सचिवालयले जनाएको छ । ‘यो प्रक्रिया र अध्यादेशविरुद्ध उहाँ अदालत जानुभएको हो । मुद्दा विचाराधीन अवस्थामा भएकाले बैठकमा जानुहुन्न’, सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले भन्नुभयो । तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी..

देउवा र प्रचण्डवीच भेटवार्ताः कुन–कुन बिषयमा छलफल भयो ?

२४ वैशाख, काठमाण्डौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता सम्पन्न भएको छ । वार्ताका लागि देउवा निवास बुढानिलकण्ठमा प्रचण्ड पुग्नुभएको थियो । आज साँझ दुई नेताबीच अबको रणनीति टुंगो लगाउनेबारे गम्भीर कुराकानी भएको बुझिएको छ । देउवा र प्रचण्डबीचको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्ने बिषयमा छलफल भएको थियो । स्रोतका अनुसार दुई नेताबीच बहुमतको सरकार बनाउने समिकरणबारे समेत कुराकानी..

एमालेको तर्फबाट बादलको उम्मेदवारी, हेलिकोप्टर मार्फत हेटौंडा प्रस्थान

२४ वैशाख, काठमाण्डौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) उम्मेदवार बन्नुभएको छ । उहाँ उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरबाट आज बिहान हेटौंडा पुग्नुभएको छ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेष्ठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिदैँछ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलपछि बादल बालुवाटारबाट हेलिकप्टर चढेर सिधै मकवानपुरको हेटौंडा पुग्नुभएको स्रोतले बताएको छ । २०७४..

राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन ओली समुह छलफलमा

२४ वैशाख, काठमाण्डौँ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई बालुवाटार बोलाउनुभएको छ । वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफलका लागि अध्यक्ष ओलीले बालुवाटार बोलाएको बताईएको छ । वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयनको समय आज तोकिएको छ । ओलीले बेलाएको बैठकमा अनौपचारिक छलफल मात्र हुने..

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता आज, ओली समुह अन्योलमा

२४ वैशाख, काठमाण्डौँ । बागमती प्रदेशमा जेष्ठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । हेटौँडामा खोलिएको निर्वाचन आयोगको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । एमाले प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उत्त पद रिक्त छ । उक्त रिक्त पदमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले संयुक्त रुपमा डा.खिमलाल..

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवावीच भेटवार्ता

२२ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली स्वयम सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास पुग्नुभएको थियो । राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले एमालेले तय गरेको उम्मेदवार वर्तमान गृहमन्त्री रामबहादुर थापाविरुद्ध गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहनुभएका ओली देउवालाई भेट्न बुढानीलकण्ठ जानुभएको हो । ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी हुनुहुन्थ्यो । ओलीले वैशाख २७..

नेपालको प्रस्तावः विश्वासको मत चाहिएको भने जेष्ठ २ मा फर्कौँ, नभए सामुहिक राजिनामा !

२२ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएसंगै माधव नेपालले आफु निकट संसदद्धारा एक शन्देश पठाउनुभएको छ । माधव नेपालनिकट सांसद सोमप्रसाद पाण्डेकाअनुसार नेपाल पक्षले आजमात्रै प्रधानमन्त्रीलाई एउटा प्रस्ताव पठाउनुभएको हो । उनकाअनुसार यदि अध्यक्ष ओली २०७५ जेष्ठ २ गते फर्किए भने उहाँलाई विश्वासको मत दिन सकिने प्रस्तावमा उल्लेख गरिएको छ । उहाँले भन्नुभयो,‘हामीले त पार्टी एकता बचाउनका लागि नै प्रयत्न गरिराखेको..

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो

२२ वैशाख, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान संसद सचिवालयमा पत्र दिँदै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाउनुभएको छ । यसअघि हिजो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । २०७४..