मुख्य समाचार

सत्ता समीकरणका लागि काँग्रेस, माओवादी र जसपाबीच आज छलफल हुँदै
२७ चैत्र, काठमाण्डौँ । सत्ता समीकरणका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाबीच आज छलफल हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई छलफलका लागि बोलाउनुभएको हो । देउवाले आज ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । माओवादी र जसपा सँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय..

सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्नियुक्ति गर्ने प्रधानमन्त्रीको तयारी
२७ चैत्र, काठमाण्डौँ । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुवै पदबाट पदमुक्त भएका हुन् । आजको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराउनुभएको हो । चारै जना..

माओवादी केन्द्रले सरकारमा सहभागी चार मन्त्रीको सांसद् पद खोसिदियो
२४ चैत्र, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको छ । उक्त निर्णय आज संसद सचिवालयमा दर्ता भएको छ । चारै जना मन्त्रीहरु सांसद नरहेको कुरा माओवादी केन्द्रले आज संसद् सचिवालयलाई जानकारी गराएको हो । यसअघि पार्टीले ती नेताहरुलाई तत्काल पार्टीमा फर्किनको लागि आग्रह गरेको थियो । पछि, २४ घण्टे स्पष्टीकरणसमेत सोधेको थियो । तर ती..

स्वास्थ्य मापदण्ड अनिवार्य गर्न स्वास्थ्य मन्त्री त्रिपाठीको आव्हान
२४ चैत्र, काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना सङ्क्रमणको अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको सोबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्यमार्फत अहिलेसम्म सरकारले गरेका काम र अवस्थाबारे जानकारी दिँदै उहाँले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सर्तकता र सावधानी आवश्यक भए पनि आतङ्कित भने नहुन सबैसगँ आग्रह गर्नुभएको हो । आगामी असार..

पुनः काठमाडौं प्रवेशमा कडाइ गर्ने निर्णय
२४ चैत्र, काठमाण्डौँ । कोरोनाभाइरस संक्रमणका कारण पुनः काठमाडौं प्रवेशमा कडाइ गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको हो । यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिए शंकास्पद लागेमा पीसीआर टेस्टका लागि स्वाब संकलन गरी पठाउने निर्णय पनि..

पूर्वी नेपालमा भुकम्पको धक्का महशुुस
२३ चैत्र, झापा । पूर्वी नेपालको झापा जिल्ला सहित आसपासका क्षेत्रहरुमा भुकम्पको धक्का महशुुस भएको छ । प्रदेश–१ का झापा, इलाम, मोरङ सहितका जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको स्थानियहरुले बताएका छन् । अमेरीकी जियोलोजिकल सर्भेका अनुसार भारतको गान्तोक शहरको दक्षिण पूर्वी क्षेत्रलाई केन्द्र विन्दु बनाएर ५ रेक्टरस्केलको भुकम्प गएको हो । यसको असर नेपालका केही जिल्लामा सहित भारत, बांलादेश, भुटान र चाईनाका केही क्षेत्रमा परेको अमेरीकी जियोलोजिकल सर्भेले आफ्नो वोईवसाईटमा..

वायु प्रदूषणः अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन विज्ञको सुझाव
२३ चैत्र, काठमाण्डौँ । काठमाडौँ सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर..

देशभर वायु प्रदुषणको मात्रा फेरी बढ्यो, काठमाण्डौँ विश्वकै प्रदुषित शहर
२३ चैत्र, काठमाण्डौँ । देशभर वायु प्रदुषणको मात्रा बढेसंगै काठमाण्डौँ विश्वकै प्रदुषित शहर बनेको छ । बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो । स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार आज बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ छ र काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ । वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ । धनगढी..

पेट्रोल, डिजेल र मटितेलको मुल्य बढ्यो (नयाँ मुल्य सुची हेर्नुहोस्)
२३ चैत्र, काठमाण्डौँ । नेपाल आयल निगमले गएराती देखी इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो । स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २÷२ रुपैयाँ बढाउनुपरेको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य रु १२० रुपैयाँ र डिजेल मटितेलको रु १०३ रूपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास तथा..

पौडेललाई ठाकुरको जवाफः अहिले ओली जीसंग कुरा भईरहेको छ
२२ चैत्र, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग भेट गर्नुभएको छ । काँग्रेस नेता पौडेल अध्यक्ष ठाकुरको हात्तिवनस्थित निवासमै पुग्नुभएको थियो । ठाकुरको मनशाय बुझ्न र नयाँ सरकारका लागि समिकरण बनाउन पहलका लागि पौडेल त्यहाँ पुगेको स्रोतको भनाई छ । काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरिसकेको र सत्ता समिकरणका लागि जसपाले उठाएको मुद्दा सम्बोधन गर्नेबारे पौडेलले कुराकानी गर्नुभएको..