बाग्मती प्रदेश सांसद वैद्यललाई कारवाही गर्न एमालेको माग

बाग्मती प्रदेश सांसद वैद्यललाई कारवाही गर्न एमालेको माग

२९ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेले नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हिजो दिएको अभिव्यक्तिको भत्र्सना गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज एक विज्ञप्ति जारी गर्नुहुँदै वैद्यलाई कारबाही गर्न माग गर्नुभएको छ ।

ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार रहेको भन्ने वैद्यको अभिव्यक्तिलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको र नीजलाई फौजदारी अभियोगमा कार्वाही गर्नु पर्ने उल्लेख गर्नुभएको छ । ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

वैद्यले हिजो बागमती प्रदेशसभामा बोल्दै प्रधानमन्त्री ओलीको हत्या गर्नका लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको र कोही नभए आफू त्यो बन्ने भन्ने अभिव्यक्ति दिनुभएको थियो । नाथुराम गोट्से महात्मा गान्धीको हत्यारा हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर