गण्डकी प्रदेश प्रमुख पौडेलद्धारा नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेश प्रमुख पौडेलद्धारा नयाँ सरकार गठनका लागि आह्वान


२८ जेष्ठ, कास्की । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ बमोजिमको प्रदेश सरकार गठनको लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि आज पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा भोली शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ । नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो बहुमत रहेको दाबी गर्ने तयारी गरेका छन् ।

गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएसँगै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको हो । बिहीबार पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकेर ढलेको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । मनाङले मन्त्री पदबाट राजीनामा दिएर सघाउने घोषणा गरेपछि ३१ मत पुगेको छ ।

यससँगै गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत पुगेको छ । योसँगै संविधानको धारा १६८(५) अनुसारको मुख्यमन्त्री बन्न सक्ने बाटो खुलेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर