सर्वाेच्चको आदेशविरुद्ध एमाले ‘भ्याकेट’मा जान्छः नेता नेम्वाङ

सर्वाेच्चको आदेशविरुद्ध एमाले ‘भ्याकेट’मा जान्छः नेता नेम्वाङ


३० जेष्ठ, काठमाण्डौँ । कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमाले उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट)मा जाने भएको छ ।

उक्त आदेशविरुद्ध पार्टी पुनरावलोकनका लागि सर्वाेच्च जान लागेको एमाले संसलीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो । नेता नेम्वाङले आफूहरु प्रकृयालाई मान्ने भन्दैै कर्णालीका बारेमा केही प्रश्नहरु उठेकाले पुनरावलोकनका लागि जान लागेको बताउनुभयो । नेता नेम्वाङले अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने तर अनावश्यक दबाव नदिने दावी समेत गर्नुभयो ।

सर्वाेच्चको आदेशले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई नचिन्ने भन्दै उसले गरेका कामकारवाहीले समेत मान्यता नपाउने भनेको छ । कर्णालीका चार सांसदलाई एमालेको नवौ महाधिवेशन आयोजक कमिटीको बैठक बसेर कारवाही गर्ने निर्णय गरेको थियो ।

नेकपा एमालेमा विवाद चर्किरहेका बेला सर्वाेच्चले दिएको यो आदेशबाट एमालेको ओली पक्षले गत फाल्गुन २३ पछि गरेका सवै निर्णयहरु अवैद्य ठहरिएपछि आक्रोशित बनेको एमाले भ्याकेटमा जान लागेको हो ।

नेकपा एमाले एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पनि उक्त आदेशविरुद्ध पार्टी पुनरावलोकनमा जाने निश्चित रहेको बताउनुभयो । उहाँले यसका लागि छलफल जारी रहेको भन्दै केही दिनभित्रै टुंगोमा पुग्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर