मुख्यमन्त्री नेपालीको पहिलो निर्णयः पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा उपलब्ध गराउने

मुख्यमन्त्री नेपालीको पहिलो निर्णयः पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा उपलब्ध गराउने


३० जेष्ठ, काठमाण्डौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले यो संगै विभिन्न निर्णयहरु गरेको मुख्यमन्त्री कार्यलयले जनाएको छ ।

शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आज विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले संघको सुविधा समेत हरेर पूर्व मुख्यमन्त्रीको सुविधा तोक्ने भएको छ ।

त्यसैगरी सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री कुमार खड्कालाई जिम्मेवारी तोकिएको छ । ‘के कस्तो सुविद्या दिने भन्ने अहिले नै निर्णय भएको छैन । तर उहाँहरुको पदीय जिम्मेवारी अनुसारको उचित सम्मान हुनेगरी व्यवस्था गर्नुपर्छ’, प्रवक्ता कुमार खड्काले भन्नुभयो, ‘त्यसका लागि अब, हामीले एउटा कार्यविधि बनाएर सेवा सुबिधा तोक्ने तयारी गर्ने छौं ।’

प्रवक्ता खड्काले सरकारले छिट्टै नै विश्वासको मत लिने तयारी थालेको बताउनुभयो । विश्वासको मत नलिइकन सरकारले महत्वपूर्ण कार्यहरु गर्दा प्रश्न समेत उठ्ने भएकाले सरकारले छिट्टै विश्वासको मत लिने उहाँले बताउनुभयो । प्रवक्ता खड्काले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका अर्थमन्त्रीको सल्लाहमा बजेट ल्याउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर