मुख्य समाचार

जुम्लाको ढिपु गाउँमा आगलागी, ३५ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर
२२ चैत्र, काठमाण्डौँ । जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्ली गाउँमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार आगो अझै नियन्त्रण बाहिर रहेको छ । प्रर्याप्त पानी नभएको कारण आगो नियन्त्रणमा आउन सकेको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयो । ३५..

प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी
२२ चैत्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको छ । २३ चैत्रभित्र नै अविश्वासको प्रस्ताव ल्याउने गरी तयारी भएको स्रोतको भनाई छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरण बनाएर अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको हो । त्यसका लागि भित्री रुपमा गृहकार्य भइरहेको बताएको छ । प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले..

प्रधानमन्त्रीको राजीनामा माग्ने कांग्रेसको निर्णय
२१ चैत्र, काठमाण्डौँ । नेपाली कांग्रेसको शुक्रबार राति सानेपामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको हो । अब आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्नेसमेत कांग्रेसले निर्णय लिएको छ । बैठकको निर्णयपछि अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिँदै आएको अलमल समाप्त भएको छ । अब कांग्रेसले ओली..

भारतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि काँकरभिट्टा नाकामा कडाई
२० चैत्र, झापा । भारतमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि भारतको पश्चिम बंगालस्थित रानीगञ्ज पानीट्यांकीसँग सीमा जोडिएको नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा समेत कडाइ गर्न थालिएकोे छ । स्थानीय प्रशासनका अनुसार छिमेकी मुलुक भारतका विभिन्न मुख्य शहरहरुमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि कामको खोजीमा गएका नेपालीहरु केही दिनयता यो नाका भएर घर फर्कन थालेका छन् । संक्रमण देखिएका ठाउँबाट आएका नेपालीबाट संक्रमण फैलिने डरले आवतजावतमा कडाइ गरिएको इलाका प्रहरी..

घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिनाका लागि निलम्बत
१९ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि निलम्बन गर्नुभएको छ । यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि साधारणसदस्यमेत नरहनेगरि निलम्बन गरिएको थियो । यी चारै जना नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले यसअघि स्पष्टीकरण सोध्नुभएको थियो । नेताहरुको स्पष्टीकरणत्रको जवाफ चित्त बुझ्दो नआएको भन्दै कारबाही गरिएको बताईएको छ । चारै जना नेताहरुलाई..

नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर
१९ चैत्र, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर गरिदिएको छ । नेकपाको दर्ता खारेज गर्ने सर्वाेच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले गत मंगलबार रिट दायर गर्नुभएको थियो । सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज चढेको थियो । तर अदालतले फाल्गुन २३ कै फैसलालाई सदर गर्दै निस्सा दिन अस्वीकार गरेको हो । तत्कालीन..

आज तराईमा होली पर्व मनाइँदै
१६ चैत्र, विराटनगर । आज तराईका जिल्लाहरुमा होली पर्व मनाइँदैछ । रंगहरूको पर्व होली तराई तथा मधेसका जिल्लाहरूमा हर्षाेलासका साथ मनाइँदैछ । पहाडी जिल्लामा हिजो नै फागु पूर्णिमा अर्थात होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाईदैँ छ । होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम..

बागलुङमा होली खेल्ने क्रममा झडप हुँदा दुुई जनाको मृत्यु
१६ चैत्र, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका होली खेल्ने क्रममा दुुई समूहबीच झडप हुँदा दुुई जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होली खेल्न गएको युवाहरुको दुुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको बागलुङका प्रहरी प्रमुख एसपी कृष्ण बहादुर पल्लीमगरले बताउनुभयो । घटनामा निसीखोलाका केही युवाहरु घाइते भएका छन् । बल्देधुरीमा होलीका..

ओलीले मलाई घोक्र्याएर एमालेमा फर्काउन बाध्य बनायोः माधव नेपाल
१४ चैत्र, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर एमाले पार्टीमा फर्काइएको प्रतिकृया दिनुभएको छ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको दया र कृपा रहुञ्जेल ओली सरकार टिकिरहने नेता नेता नेपालको तर्क छ । आज काठमाडौंमा बृहत नागरिक आन्दोलनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेता नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको हो । नेकपा खारेज गर्ने सर्वाेच्च अदालतको फाल्गुन २३ गतेको निर्णयलाई संकेत..

विद्यार्थी नेताहरुको एउटै आवाजः स्ववियु निर्वाचन हुनुपर्छ !
१४ चैत्र, काठमाण्डौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चासो देखाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिसँग त्रिविले आगामी जेष्ठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति जनाएको छ । नेविसंघ त्रिवि समितिले पाँच बुँदे माग राखेर ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियु निर्वाचन गर्नेगरी त्रिवि र नेविसंघबीच ९ चैत्रमा सहमति भएको थियो । उक्त सहमतिको विद्यार्थी संगठनले स्वागत गरेका छन् । सत्तारुढ नेकपा एमाले..