चार सय ३० कैदीबन्दीलाई माफी मिनाहा

१४ जेष्ठ, काठमाण्डौँ । सरकारले चार सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेष्ठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गर्नुभएको हो । मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धा सुनुवाइको लागि संवैधानिक इजलास गठन

१४ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्व अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरेको छ । इजलासमा न्यायाधीशहरु प्रधानन्यायाधीश जबरा, दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुहनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वाेच्च अदालतले गरेको थियो ।

प्रधानमन्त्री ओलीले देशवाशीको नाममा सम्बोधन गर्नुहुने

१४ जेष्ठ, काठमाण्डौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवाशीको नाममा सम्बोधन गर्नुहुने भएको छ । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुनेछ । संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेष्ठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर, गत ७ जेष्ठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ ।..

एमाले सुदूरपश्चिम कमिटीले फिर्ता बोलायो आफ्ना तीन मन्त्रीलाई

१३ जेष्ठ, काठमाण्डौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । प्रदेश समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिनुभएको हो । सचिव रावलका अनुसार पार्टीको स्थायी..

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा आजबाट सुनुवाइ हुँदै

१३ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटहरूमध्ये १९ वटामा आजबाट सुनुवाइ हुँदै छ । संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका बाँकी ११ रिटको सुनुवाइ भने भाली शुक्रबार हुने छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि आजदेखि सुनुवाइ सुरु गर्ने भएको हो । सरकारको सिफारिसमा जेष्ठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि..

माधव पक्षीय १५ नेताद्धारा ओलीको चर्काे आलोचना

१२ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेभित्रका माधवकुमार नेपाल पक्षीय १५ नेताले विज्ञप्ति निकाल्दै पार्टी अध्यक्ष केपी ओलीको चर्काे आलोचना गरेका छन् । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित तत्कालीन स्थायी कमिटी सदस्यहरुले ओलीलाई अवैध अध्यक्ष भन्दै स्वेच्छाचारी काम गरिरहेको आरोप लगाएका हुन् । माधव नेपाल, झलनाथ खनालसहितका १५ नेताले ओलीको कदमलाई निरंकुश र प्रतिगामी भन्दै त्यसविरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन आग्रह समेत गरेका छन् । नेताहरुले विज्ञप्तिमा भनेका छन्,..

एमाले सुदूरपश्चिम संसदीय दलको बैठकको निर्णय सह्य नहुने इन्चार्ज भट्टको भनाई

१२ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने प्रदेशसभा संसदीय दलको बैठकको निर्णय सह्य नहुने बताउनुभएको छ । पार्टीको निर्देशन विपरित सुदूरपश्चिम प्रदेशमा निर्णय भएको भन्दै उहाँले अब के गर्ने भनेर पनि विधानमै खोजिने बताउनुभएको हो । आज बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ । जबकि अध्यक्ष केपी शर्मा..

भावी रणनीतिबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक शुरु

८ जेष्ठ, काठमाण्डौँ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी आज विहान नयाँ निर्वाचनको मिति तोक्नु भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित विपक्षी गठबन्धनको बैठक शुरुभएको छ । बैठक विहान ११ः१५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा शुरुभएको नेपाली काँग्रेसका सभपति शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार विपक्षी गठबन्धनमा आवद्ध सबै दलका नेताहरुको बैठकमा सहभागीता रहेको छ..

प्रतिनिधिसभा विघटन, मध्यावधि निर्वाचनको घोषणा

८ जेष्ठ, काठमाण्डौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कार्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को (७) बमोजिम प्रतिनिधिसभा बिघटन गरी अर्काे प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन २०७८ साल मंसिर ३ गते शुक्रबारका लागि तोक्नु भएको राष्ट्रपति कार्यालयका..

ओली भर्सेज देउवाः कस्ले बाजी मार्लान् ?

७ जेष्ठ, काठमाण्डौँ । नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष वर्तमान सरकारका प्रधानमन्त्री केपि शर्मा ओली र कंग्रेस सभापती शेरवहादुर देउवाको दाबी पेश भएको छ । नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नुभएको छ । त्यस्तै काँग्रेस सभापति देउवाले जनता समाजवादी पार्टीका १३ जना र नेकपा एमालेका २७ जनासहित १..