हस्ताक्षर फिर्ता बारे आन्तरीक छलफल गर्दै माधव समुह

१९ असार, काठमाण्डौँ । नेकपा (एमाले)का माधव कुमार नेपाल समुह आन्तरिक छलफलमा जुटेका छन् । हिजो बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहति २३ जना सांसदलाई सोमबार साँझ ५ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि नेता नेपाल अब के गर्ने भन्नेबारे निर्णय लिनको लागि आन्तरिक छलफलमा जुटेका हुन् । नेता नेपालनिकट नेता सोमप्रसाद पाण्डेले नेता नेपाल कोर टिमसँग छलफलमा जुटेको पुष्टि गर्नुभयो । उहाँले..

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

१९ असार, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको सांगठनिक काम कारबाहीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । आजको बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने तामाङले बताउनुभयो । आगामी मङ्सिर २ देखि ६ मा हुने भनेको महाधिवेशन समयका कारण सार्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ..

एमाले उपाध्यक्ष वामदेव गौतम बालुवाटारमा

१८ असार, काठमाण्डौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा भाग लिनको लागि उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुग्नुभएको छ । वामदेवका छोरा हरिश गौतमले वामदेव २०७५ जेष्ठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थान गरेको जनाएको छ । एमालेभित्रको विवादमा वामदेव तटस्थ रहनुभएको छ । तर, उहाँ पार्टी एकताको पक्षमा उभिनुभएको छ । उता, वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने बैठकमा सहभागी नहुने भएको छ । हिजै..

राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश

१७ असार, काठमाण्डौँ । राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्नुभयो । उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन..

एमालेको माधव समूह भोलीको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

१७ असार, काठमाण्डौँ । नेकपा एमालेका माधव नेपाल समूहले भोलीको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । आज बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो । भोली बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक..

पूर्वमाओवादीका ४ सहित ८ नेता एमाले स्थायी कमिटीमा

१६ असार, काठमाण्डौँ । नेकपा एमालेले पूर्वमाओवादी छाडी एमाले प्रवेश गरेका नेताहरूसहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी नेताहरूको अवस्था के हुन्छ भन्ने कौतुहल थियो । आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो । जसअनुसार रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पार्टीको..

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षका ११ नेताको कारवाही पनि निष्क्रिय

१६ असार, काठमाण्डौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बालुवाटारमा बसेको हो । बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । २०७७ चैत्र ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि महाधिवेशन आयोजना गर्न केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा..

केन्द्रीय सदस्यहरूको भेला बोलाउने काँग्रेस नेतात्रयको निर्णय

१५ असार, काठमाण्डौँ । नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले आफु निकट केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् । पूर्वमहामन्त्री सिंहको निवास चाक्सिवारीमा भएको तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो । छलफलको दायरालाई फराकिलो बनाएर सबैसित कुराकानी गर्दै जाने कुरामा नेतात्रय सहमत भएका छन् । शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास टोखामा पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरुसँग छलफल..

एमालेको बैठकमा माधव समुहका नेताहरुलाई पनि बोलाईयो

१५ असार, काठमाण्डौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यसअघि कारबाहीमा परेका नेताहरुबाहेक सबैलाई बैठकमा उपस्थित हुन जानकारी गराईएको छ । आयोजक कमिटीको बैठकमा माधव नेपाल, झलनाथ खनाल बाहेकका सबै नेतालाई खबर गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । ‘पार्टी बैठकमा यसअघि कारबाहीमा परेका बाहेक सबैलाई बोलाइएको छ’, उहाँले भन्नुभयो, ‘बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।’ बैठकले राष्ट्रिय प्रतिनिधि परिषद..

कृषि मन्त्री नेम्वाङ धान रोप्दै

१५ असार, काठमाण्डौँ । राष्ट्रिय धान दिवसको अवसमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धान रोप्नुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा भएको रोपाईमा मन्त्री नेम्वाङले धान रोप्नु भएको हो । आज देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् । निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको हो । कृषि मन्त्रालयका अनुसार असार १५ गतेसम्म देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको..