मुख्य समाचार
जसपाका दुवै खेमाका नेताहरु पार्टी विभाजन गर्न तयार
२२ असार, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । सहमति कायम गर्न निर्वाचन आयोग पुगेका दुवै पक्ष अलग–अलग पार्टी बनाएर जान सहमत भएपछि फुट निश्चित भएको हो । आधिकारिकता सम्बन्धी विवादमा छलफलका लागि निर्वाचन आयोग कार्यालय पुगेका दुवै पक्षका नेताहरु फुटेर अघि बढ्न सहमत भएका हुन् । छलफलमा दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।..
एमाले कार्यदलको बैठक आज पनि बिना निश्कर्ष टुंङ्गियो
२२ असार, काठमाण्डौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बिना निश्कर्ष सकिएको छ । बैठकमा कुनै सहमति हुन नसकेको बताईएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताउनुभयो । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलले आज सिंहदरबारमा दोस्रो चरणको बैठक बसेको थियो । बैठक भने सकारात्मक ढंगले अघि बढेको..
आईएमईआई दर्ता नगरेका मोवाईल श्रावण १ पछि नचल्ने
२२ असार, काठमाण्डौँ । श्रावण १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा साथीभाइले उतै किनेर नेपाल पठाइदिएका मोबाइलहरुको हकमा भने व्यक्ति स्वयंले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने बताईएको छ । श्रावण १ गते अगाडिदेखि नै प्रयोगमा आइरहेका मोबाइल सन्चालनमा भने समस्या नआउने..
एमाले कार्यदल ब्यूँतियो, सिंहदरबारमा बैठक बस्दै
२१ असार, काठमाण्डौँ । नेकपा एमालेको कार्यदल पुनः ब्यूँतिएको छ । एकता जोगाउन गठित कार्यदलको बैठक आज बेलुका सिंहदरबारमा बस्ने जनाईएको छ । कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक हुनुहुन्छ भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक हुनुहुन्छ भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहनुभएको छ । जेष्ठ २..
हस्ताक्षर फिर्ता लिन ओलीले माधवलाई दिएको अल्टिमेटम सकिँदै, हस्ताक्षर फिर्ता नहुने
२१ असार, काठमाण्डौँ । नेकपा एमालेले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम आज साँझ सकिँदैछ । एमाले केन्द्रीय कमिटीको असार १८ र १९ गते बसेको बैठकले देउवालाई दिएको समर्थन फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्चको फैसला आउँदासम्म ज–जसको हस्ताक्षर देउवाको पक्षमा कायम रहन्छ उनीहरु एमाले हुन नसक्ने बताइसक्नुभएको छ । बैठकपछि पनि..
प्रधानमन्त्री ओली भेट्न भीम रावल बालुवाटारमा
२० असार, काठमाण्डौँ । नेकपा एमाले माधव समुहका नेता भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार प्रवेश गर्नुभएको छ । ओलीकै बोलावटमा उहाँ बालुवाटार पुगेको स्रोतले बताएको छ । एमाले केन्द्रीय समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमको समय भोली सकिँदैछ । त्यसअघि नै दुई पक्षबीच सहमति जुटाउन दोस्रो..
काठमाडौँ उपत्यकामा जोर–बिजोर प्रणाली हट्यो, निषेधाज्ञा भने जारी
२० असार, काठमाण्डौँ । काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । बैठकले यही असार २२ गतेदेखि ३१ गतेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर बिजोर प्रणाली हटाइएको हो । काठमाडौँ..
अझै तीन दिन बर्षा नरोकिने
२० असार, काठमाण्डौँ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले वर्षा हुने क्रम जारी रहेको छ । हाल तराईका भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा सक्रिय रहेकाले प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ । आगामी सोमबारसम्म ती स्थानमा सामान्यदेखि भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मुलुकभरका ठूला तथा साना..
हस्ताक्षर फिर्ता नभए एमाले एकता सम्भव छैनः प्रधानमन्त्री ओली
१९ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले अब एमाले अगाडि बढ्ने उद्घोष गर्नुभएको हो । ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गर्नुभयो । ‘जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने,..
एमाले एकताका लागि निर्णयक छलफलमा दोस्रो तहका नेताहरु
१९ असार, काठमाण्डौँ । नेकपा एमालेको एकताका लागि निरन्तर वार्तामा रहेका दोस्रो तहका नेताहरु आज निर्णयक छलफलमा जुटेका छन् । सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भए पनि वरिष्ठ नेता माधव नेपाल असहमत हुनुहुन्छ । वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी महासचिव घनश्याम भुसाल नेपालनिवास कोटेश्वर प्ग्नुभएको छ । भुसाल फर्किएपछि वार्ता थप अघि बढ्ने बताइएको छ । सानेपास्थित होटल समिटमा जारी वार्तामा अध्यक्ष ओली पक्षबाट उपमहासचिव..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७