बजेट कार्यान्वयनको अभियानलाई भोलिदेखि नै तिव्रता दिन्छुः अर्थमन्त्री पौडेल

१६ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ आएको स्पष्ट पार्नुभएको छ । उहाँले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गर्नुभएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार अर्थ मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलेले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका..

जसपा विवादः दुवै पक्षको अल्टिमेटम सकियो, अव के होला ?

१६ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको विवाद यतिबेला उत्कर्षमा छ । पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले आज एक अर्कालाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधेका थिए । जसको म्याद आजै सकिएको छ । पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधान २०७७ बमोजिम निस्कासनसम्मको कारवाही हुने चेतावनी दिइएको थियो । तर, हालसम्म..

जसपा फुटको संघारमा, एक–अर्काको स्पष्टीकरणको म्याद आज सकिँदै

१६ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटको संघारमा पुगेको छ । पार्टी भित्रका दुवै समूहबाट फुटको अन्तिम अस्त्र प्रयोग भएको छ । पार्टीका अध्यक्षद्वयले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको म्याद आजै सकिँदैछ । यसअघि दुबै अध्यक्षले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न जेष्ठ ११ गते एक–अर्कालाई पत्र पठाएका थिए । दुबै पक्षले कसैलाई जवाफ नदिएपछि हिजो फेरि एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधिका हुन् । जसपा..

प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पनि सुनुवाइ हुँदै

१६ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा शुक्रबार यो मुद्दमा पहिलो सुनुवाइ भए पनि बहस नसकिएपछि आज पुनः सुनुवाइ हुन लागेको हो । शुक्रबार ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको छ । संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की,..

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

१५ जेष्ठ, काठमाण्डौँ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ दुई खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन खर्ब ८६ अर्ब ७१..

आज अपरान्ह ४ बजे बजेट सार्वजनिक हुँदै

१५ जेष्ठ, काठमाण्डौँ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्नुहुने छ । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो । बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ ।..

आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

१५ जेष्ठ, काठमाण्डौँ । आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । कोरोना महामारीको कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेष्ठ ८ गते विघटन भएको संसद पुनस्र्थापना गर्नुभयो । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रुपमा स्थापित भयो..

चार सय ३० कैदीबन्दीलाई माफी मिनाहा

१४ जेष्ठ, काठमाण्डौँ । सरकारले चार सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेष्ठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गर्नुभएको हो । मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धा सुनुवाइको लागि संवैधानिक इजलास गठन

१४ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्व अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरेको छ । इजलासमा न्यायाधीशहरु प्रधानन्यायाधीश जबरा, दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुहनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वाेच्च अदालतले गरेको थियो ।

प्रधानमन्त्री ओलीले देशवाशीको नाममा सम्बोधन गर्नुहुने

१४ जेष्ठ, काठमाण्डौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवाशीको नाममा सम्बोधन गर्नुहुने भएको छ । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुनेछ । संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेष्ठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर, गत ७ जेष्ठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ ।..