नवनियुक्त प्रधानमन्त्री देउवाद्धारा ४ सदस्य मन्त्रिपरिषद् गठन

२९ असार, काठमाण्डौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त हुनुभएको छ भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्रीमा नियुक्त हुनुभएको छ । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्नुभएको छ । नवनियुक्त चारैजना मन्त्रीले आज नै पद तथा..

एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछः प्रधानमन्त्री ओली

२९ असार, काठमाण्डौँ । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट आज देशवासीको नाममा सम्बोधन गर्नुभएको छ । सर्वाेच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । ओलीले सरकारबाट विदा लिनुभन्दा अघि आज देशवासीको नाममा सम्बोधन गर्नुभएको छ । उहाँले आफ्नो नेतृत्वको सरकारले थालेको अग्रगमनको यात्रा कसैलेपनि विथोल्न नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘अग्रगमनको यात्रा कसैले पनि विथोल्न सक्दैन् । सूर्यको प्रकाशलाई कसैले पनि छेक्न..

राष्ट्रपतिद्धारा देउवा प्रधानमन्त्रीमा नियुक्त, सपथका लागि साइत पर्खदैँ

२९ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६(५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । देउवा प्रधानमन्त्री नियुक्त भएपनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताउनुभयो । देउवा अहिले गठबन्धनसँग छलफलमा हुनुहुन्छ । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्नुहुने

२९ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । आज दिउसो दुई बजे प्रधानमन्त्री ओलीले देशवासीका नाउँमा सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो दुई बजे सिंहदरबारबाट सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले सामाजिक संजालमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्रीले सर्वाेच्च अदालतले हिजो गरेको फैसला पछिको लगायत समसामयिक विषयमा सम्बोधन गर्ने बुझिएको छ । प्रधानमन्त्रीको सम्बोधन गर्नुहुने भएसँगै आज..

विपक्षी गठबन्धनको बैठक सकियो, एमाले माधव समुह गठबन्धनमा अब नरहने

२८ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतको ऐतिहासिक फैसला आएपछि केपी शर्मा ओलीविरोधी गठबन्धनको बैठक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बस्यो । बैठकमा सर्वाेच्चको निर्णयपछिको समिक्षा गर्दै भावी कदमबारे छलफल भएको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बताउनुभयो । कोटेश्वर बैठकमा ओलीविरोधी गठबन्धनले खुशियाली मनाएको बुझिएको छ । नेताहरु निकै दंग रहेर छलफलमा भाग लिएको बुझिएको छ । बैठकमा नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र..

सरकार गठनबारे गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गर्छुः शेरबहादुर देउवा

२८ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको बताउनुभएको छ । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको उहाँले बताउनुभयो । संसद विघटनलाई बदर गरेको सर्वाेच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमाआदेश सकेत दिएको छ । यसबारे सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिएका देउवाले भन्नुभयो–‘निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ ।’ सरकार गठनबारे..

एमाले लोकतान्त्रिक मूल्य–मान्यता मान्ने शक्ति भएकाले अदालतको फैसला मान्छौँः सुवास नेम्वाङ

२८ असार, काठमाण्डौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वाेच्च अदालतको फैसला गलत भए पनि स्वीकार गर्ने बताउनुभएको छ । नेकपा एमाले संविधान, लोकतान्त्रिक मूल्य र मान्यता मान्ने शक्ति भएकाले अदालतको फैसला मान्ने नेम्वाङले बताउनुभयो । ‘यो फैसला प्रति सहमत हुन सक्ने ठाउँ देखिदैन । तर यति हुँदाहुँदै पनि कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएको कारण सर्वाेच्च अदालतको यो गलत निर्णयलाई हामी मान्छौं’,..

सर्वाेच्चद्धारा संसद विघटन बरद

२८ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतले संसद विघटन बरद गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको हो । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेष्ठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गर्नुभएको तियो । वैशाख ३० गते संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा..

विपक्षी गठबन्धनमा विद्यार्थी संगठनद्धारा शंख फुकेर विरोध प्रदर्शन

२७ असार, काठमाण्डौँ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले आज शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भई विद्यार्थी नेता कार्यकर्ताहरुले शंख फुकेर विरोध जनाएका हुन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधवकुमार नेपाल निकटको अनेरास्ववियु, जसपाको उपेन्द्र यादव निकटको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन् । विद्यार्थी संगठनहरुले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेका..

सर्वाेच्चमा विचाराधीन मुद्दामा मौन बस्न ओली पक्ष तयार

२६ असार, काठमाण्डौँ । नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलले सहमतिका लागि भोलि आइतबारको अर्काे भाका राखेको छ । नेताहरुका अनुसार कार्यदल स्तरमा भोलि भोलीसम्मा निष्कर्षमा पुग्न प्रयास हुने बताईएको छ । लामो समय अनौपचारिक र सोमबारदेखि निरन्तर कार्यदलस्तरमा वार्ता गरेका दोस्रो तहका नेताहरुले शुक्रबार नै सहमतिनजिक पुगेको दाबी गरेका थिए । तर आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले पनि सहमतिलाई अन्तिम रुप दिन सकेन । कार्यदलका एक सदस्यका अनुसार २..