२३ श्रावण, काठमाण्डौँ । कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि आज बोर्डको बैठक बस्न लागेको हो ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही श्रावण ३१ गतेदेखि ९ दिनसम्म संञ्चालन गर्ने परिक्षा तालिका सार्वजनिक गरेको थियो ।