
२४ श्रावण, काठमाण्डौँ । नेकपा एमालेले भोलीका लागि स्थायी कमिटी बैठक बोलाएको छ । भोली बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनकारी दिनुभएको छ ।
भोली नै केन्द्रीय कमिटी बैठकसमेत डाकिएको उहाँको भनाई रहेको छ । दुबै बैठक तुलसीलाल स्मृति भवनमा बस्ने छन् । यसअधि आजका लागि बैठक पार्टी एकता पहलका लागि भन्दै भोलिका लागि सारिएको उहाँको भनाई छ । यही श्रावण २१ र २२ गते वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी सम्पन्न भएको थियो । बैठकले एकताको लागि प्रयास जारी राख्ने निश्कर्ष निकालेको थियो ।
साथै, अध्यक्ष केपी शर्मा ओलीलाई एकताविरोधी गतिविधि रोक्न आग्रह गरेको थियो । नेपाल पक्षले आजको लागि बोलाईएको केन्द्रीय कमिटी बैठकसमेत स्थगित गर्न भनेको थियो । नभन्दै ओली पक्षले आजको लागि बोलाएको केन्द्रीय कमिटी बैठक सोमबारको लागि डाकेको छ । ओली पक्षले यसअघि भोलिको बैठक कुनैपनि हालतमा नरोकिने बताएको थियो ।




सूचना विभाग दर्ता नंः १८२३/०७६-७७